अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ)का वैज्ञानिकहरूले समुद्रभित्र हातले हिंड्ने दुर्लभ माछा फेला पारेका छन् । यो माछाको नाम ‘पिङ्क ह्यान्डफिश’ हो । यो अन्तिमपटक २२ वर्षअघि सन् १९९९ मा तस्मानियाको तटमा देखिएको थियो । यो माछा यति दुर्लभ छ कि लगभग १०० वर्ष पहिले यसको खोजपछि अहिलेसम्म छपटक मात्र देखिएको छ ।
पिङ्क ह्यान्डफिश के हो ?
पिङ्क ह्यान्डफिश एङ्गलरफिश परिवारको सदस्य हो । यसको पखेटाको संरचना साना हात जस्तै हुन्छ । यो पौडी खेल्नका साथै समुद्री भुइँमा हिंड्नका लागि प्रयोग गरिन्छ । वैज्ञानिकहरूका अनुसार पिङ्क ह्यान्डफिश एकदमै सानो र पत्ता लगाउन गा¥हो हुन्छ । यो केवल १५ सेमी ठूलो हुन्छ ।
यो माछा पछिल्लोपटक २२ वर्षअघि देखिएको हुनाले हालै वैज्ञानिकहरूले यसलाई लोपोन्मुखको सूची राखेका थिए । तर अब यो निर्णय पुनर्विचार गर्न सकिन्छ । पिङ्क ह्यान्डफिश अस्ट्रेलियाको तस्मानिया टापुनजीकै पाइने १४ ह्यान्डफिशमध्ये एक हो ।
लोपोन्मुख हुँदै पिङ्क ह्यान्डफिश
फेब्रुअरी २०२१ मा अस्ट्रेलियाका सामुद्रिक अनुसन्धानकर्ताहरूले अनुसन्धानको क्रममा तस्मान प्रैmक्चर मरीन पार्कको समुद्री सतहमा क्यामेरा जडान गरे । महीनौंपछि फुटेज जाँच गरेपछि उनीहरूले पिङ्क ह्यान्डफिश देखे । यस समुद्री पार्कमा वैज्ञानिकहरूले धेरै प्रकारका अनुसन्धान गर्छन् । यहाँ गहिराइ चार हजार मिटरसम्म छ ।
वैज्ञानिकहरूका अनुसार पिङ्क ह्यान्डफिश सधैं १५ देखि ४० मिटरको गहिराइमा पाइने भएपनि यसपटक समुद्रको १२० मिटर तल भेटिएको हो । प्रोफेसर नेभिल ब्यारेट भन्छन्, “यो माछा गत शताब्दीमा केहीपटक मात्र देखिएको थियो, त्यसैले यो एक धेरै दुर्लभ प्रजाति हो र निश्चितरूपमा लोप हुने बाटोमा छ ।”