आजभोलिका बालबालिकाहरू पबजी खेल्न जेसुकै गर्न तयार हुन्छन् । यस गेमको कारण बालबालिकाको दिनचर्या अस्तव्यस्त भएको छ । भारत, बेङ्गलुरूको यलहंका रेलवे स्टेशनमा ३० मार्चको दिन २ बजे हेल्पलाइन नम्बर १३९ मा एउटा फोन आयो, जसमा भनिएको थियो– रेलवे स्टेशनमा बम राखिएको छ ।

फोनपछि प्रहरीले पूरै रेलवे स्टेशन खाली गरी स्टेशनको कुनाकाप्चा खोजतलाश गर्दा केही भेटिएन । यस घटनाक्रममा करीब ९० मिनेट समय बेकार बित्यो । प्रहरीले फोन नम्बर खोजतलाश गर्दा विनायकनगरको एउटा किरानापसलबाट यो फोन गरिएको थियो ।

पसलेका १२ वर्षीय छोराले सो फोन गरेको थियो । प्रहरीले फोन गर्नुको कारण सोध्दा केटा आफ्नो साथीहरूसँग पबजी खेलिरहेको थियो । त्यस समय उसको मित्र आफ्नो परिवारसँग यलहंका रेलवे स्टेशनको काचेगुडा एक्सप्रेसमा सवार थिए । १२ वर्षीय त्यो केटा पबजीमा यति व्यस्त थियो कि यदि रेल गयो भने उसको साथीलाई नेटवर्क पाउँदैन । त्यस कारण केही बेरसम्म गेम खेल्न उसले फोन गरेर रेललाई रोक्न बाध्य बनाएको थियो । प्रहरीले १२ वर्षीय केटामाथि कुनै कारबाई गरेन र चेतावनी दिएर छाड्यो । बम स्क्वाडले ४ः४५ बजे क्लियरेन्स सर्टिफिकेट दिएपछि रेल सुचारु भएको थियो ।

यो कथा केवल एउटा बच्चाको मात्र होइन । शहरका धेरै बच्चा पबजीमा यति डुबेका हुन्छन् कि उनीहरू अन्य कुनै काम गर्न रुचाउँदैनन् । प्वाइन्ट क्रिएट गर्ने, एक से एक नयाँ हतियार र जित्ने होडका कारण बच्चाहरू भविष्य यस गेमले अन्योलमा पारेको छ । अभिभावकले एक घण्टा गेम खेल्न समय दिए पनि बच्चाहरू दुई/तीन घण्टा गेम खेल्ने गर्छन् ।

अभिभावकहरू यस गेमबाट आफ्नो बालबालिकालाई मुक्त गर्न नयाँ तरीका खोज्दैछन । आइटी क्षेत्रमा काम गर्ने भानु भन्छिन्– हामी यस्तो सफ्टवेयर खोज्दैछौं, जसले बच्चालाई गेम खेल्नबाट नियन्त्रण गर्न सकोस् । यसको नराम्रो असर उनीहरूको स्वास्थ्य र अध्ययनमा पनि परिरहेको छ । बच्चा शारीरिक खेलकूदबाट टाढा भइरहेका छन् । बच्चालाई मोबाइलबाट टाढा गर्न सकिंदैन किनभने कोरोनाकालमा फोन नै उनीहरूको पढाइको साधन बनेको छ । तर अनलाइन गेम एउटा ठूलो समस्या बनिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here