आज विश्व मलेरिया दिवस हो। औलो (मलेरिया) ज्वरो लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सङ्क्रामक रोग हो। यो रोग पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट सर्छ। पोथी लामखुट्टेमा एउटा विशेष प्रकारको जीवाणु पाइन्छ। जसलाई चिकित्सकीय भाषामा प्लाज्मोडियम नाम भनिन्छ।

मलेरिया फैलाउने यस पोथी लामखुट्टेमा जीवाणुको पाँच जाति हुन्छ। मलेरिया भएपछि रोगीलाई प्रायः जाडो लाग्छ। यसमा तीव्र ज्वरो हुन्छ। रोगीलाई धेरै पसिना आउँछ। यसको अलावा टाउको दुखाइ, मन बेचैन हुनु, बान्ता हुनु, पेट दुखाइ, डायरिया, एनिमिया र मांसपेशी दुख्छ। मलेरियाका केही रोगीको शरीरमा ऐंठन, कोमा वा मलबाट रगत आउने समस्या पनि देखिन्छ। यस खतरनाक सङ्क्रमणप्रति मान्छेलाई जागरुक गर्न हरेक वर्ष २५ अप्रिलमा विश्व मलेरिया दिवस मनाइने गरिन्छ।

मलेरियाको लक्षण सङ्क्रमित लामखुट्टेले टोकेको सात दिनपछि विकसित हुन सक्छ। साधारणतया तपाईंलाई कुन परजीवीले टोकेको हो त्यसको आधारमा सङ्क्रमण भएको लक्षण शुरू हुनेबीचको समय सातदेखि १८ दिन हुन्छ। केही प्रकारको मलेरियामा ज्वरोको २४ घण्टाको चक्र हुन्छ। यी चक्रको दौरान कम्पन हुनुका साथै चीसो लाग्छ। त्यसपछि पसिना र थकानको साथ ज्वरो लाग्छ। यो लक्षण साधारणतया ६ दिनदेखि १२ घण्टासम्म रहन्छ।

मलेरियाको परजीवीको मुख्य पाँच हुन्छः

प्लास्मोडियम फैल्सीपैरमः यो मुख्यरूपले अफ्रिकामा पाइन्छ। यस रोगबाट पीडित व्यक्तिको सुद्धि हराउँछ। ऊ बेसुद्धिमा बर्बराइरहन्छ। रोगीलाई निकै जाडो लागेपछि टाउको दुख्छ। लगातार बान्ता भएपछि बिरामीको मृत्यु पनि हुन सक्छ।

प्लाज्मोडियम भिभैक्सः यो मुख्यरूपले एशिया र दक्षिण अफ्रिकामा पाइन्छ। बढीजसो मान्छे यस प्रकारका मलेरिया ज्वरोबाट पीडित हुन्छन्। भिभैक्स परजीवी बढीजसो दिनको समयमा टोक्छ। यो लामखुट्टे बिनाइन टर्शियन मलेरिया उत्पन्न गर्छ जसले हरेक तेस्रो दिन अर्थात् ४८ घण्टापछि आफ्नो असर देखाउन शुरू गर्छ। यस रोगबाट पीडित व्यक्तिको कमर दुख्ने, टाउको, हात, खुट्टा दुख्ने, भोक नलाग्ने र कडा ज्वरो लाग्ने गर्छ।

प्लाज्मोडियम ओभेल मलेरियाः यो परजीवी निकै असामान्य हुन्छ र साधारणतया पश्चिम अफ्रिकामा पाइन्छ। यो मलेरिया लक्षणहरूको उत्पादनविना कैयौं वर्षसम्म तपाईंको कलेजोमा रहन सक्छ।

प्लास्मोडियम मलेरियाः प्लास्मोडियम मलेरिया एक प्रकारको प्रोटोजोआ हो, जुन बेनाइन मलेरियाको लागि जिम्मेवार हुन्छ। यद्यपि यो मलेरिया त्यति खतरनाक हुँदैन जति प्लास्मोडियम फैल्सीपैरम वा प्लास्मोडियम भिभैक्स हुन्छ। यस रोगमा क्वार्टन मलेरिया उत्पन्न हुन्छ, जसमा रोगीलाई हरेक चौथो दिन ज्वरो लाग्छ। यसको अलावा रोगीको मूत्रबाट प्रोटिन निस्किन्छ। जसले गर्दा शरीरमा प्रोटिनको कम भएर शरीर सुन्निन्छ। यो परजीवी निकै दुर्लभ र साधारणतया केवल अफ्रिकामा मात्र पाइन्छ।

