चीसो मौसम, नमीको कमी, टाउकोमा चाया, कपालमा रूखोपन, चाया, फङ्गल इन्फेक्शनजस्ता समस्याबाट कपाल झर्न थाल्छ । कपाल झर्न थालेपछि धेरैजनाले महँगो उत्पादन प्रयोग गर्छन्, यी उत्पादनमा प्रयोग गरिएका केमिकलले कपाललाई झनै क्षति पु¥याउँछ । तसर्थ कपाल झर्ने समस्यालाई घरेलु उपाय अपनाएर रोक्न सकिन्छ ।
कपालको रूखोपनः कपालमा शैम्पु लगाएपछि टाउकोमा काँचो दूध लगाएर दुई/तीन मिनेट हलुका हातले मसाज गर्नुपर्छ । १०–१५ मिनेटपछि सादा पानीले धोएपछि कपाल रूखो हुँदैन ।
टाउकोमा चाया परेको छ भने नीमको पातलाई पानीमा उमालेर सादा पानीमा मिलाएर कपाल धुनुपर्छ । सातामा दुई/तीन पटक यस्तो गर्नुपर्छ ।
घना–लामो कपालः ४–५ चमचा अमलाको रस टाउकोमा लगाएर २०–२५ मिनेटसम्म छाड्नुपर्छ । त्यसपछि शैम्पु र कन्डिशनर लगाएर कपाल धुनुपर्छ । कपाल वृद्धिः नरियलको तेलमा अमलाको धूलो मिसाएर टाउकोमा लगाउनुपर्छ । १०–१५ मिनेटपछि शैम्पु र ताजा पानीले कपाल धुनुपर्छ । यसो गर्दा कपाल चाँडै बढ्छ ।
हेयर कन्डिशनरमा दुई/तीन चमचा मह राखेर भिजेको कपालमा लगाउनुपर्छ । ८–१० मिनेटपछि ताजा पानीले धुनुपर्छ । यसले कपाल चम्किलो र स्वस्थ हुन्छ । चार चम्चा नरियलको तेल र दुई चम्चा घ्यूकुमारीको जेललाई पाँच मिनेट हलुका आगोमा पकाएर छानेर बोतलमा राख्नुस् । सातामा दुई/तीन पटक यसबाट मसाज गर्दा कपाल झर्ने समस्या समाप्त हुन्छ भने कपाल मोटो र बलियो हुन्छ ।
जाडोको मौसममा कपाललाई कम धुने गर्छौं, जसले गर्दा कपाल गन्हाउने र चिपचिपे हुने गर्छ । एक/दुई गिलास तातो पानीमा एक–दुई चम्चा स्याउको भेनेगर मिलाएर पाँच मिनेटसम्म कपालमा लगाउने र ताजा पानीले धोएपछि कपालबाट दुर्गन्ध हराउँछ ।