• कुमार रुपाखेती

मधेस आन्दोलन गरेको धौंस जमाउनेहरूले आफ्नो दलको नाम परिवर्तन गर्दै मधेस शब्दलाई बाइपास गर्दै नाम नै परिवर्तन गरिसकेका छन् । तर प्रदेशको नाममा मधेस जोडेर दोधारे प्रवृत्ति पनि देखाएका छन् । न्वारनमा नाम राख्न नसके पनि ठूलो जद्दोजहदपछि हाम्रो प्रदेशले नाम र राजधानी पाएको छ । कतिपयले मधेस प्रदेशको नामकरणलाई मधेस आन्दोलनको उपलब्धि ठानेका छन् भने केहीले प्रदेशको ण्नाम र राजधानी जनकपुरले मधेस आन्दोलनको उपहास गरेको ठानेका छन् ।

मधेसको राजनैतिक व्याकरण पनि बडो गजबको छ । यहाँ कपुरी क, खरायो ख नपढी एकैचोटी ए माने एप्पल, बी माने बल घोक्ने–रट्ने चलन छ । त्यस्तै घोकन्तेहरूले अहिले कतै ढुङ्गामुढा त कतै पत्थरबाजी गरेर आफ्नो राजनैतिक प्यास मेटाइरहेका छन् । सबैलाई थाहै छ नाम र राजधानी जे भए पनि क्यै ख्यास्ने होइन । जुन प्रदेशले झन्डै पाँच वर्ष बित्न थालेपछि नाम र राजधानी पायो, त्यो प्रदेशका अन्य क्षेत्रको विकृति र हविगत त्यसै पनि अनुमान गर्न सकिन्छ ।

पातकीहरूले अर्बौ तलब–भत्ता हसुरेपछि बल्लतल्ल नाम र राजधानी जुराएको सबैलाई थाहै छ । उपेन्द्रको सङ्घीय समाजवादी दलले पर्सामा विभाजित भएर समानान्तर पार्टी सङ्गठन चलाउने, अलग–अलग शहीद दिवस मनाएझैं मधेस प्रदेश र जनकपुरको विकल्पमा समानान्तर नाम र राजधानी बनाउन कुनै हालतमा जायज र सम्भव हुँदैन । अनि यस्तो नाजायज र असम्भव कुरालाई मुद्दा बनाएर आन्दोलन गर्नुको कुनै तुक र महŒव पनि छैन । तर पनि मुखैमा आइपुगेको निर्वाचनलाई लक्षित गर्दै के निहुँ पाउँ कनिका बुकाऊ भन्नेहरू नाराजगी प्रदर्शनको नाटक गर्दैछन् ।

हो, मुलुकको राजधानी काठमाडौं झंै सबै शक्ति जनकपुरमा केन्द्रीकृत हुनु भएन, विकेन्द्रीकरणको सिद्धान्त अनुरूप मधेसको आठै जिल्ला काखापाखा हुनु भएन । सबै केन्द्रीय कार्यालय, विश्वविद्यालय, अन्तर्राष्ट्रिय हवाई अड्डा, राम्रा कलेज, अस्पताल काठमाडांैं केन्द्रीकृत भए पनि काठमाडौंको गन्जागोल कामबाट सबैजना पीडित छन् । जनकपुरले काठमाडौंबाट सबक सिक्नुपर्छ ।

नेपालको केन्द्रीय राजनीतिमा उथलपुथल नभएको भए, प्रदेशको ेराजनैतिक समीकरणमा फेरबदल नभएको भए प्रदेश २ को जनताले नाम र राजधानीका लागि अझै लामो र व्यग्र प्रतीक्षा गर्नुपथ्र्यो । नाम र राजधानीको सट्टा हामीलाई असल जनप्रतिनिधिको खाँचो छ । नाम में क्या रखा है । कुनै विदेशीले नभई हामीले चुनेर पठाएका प्रतिनिधिहरूले प्रजातान्त्रिक किसिमले बहुमतको आधारमा नाम र राजधानी छनोट गरेका छन् ।

वीरगंज राजधानी नभएकोमा धेरैलाई दुःख लागेको रहेछ । नेपालको प्रवेशद्वार र औद्योगिक नगरीलाई कुनै पगडी चाहिंदैन । वीरगंज, पर्सामा बसेर मधेसको राजनीति गर्नेहरूमा आफ्नो मानमर्दन भएको भ्रम परेको देखिन्छ र यस्ताहरूले यस्तै बकम्फुसे कुरालाई चुनावी एजेन्डा बनाउने पनि देखिन्छ । वीरगंज राजधानी नबनाइएकोमा ठूला उद्योगी, व्यापारी तप्का खुशी
छ । चन्दा दिंदा दिंदा हत्तु भएका यहाँका घरानिया व्यापारीहरूमा अझ चन्दाको भार बढ्ने थियो रे !

त्यसैले बा¥ह वर्षमा पोइ आयो म राँडीलाई ज्वरो आयो प्रवृत्तिको सट्टा मधेस प्रदेश र राजधानी जनकपुरलाई शिरोधार्य गरेर प्रादेशिक एकता देखाउनु नै मधेस प्रदेश र यहाँका बासिन्दाका लागि गर्वको कुरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here