प्लास्मोडियम नोलेसीः यो दक्षिण–पूर्व एशियामा पाइने एउटा प्राइमेट मलेरिया परजीवी हो। यस मलेरियाबाट पीडित रोगीलाई चीसो लाग्नुको साथै ज्वरो पनि आउँछ। यसबाट पीडितले टाउको दुख्ने, भोक नलाग्नेजस्ता समस्या झेल्नुपर्छ।

मलेरिया कसरी फैलिन्छः यदि तपाईं मलेरियाबाट सङ्क्रमित हुनुहुन्छ र तपाईंलाई एनोफेलिज लामखुट्टेले टोकेपछि मलेरियाको परजीवी त्यस लामखुट्टेमा पस्छ। यदि त्यस लामखुट्टेले मलेरियाबाट पीडित व्यक्तिलाई टोकेपछि तुरून्त कसैलाई टोक्छ भने त्यो मलेरिया परजीवीको सञ्चरण उसको शरीरमा हुन्छ। जब मलेरिया परजीवी उसको कलेजोमा पस्छ गर्छ त्यसपछि एक वर्षसम्म उसको कलेजोमा त्यो परजीवी बस्न सक्छ। जब परजीवी परिपक्व हुन्छ तब कलेजोलाई छोडेर रातो रक्त कोशिकालाई सङ्क्रमित गर्छ। यो त्यति बेला हुन्छ जब साधारणतया मान्छेमा मलेरियाको लक्षण विकसित हुन्छ। त्यसपछि कुनै लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोक्छ भने लामखुट्टेमा मलेरियाको परजीवी पस्छ र लामखुट्टेलाई सङ्क्रमित गर्छ। सङ्क्रमित लामखुट्टेले नै अन्य व्यक्तिलाई मलेरिया सार्छ। किनभने मलेरियाको परजीवी रातो रक्त कोशिकालाई प्रभावित गर्छ यसैले मान्छे सङ्क्रमित रगतको सम्पर्कमा आएर मलेरियाबाट पीडित हुन सक्छ जस्तैः आमाबाट जन्मेको बच्चालाई मलेरिया हुन सक्छ, सङ्क्रमित रक्तदान गर्दा मलेरिया हुन सक्छ। सङ्क्रमितलाई दिइएको इन्जेक्शनबाट अन्य व्यक्तिलाई मलेरिया सर्न सक्छ।

मलेरिया भएपछि सदैव पौष्टिक आहार सेवन गर्नुपर्छ। किनभने यस क्रममा शरीरलाई क्यालोरी र पोषण आवश्यक हुन्छ। खानपानमा उच्च कार्बोहाइडे«टयुक्त आहार सामेल गर्नुपर्छ।

मलेरिया भएपछि चीसो पानी पिउनुहुँदैन साथै चीसो पानीले नुहाउनुहुँदैन। रोगीले आँप, अनार, लिची, अनारस, सुन्तला सेवन गर्नुहुँदैन। दही, गाजर, मूलाजस्ता चीसो वस्तु सेवन गर्नुहुँदैन। मसाला, अम्ल रसबाट बनेको खाद्य पदार्थ सेवन गर्नुहुँदैन।

मलेरिया भएपछि भात खान सकिन्छ किनभने भात सजिलै पच्छ र चाँडै ऊर्जा जारी गर्छ। मलेरिया भएपछि बढीभन्दा बढी तरल पदार्थ सेवन गर्नुपर्छ। मलेरिया भएका रोगीलाई भोक महसूस हुन्छ यस्तो स्थितिमा ग्लुकोज पानी, ताजा फल, नरिवलको पानी, चिनी पानीको शरबत खानुपर्छ।

तुलसीको पातसँगै मरिचलाई पानीमा उमालेर छानेर सेवन गर्न सकिन्छ। कागती काटेर त्यसमा मरिचको धूलो र बिरेनून राखेर चुस्नुपर्छ। यस्तो गर्दा ज्वरोको कारणले बिग्रिएको मुखको स्वाद सही हुन्छ। जाउलो, खिंचडी, दलिया, साबुदाना खान सकिन्छ। पीपलको चूर्ण महसँग मिसाएर सेवन गर्दा मलेरियाको ज्वरोमा लाभ हुन्छ।

       – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here