हामीले महसूस गरेका छौं, जाडोको मौसममा चापाकलबाट जब ताजा पानी निकाल्छौं, त्यो चीसो नभई तातो पानी निस्किन्छ भने गर्मीमा चीसो पानी निस्किन्छ । यस्तो किन हुन्छ ? यसभित्र विज्ञान लुकेको छ ।
पानीको तापमानः जाडो मौसममा जमीनबाट गर्मी पानी निस्किनु र पानीको तापमान एकअर्काको पूरक हुन्छ । जमीनभित्र जुन पानी हुन्छ, त्यसमाथि मौसमको असर पर्दैन । यसैले जाडोको मौसममा पनि जमीनबाट तातो पानी निस्किन्छ र गर्मीको मौसममा चीसो ।
यसको अर्को कारण यो हो कि जाडोको मौसममा शरीरको तापमान निकै कम रहन्छ, जबकि जमीनभित्र रहेको पानीको तापमान बिलकुल त्यस्तै रहन्छ । यसै कारणले हामीले पानीलाई तातो महसूस गर्छौं । गर्मीको मौसममा यसको ठीकविपरीत हुन्छ । यानी गर्मीको मौसममा हाम्रFे शरीरको तापमान बढी हुन्छ, जबकि जमीनबाट निस्किने पानी सामान्य हुन्छ, यस कारण हामी त्यसलाई चीसो महसूस गर्छौं ।
यसको साथै कैयौं व्यक्तिको दाबी छ कि धर्तीभित्र जुन सतह हुन्छ, त्यहाँ तातो लावा मौजुद हुन्छ । यस्तोमा जब पानी लावाको माथिबाट निस्किन्छ, तब तातो हुन्छ । भनिन्छ बिहारका केही स्थानमा सदैव तातो पानी निस्किन्छ किनभने ती स्थानमा सल्फरको खानी छ, जसले गर्दा पानी तातो रहन्छ र तातै पानी निस्किन्छ । कैयौं व्यक्तिको दाबी छ, संसारका थुप्रै स्थानमा जमीनको तल ज्वालामुखी हुन्छ र जब पानी यसमाथि भएर जान्छ, तब त्यो तातो हुन्छ ।