सूर्यको अहिलेसम्मको सबैभन्दा नजीकको तस्वीर प्रकाशमा आएको छ । यसमा सूर्यको फूल डिस्क इमेज अर्थात् पूरै गोलाको तस्वीर देखिन्छ । यसलाई नासार र युरोपियन अन्तरिक्ष एजेन्सी (इएसए)को सोलर अर्बिटरले सात मार्चका दिन लिएको थियो । यस तस्वीरलाई त्यतिबेला लिइएको हो, जब सूर्य ताराभन्दा ७.४० करोड किलोमिटर टाढा थियो ।
वैज्ञानिकको भनाइ छ यो २५ वटा तस्वीरको एउटा मोजेक हो, जब अर्बिटर पृथ्वी र सूर्यको बीचबाट निस्किरहेको थियो । यसमा आउटर एटमोस्फियर र कोरोना एकैसाथ देखिन्छ । यस तस्वीरलाई खिच्न चार घण्टाभन्दा बढी समय लागेको थियो किनभने यो तस्वीरको हरेक टाइल्स बन्नमा करीब दस मिनेट समय लाग्यो । यसमा हरेक ठाउँ ससाना अनगिन्ती लपेटाहरू उठिरहेको देखिन्छ, जसलाई भविष्यमा अन्तरिक्ष मौसमको भविष्यवाणीमा मदत गर्न प्रयोग गर्न सकिन्छ ।
सूर्यमा मौजुद अलग–अलग ग्याँसको अलग–अलग तापमान हुन्छ । क्याप्चर गरिएको तस्वीरमा सुन्तला रङ्गको गोला हाइड्रोजन ग्याँसलाई दर्शाइरहेको छ । यसको तापमान १० हजार डिग्री सेल्सियस छ । नीलो गोला कार्बनलाई दर्शाउँछ, यसको तापमान ३२ हजार डिग्री सेल्सियस छ । हरियो रङ्गले अक्सिजन ग्याँसलाई दर्शाइरहेको छ । यो ३.२० लाख डिग्री सेल्सियससम्म तातो छ । पहेंलो गोला नियोन ग्याँसलाई दर्शाइरहेको छ, जसको तापमान ६.३० लाख डिग्री सेल्सियस छ ।
तस्वीरलाई स्पेक्ट्रल इमेजिङ अफ द कोरोनल एन्भायरमेन्ट नामको पेलोडले क्याप्चर गरेको हो, जुन सोलर अर्बिटरमा लगाइएको छ । यो सूर्यको सबैभन्दा नजीक पुगेर ५० वर्षमा पहिलोपटक लिइएको तस्वीर हो । यस तस्वीरको विशेषता भनेको यसले सूर्यको हाइड्रोजन ग्याँसबाट निस्किएको अल्ट्राभाइलेट रेन्जको लिमैन–बिटा वेवलेन्थलाई क्याप्चर गरेको छ ।