असल शिक्षा र सिक्ने सतत प्रवृत्तिले जीवन सफल मात्र बनाउँदैन, बरु बुढेसकालमा मानसिक स्वास्थ्य पनि ठीक गर्न मदत गर्छ । नयाँ अध्ययन अनुसार विद्वान् व्यक्तिको दिमाग बढ्दो उमेरसँगै सम्बन्धित संज्ञानात्मक र तन्त्रिकासम्बन्धी कमजोरीलाई भरपाई गर्न सक्षम हुन्छ । युनिभर्सिटी अफ ज्युरिचका वैज्ञानिकद्वारा गरिएको अध्ययन अनुसार असल शिक्षाले बुढेसकालमा मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ ।
शोधकर्ताले यसको लागि दुई सयभन्दा बढी वरिष्ठ व्यक्तिमाथि सात वर्षसम्म अध्ययन गरेका थिए । यसमध्ये कसैलाई डिमेन्शिया थिएन र उनीहरूको बौद्धिक क्षमता सामान्य औसतभन्दा बढी थियो र यी व्यक्ति सामाजिकरूपमा निकै सक्रिय थिए । नियमित अन्तरालमा मैग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) को माध्यमबाट न्युरोएनाटोमिकल र न्युरोसाइकोलोजिकल परीक्षण गरिएको थियो । जटिल साङ्ख्यिकीय विश्लेषणको माध्यमबाट अनुसन्धानकर्ताले यो दर्शाउन सफल रहे कि शिक्ष्Fाले उमेरसम्बन्धी मस्तिष्कको शक्ति क्षरणको मामिलामा सकारात्मक प्रभाव पर्छ । यस अध्ययनको निष्कर्षलाई न्युरोइमेजः क्लिनिकलमा प्रकाशित गरिएको छ ।
यो पत्ता लगाउन लेखक इसाबेल होट्जले कथित कमी (लैकुनिज) र ह्वाइट मैटर हाइपरइन्टेसिटिज अध्ययनको लागि विशिष्ट अटोमेटिक पद्धतिको प्रयोग गरेकी थिइन् । क्षरणको यो प्रक्रिया डिजिटल इमेजमा ब्ल्याक होल र ह्वाइट स्पटको रूपमा दिइएको थियो । यद्यपि यसको सटीक कारण अहिलेसम्म पत्ता लागेको छैन । हुन सक्छ कि यो निकै सूक्ष्म र अज्ञात सेरेब्रल दौर, कम रक्त प्रवाह वा नब्र्सको नोक्सानको कारण हुन्छ ।
यसबाट व्यक्तिको संज्ञानात्मक प्रदर्शन सीमित हुन्छ, विशेषगरी जब यो क्षरण मस्तिष्कको मुख्य भागमा हुन्छ । उनले भनिन् सात वर्षसम्म फलोअप अध्ययनबाट पत्ता लाग्यो कि जुन बुजुर्गको शैक्षणिक पृष्ठभूमि राम्रो थियो, उनीहरूमा मस्तिष्कको क्षमतासँग जोडिएको कारकको क्षरणको दर कम थियो । यतिमात्र होइन पढेलेखेका व्यक्ति कुनै सूचनालाई चाँडै र सटीकताले विश्लेषण गर्न सक्छन् । जस्तै कि उनीहरू अक्षर र सङ्ख्याको म्याचिङ छिट्टै गर्न सक्छन् । यो निष्कर्ष त्यस प्रारम्भिक निष्कर्षसँग मेल खान्छ, जसमा अनुसन्धानकर्ताको अन्य समूहले पाएका थिए कि शिक्षाले मस्तिष्कको उमेरमाथि सकारात्मक प्रभाव पार्छ ।
अध्ययनको नेतृत्व गर्ने युनिभर्सिटी अफ ज्युरिचमा डायनोमिक्स अफ हेल्दी एजिङ प्रोग्रामका न्युरोसाइकोलोजी प्राध्यापक लुत्ज जैन्के भन्छन्, हामीले अनुमान लगाएका छौं कि शिक्षाको उच्च स्तरसँग नब्र्स र संज्ञानात्मक नेटवर्क मजबूत हुन्छ । यो पछिको लागि सुरक्षित वा रिजर्भ रहन्छ । यस्तोमा उनीहरूको मस्तिष्क बुढेसकालमा हुने कुनै पनि विकार वा क्षरणको परिपूर्ति गर्न सक्षम हुन्छ ।
यसमा सम्भव छ कि बुढेसकालमा मस्तिष्क बढी सक्रिय रहेर आशङ्कित क्षरणको प्रक्रिया कम गर्छ । यद्यपि यसको पुष्टिको लागि दीर्घावधिक अध्ययनको आवश्यकता छ । शोधकर्ताको दाबी छ, शिक्षाको माध्यमबाट मानसिक स्वास्थ्यको लागि एउटा नयाँ दृष्टिकोण विकसित गर्न सकिन्छ ।