स्वस्थ हुन अचेल ग्रीन टीको चलन बढेको छ । वजन कम गर्न र मेटाबोलिज्म बुस्टअप गर्न प्रतिदिन हरियो चिया सेवन गर्ने प्रचलन युवाहरूमा बढ्दैछ ।
हरियो चिया एन्टिअक्सिडेन्ट्सदेखि अन्य थुप्रै प्रकारका पोषक तŒवले भरिपूर्ण हुन्छ । यद्यपि कुनै पनि वस्तुको लाभ त्यति बेला नै हुन्छ, जब त्यसको सेवन सही ढङ्गले हुन्छ । यही नियम ग्रीन टीमा पनि लागू हुन्छ । तसर्थ ग्रीन टी पिउने समय कुन बेला हो, त्यो बुझ्नुपर्छ ।
भोजनपछि ग्रीन टीः केही व्यक्तिले खाना खाएपछि ग्रीन टी सेवन गर्छन् । यसो गर्नुको कारण भोजनको क्यालोरी बर्न हुने बताउँछन् तर यो सत्यता होइन । खाना खाएपछि ग्रीन टी सेवन गर्नुहुँदैन । खाना खाएपछि त्यसको प्रोटीन पच्न समय लाग्छ र यसबीच ग्रीन टी सेवन गर्छौं भने शरीरलाई भोजनबाट प्रोटीन सोस्न समस्या हुन्छ ।
तातो ग्रीन टी सेवनः धेरै तातो ग्रीन टी सेवन गर्नुहुँदैन । अत्यधिक तातो ग्रीन टीको स्वाद पनि हुँदैन र यसले पेट र घाँटीलाई पनि क्षति पु¥याउँछ । तसर्थ उम्लिएर निकै तातो भएको ग्रीन टी सेवन गर्नुहुँदैन ।
बिहान खाली पेटमा ग्रीन टी सेवनः ग्रीन टीले शरीरको प्रक्रियालाई रिचार्ज र डिटक्सिफाइ गर्न मदत गर्छ । बिहान उठ्ने बित्तिकै धेरैजनाले ग्रीन टी सेवन गर्छन् । तर यो सही तरीका होइन । ग्रीन टी सेवन गर्नुभन्दा पहिले हलुका खाद्य पदार्थ सेवन गर्नुपर्छ, जसले तपाईंको मेटाबोलिज्मलाई बुस्ट गरोस् । ग्रीन टीमा एन्टिअक्सिडेन्ट र पोलिफेनोल्स हुन्छ, जुन पेटमा एसिडको उत्पादन बढाएर पाचन प्रक्रियालाई समस्यामा पार्न सक्छ । तसर्थ बिहान उठ्ने बित्तिकै ग्रीन टी सेवन गर्नुहुँदैन ।
तातो ग्रीन टीमा मह मिलाउनुः ग्रीन टीमा मह मिसाएर सेवन गर्दा यो चिनीको स्वस्थ विकल्प हुन सक्छ साथै स्वाद पनि राम्रो हुन्छ । तर यदि मह प्रयोग गर्नुहुन्छ भने यसलाई कतिबेला ग्रीन टीमा मिसाउनुपर्छ, त्यो बुझ्नुपर्छ । यदि तपाईं उम्लिरहेको पानीमा मह मिसाउनुहुन्छ भने यसको पोषक तŒव नष्ट हुन्छ । ग्रीन टीको तापमान थोरै कम भएपछि यसमा दालचिनी, मह आदि मिसाउन सक्नुहुन्छ ।
ग्रीन टीसँग औषधिसेवनः धेरैजनाले बिहान ग्रीन टीसँगै औषधि पनि सेवन गर्छन् । यो निकै हानिकारक हुन सक्छ किनभने औषधि केमिकलहरूबाट बनेको हुन्छ र यी ग्रीन टीसँग मिलेर एसिडिटीको समस्या हुन्छ । औषधि सदैव सादा पानीसँग सेवन गर्नुपर्छ ।
दिनभरि ग्रीन टी सेवन गर्नुः ग्रीन टी सामान्य चियाको एउटा स्वस्थ विकल्प हो । यदि तपाईं दिनभरि चियाको सट्टा ग्रीन टी सेवन गर्नुहुन्छ भने सावधान हुनुपर्छ । किनभने यसबाट तपाईंको कैफिनको खपत बढ्छ । जसले गर्दा टाउको दुख्ने, सुस्ती, चिन्ता, चिडचिडापनलगायत समस्या हुन्छ । बढी मात्रामा ग्रीन टी सेवन गर्दा शरीरमा आयरनको अवशोषणमा समस्या हुन्छ । यसैले दिनभरि २–३ कपभन्दा बढी ग्रीन टी सेवन गनुृहुँदैन ।
ग्रीन टीको पातलाई पानीमा लामो समयसम्म राख्नुः ग्रीन टी बनाउने समय पहिले पानीलाई उमाल्नुपर्छ र त्यसपछि टी ब्यागलाई त्यसमा राख्नुपर्छ । टी ब्यागलाई धेरै समयसम्म पानीमा राख्दा पातमा पहिलेदेखि मौजुद पोषक तŒव बाहिर निस्किंदैन । यस बानीले तपाईंको चियालाई टक्सिक बनाउँछ, जसले गर्दा चिया तीतो पनि हुन सक्छ ।
ग्रीन टीको स्वाद राम्रो हुँदैन र यसको स्वाद बढाउन बजारमा धेरै प्रकारका फ्लेवर पाइन्छन् । फ्लेवर ग्रीन टीमा मिसाउँदा त्यसको पोषक तŒवमा कमी हुन सक्छ ।
चाँडै ग्रीन टी सेवन गर्नेः कार्यालय जाने समय भइसक्यो भन्दै चाँडै ग्रीन टी सेवन गर्नु सही होइन । यस्तो गर्दा ग्रीन टी पिएपछि मस्तिष्कको सचेतना र मेटाबोलिक रेट बुस्टअप गर्ने फाइदाबाट वञ्चित हुन्छौं । ग्रीन टीलाई सदैव रिल्याक्स मूडमा सेवन गर्नुपर्छ ।
एकै समयमा दुईवटा ग्रीन टीको ब्याग राख्नेः कसैकसैले एक कपमा दुईवटा ग्रीन टीको ब्याग राखेर सेवन गर्छन् । यसो गर्दा उनीहरूको क्यालोरी बढी बर्न हुन्छ र वजन कम हुन्छ भन्ठान्छन् । तर वास्तवमा यस्तो हुँदैन । यसो गर्दा पाचन र एसिडिटीसम्बन्धी समस्या हुन सक्छ ।
ग्रीन टीको भण्डारणः कुनै पनि वस्तुको स्वाद र गुण यस कुरामाथि निर्भर हुन्छ कि त्यसलाई कसरी भण्डारण गरिएको हुन्छ । ग्रीन टीको ब्यागलाई खुला कन्टेनरमा भण्डारण गर्नुहुँदैन । हावाको सम्पर्कमा आएपछि ग्रीन टीको पोषक तŒव कम हुन्छ ।