हामीले प्रतिदिन बिहान घरको सरसफाइ गर्छौं तर केही समयपछि पुनः घर फोहर हुन्छ । यति फोहर कहाँबाट आउँछ भन्नेबारे सोच्छौं । यो प्रश्नसँगै अर्को एउटा रोचक तथ्य भनेको घरको धूलोमा यस्तो वस्तु भेटिन्छ, जुन हाम्रो शरीरको भाग हो ।

वैज्ञानिकका अनुसार हाम्रो शरीरको मृत कोशिका अर्थात् डेड स्किन सेल पनि घरको धूलोको भाग हुन्छ । इम्पिरियल कलेज अफ लन्डनको शोध अनुसार मानव शरीरबाट हरेक घण्टा २० करोडभन्दा बढी डेड स्किन सेल झर्छ । यस हिसाबले २४ घण्टामा हाम्रो शरीरबाट सयौं करोड डेड स्किन सेल झर्छ, जसको केही भाग धूलोमा मिसिन्छ ।

कसैकसैको मनमा यो प्रश्न पनि पलाउन सक्छ कि जुन धूलो हामीले कुचोले बढार्छौं, के त्यो पूर्णरूपले डेड सेल हुन्छ । लाइभ साइन्स वेबसाइटको रिपोर्ट अनुसार यो केवल एउटा भ्रम हो कि घरको धूलो सय प्रतिशत डेड स्किन सेलबाट बनेको हुन्छ । रिपोर्टमा भनिएको छ, घरको धूलो निकै सूक्ष्म कीरा वा तिनीहरूद्वारा उत्पन्न गरेको फोहर, बालुवा वा अन्य पदार्थको धूलो जुन हावामा उड्छ । जस्तै घरमा रहेको पीठो प्रायः भान्सामा भेटिन्छ, त्यसैगरी जब हामी झ्याल–ढोका खोल्छौं, तब धूलो आउनु स्वाभाविक हो । तसर्थ घरमा पाइने धूलो पूर्णरूपले मान्छेको डेड स्किन सेल भन्नु गलत हुन्छ ।

मानव शरीरबाट प्रतिदिन करोडौं स्किन सेल झर्छन्, त्यो पानीसँगै बग्छ वा कपडामा टाँसिन्छ । नुहाउने क्रममा वा दा¥ही काट्ने क्रममा अथवा बाहिरबाट आएपछि हातमुख धुँदा यो डेड स्किन सेल्स शरीरबाट निस्किन्छ । वैज्ञानिकको भनाइ छ मान्छेको शरीरमा प्राकृतिकरूपले तेल हुन्छ, जसलाई स्क्वालेन भनिन्छ । यसले प्राकृतिक तरीकाले छालामा चिल्लो कायम गर्छ र त्यसलाई सुक्न दिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here