जाडोको मौसममा केरा खान हुन्न, रूघाखोकी, कफ हुने भन्छन् तर डाइटिसियनका अनुसार जाडोमा केरा खान सकिन्छ। तर यदि तपाईंलाई रूघाखोकी वा कुनै प्रकारको सङ्क्रमण छ भने केरा खान हुँदैन। समय, मात्रा र शरीरको परिस्थिति हरेक व्यक्तिको अलग–अलग हुन्छ। तसर्थ केराको सेवन उचित मात्रामा गर्नुपर्छ।

केरामा क्यालोरी ८९ प्रतिशत, पानी ७५ प्रतिशत, प्रोटिन १.१ ग्राम, काब्र्स २२.८ ग्राम, चिनी १२.२ ग्राम, फाइबर २.६ ग्राम, बोसो ०.३ ग्राम हुन्छ।

हृदयको स्वास्थ्यको लागि केराः जाडोमा उच्च रक्तचापको समस्या धेरै मानिसलाई हुने गर्छ। त्यस कारण उनीहरूले केरा सेवन गर्न सक्छन्। केरामा अत्यधिक फाइबर हुन्छ जसले हृदयरोगको जोखिमलाई कम गर्न सक्छ। फाइबरयुक्त खाद्य पदार्थको सेवनबाट हृदयरोग र कोरोनरी हृदयरोगबाट बचाव गर्न सजिलो हुन्छ। यसको अलावा केरामा विद्यमान पोटाशियमले मुटुको ढुकढुकी र रक्तचापलाई नियन्त्रित गर्छ। केराको सेवनबाट मस्तिष्कको सतर्कता बढ्छ।

भोक बढाउने, कब्ज हटाउनेः  केरा घुलनशील र अघुलनशील फाइबरबाट भरपूर हुन्छ। घुलनशील फाइबरमा पाचनलाई सुस्त गर्ने गुण हुन्छ जसले गर्दा लामो समयसम्म भोक लाग्दैन। त्यसैले विज्ञहरू बिहानको खाजामा केरा खान सल्लाह दिन्छन्। जाडोमा पटक–पटक भोक लाग्छ। यसको अलावा जाडोमा कब्जियतको समस्या निकै हुन्छ। बिहानको समयमा केरा खाएपछि पटक–पटक भोक लाग्ने समस्या हुँदैन। आयुर्वेद अनुसार रातिको समयमा केरा खानु हुँदैन किनभने यसबाट रूघाखोकी हुन सक्छ।

अनिद्राको समस्याः केराले निद्रा नलाग्ने समस्या भगाउँछ। केरामा हुने पोटाशियमले शरीरको थकान हटाएर मांसपेशीलाई आराम दिन मदत गर्छ। साँझको समयमा १–२ वटा केरा खाँदा निद्रा नलाग्ने समस्या कम गर्न सकिन्छ। तर यदि तपाईंलाई रूघाखोकी छ भने साँझको समयमा केरा सेवन गर्नुहुँदैन।

मीठो खाने रुचिः यदि तपाईलाई मीठो खान मन लाग्छ भने केरा राम्रो विकल्प हुन सक्छ। किनभने केरा मीठो, गुलियो हुनुको साथै भिटामिन्स र फाइबरले भरिपूर्ण हुन्छ। जिमबाट फर्केपछि एक दुईवटा केरा सेवन गर्नु राम्रो विकल्प हुन्छ।

जोर्नी र हाडको समस्याः जोर्नी र हाड दुःखाइबाट पीडित व्यक्तिले केरा खानुपर्छ किनभने केरामा क्याल्शियम हुन्छ। साथै यसले थुप्रै प्रकारको पोषकतत्व दिन्छ। केरामा क्याल्शियम, पोटाशियम, खनिज, फलाम, म्याग्निशियम, नियासिन, फोलेट, राइबोफ्लेविन र भिटामिन बी ६ जस्ता आवश्यक पोषक तत्वले भरिपूर्ण हुन्छ। 

यदि तपाईंलाई रूघाखोकी, साससम्बन्धी समस्या छ भने जाडोको मौसममा केरा सेवन गर्नुहुँदैन। यसले शरीरमा कफको मात्रा बढाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here