काठमाडौं, १ पुस/रासस
नेपालमा पनि अब विश्वका अन्य मुलुकहरूभन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भिœयाएपछि इन्टरनेटका क्षेत्रमा नेपालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।
विश्वमा हाल औसत इन्टरनेटको स्पीड ८० एमबिपिएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पीड २२ एमबिपिएस छ । वल्र्डलिङ्कले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पीड पनि ८० एमबिपिएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्र्डलिङ्कले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्र्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । योसँगै वल्र्डलिङ्कको इन्टरनेट स्पीड अब कम्तीमा पनि १५० एमबिपिएस हुने उनले बताए । उनी भन्छन्– “उपभोक्ताले पहिलेको भन्दा पनि सस्तो मूल्यमा कम्तीमा पनि १५० एमबिपिएस गतिको इन्टरनेटको अनुभव गर्न पाउनेछन् ।”
वल्र्डलिङ्क सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको उल्लेख गर्दै वल्र्डलिङ्कका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पीडलाई विश्वमैं प्रतिस्पर्धी योजना बनाउने अनुरूप नयाँ योजना सार्वजनिक गरेको बताए । घरायसी उपभोक्ताले अब वार्षिक १४,४०० अर्थात् मासिक १,२०० मा १५० एमबिपिएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् । १५० एमबिपिएससहित २२५ र ३०० एमबिपिएस गतिको इन्टरनेट पनि पहिलेको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
उच्च गतिको इन्टरनेट स्पीडले उपभोक्तालाई घरमैं बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउँछन् । वल्र्डलिङ्कका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने तर यसका लागि डुअल ब्यान्ड भएको राउटर आवश्यक पर्नेछ ।
यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई–फाई कभरेज, स्पीड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्र्डलिङ्कले मरम्मत सेवा प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए ।
हाल ५६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्र्डलिङ्कले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरीबको पहिचान हुने परिचयपत्र प्रदान गरेको अवस्थामा उनीहरूसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको बताए । उनका अनुसार हाल देशका ७५ जिल्लामा वल्र्डलिङ्कमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ । देशका विभिन्न १५ हजार स्थानमा निश्शुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उनले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिए ।
सरकारको डिजिटल नेपालको अवधारणा सफल बनाउन पनि देशभर गुणस्तरीय इन्टरनेट सेवा विस्तार गर्नु आवश्यक रहेको निर्देशक अग्रवालले बताए । उनले भने–“हाल धेरै इन्टरनेट सेवा प्रदायकहरूले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरूमा मात्र फिक्स्ड ब्रोडब्यान्ड सेवाहरू सीमित रहेको अवस्थामा हामीहरू गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौं ।”
निर्मल पूर्जा सद्भावना दूत
आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महीनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वल्र्डलिङ्कले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वल्र्डलिङ्कले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो । पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत विश्वभर प्रसारण भएको थियो ।