- विश्वराज अधिकारी
संयुक्त राज्य अमेरिकामा मनाइने चाड ‘थैंक्स गिभिङ’को प्रमुख उद्देश्य आफ्नो जीवनमा आएका व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नु हो । यो भने थैंक्स गिभिड्ढो प्रमुख उद्देश्य हो । थैंक्स गिभिड्ढो लामो इतिहास पनि छ । तर यस चाडको दोस्रो, अनि अति महŒवपूर्ण उद्देश्य राष्ट्रिय अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्नु हो । राष्ट्रिय अर्थतन्त्रको गति थप गतिवान् बनाउनु हो । यसरी राष्ट्रिय अर्थतन्त्रलाई थैंक्स गिभिङले दौडिन सहयोग गर्ने हुनाले संयुक्त राज्य अमेरिकमा थैंक्स गिभिड्ढो ठूलो आर्थिक महŒव छ । र यो कारणले गर्दा पनि यो चाडलाई अमेरिकाभरि जनस्तरमा उच्च प्राथमिकताका साथ मनाउने गरिन्छ । यो चाडको विशेषता के हो भने यो चाड क्रेता र बिक्रेता दुवै पक्षको लगि अति महŒवपूर्ण हुने गर्दछ ।
थैंक्स गिभिङ कुन दिन मनाउनेबारे अमेरिकी संस्कृतिमा प्रस्टरूपले तोकिएको पाइन्छ । प्रेत्यक नोभेम्बर महीनाको अन्तिम बिहीवार थैंक्स गिभिङ मनाउने गरिन्छ । तारिख फरक पनि पर्न सक्छ । तर दिन भने जहिले पनि बिहीवार नै हुन्छ र प्रत्येक नोभेम्बर महीनाको अन्तिम बिहीवार हुन्छ । यो वर्ष (सन् २०२१ मा) थैंक्स गिभिङ नोभेम्बर महीनाको अन्तिम बिहीवार २५ तारिख परेको थियो ।
‘थैंक्स गिभिङ’ बिहीवार मनाउने गरिन्छ र लगत्तै भोलिपल्ट ‘ब्लेक फ्राइड’ मनाउने गरिन्छ । ब्लेक फ्राइडेको दिन ठूलो मात्रामा खरीद हुन्छ । उपभोक्ताहरूले त्यस दिन आवश्यकभन्दा गैरआवश्यक वा विलासी एवं अर्ध–विलासी वस्तुहरू (ल्यापटप, सेलफोन, फर्निचर, गहना, आदि) ठूलो परिमाणमा खरीद गर्छन् । अन्य दिनमा आवश्यकताका वस्तु (पानी, खाद्य सामग्री, लुगाफाटो, फलफूल, तरकारी, औषधि आदि) नियमित खरीद गरे तापनि त्यस दिन प्रमुखरूपमा कहिलेकाहीं काम लाग्ने आवश्यकताका वस्तु खरीद गर्छन् । र यस आसमा खरीद गर्छन् कि त्यस दिन बिक्रेताहरूले भारी छुटका साथ वस्तु बिक्रीका लागि अनेक प्रचार र खरीद उत्प्रेरणासहित बजारमा ल्याएका हुन्छ ।
त्यस दिन बिक्रेताहरूले आफूसँग भएका सामग्री भारी छुटका साथ, सस्तोमा बिक्री गर्छन् । त्यस दिन बिक्रेताहरूले आफूसँग भएका सामग्रीहरू सीमित सङ्ख्यामा तर बजार मूल्यभन्दा ज्यादै कम पारेर बिक्री गर्छन् । जस्तै १०० डलरको सामना ४० डलरमा पनि बिक्री गर्न सक्छन्। बिक्रेताहरूले यति कम मूल्यमा, तर सीमित सङ्ख्यामा वस्तुहरू बिक्री गर्ने हुनाले त्यस दिन क्रेताहरू आफूले खोजेको सामान पाइने पसल अगाडि बिहान ३–४ बजेदेखि नै लाइनमा बस्छन्। पहिले स्टोर पुग्नेले त्यो सस्तो सामान खरीद गर्न पाउँछ भन्ने आशामा खरीदकर्ताहरू घण्टौं लाइनमा बस्छ । कतिपयले सस्तो मात्र होइन, रहरले पनि त्यस दिन सामान खरीद गर्छन् र माथि भनिएझैं खरीदका लागि रातभरि पनि लाइनमा बस्छन् । रमाइलोका लागि पनि त्यस्तो गर्छन् ।
यसरी यो चाडले वा खरीद दिवस (थैंक्स गिभिङ) ले उपभोक्ताहरूलाई मनोरञ्जन पनि दिने गर्दछ । बिक्रेताहरूले पनि ठूलो प्रचार एवं तयारीका साथ थैंक्सगिभिड्ढा दिन ठूलो परिमाणमा वस्तु बिक्री गर्ने लक्ष्य राखेका हुन्छन् । र बिक्री गर्न सफल हुन्छन् पनि । कतिपय क्रेताहरू आफूले खोजेको सामान सस्तोमा खरीद गर्न थैंक्स गिभिङ दिन महीनौंदेखि कुरेका हुन्छन् ।
कुनै पनि राष्ट्रको अर्थ व्यवस्थालाई खरीदले कसरी महŒवपूर्ण प्रभाव पार्छ अब त्यसबारे चर्चा गरौं । ठूलो परिमाणमा गरिने खरीदले कसरी थप रोजगार सृजना गर्छ र राष्ट्रिय बेरोजगारी कसरी कम पार्छ अब त्यसबारे चर्चा गरौं ।
खरीद र राष्ट्रिय आर्थिक समृद्धिबीच नङ र मासुको सम्बन्ध हुन्छ । कसरी? यदि उपभोक्ताले खरीद नगर्ने हो र प्राप्त आय बचत गर्ने हो भने बजारमा थप सामान बिक्री हुँदैन । अर्थात् बजारमा केवल दैनिक आवश्यक्ताको वस्तु बिक्री हुन्छ । जसले गर्दा रोजगारको थप अवसर सृजना हुँदैन । दैनिक आवश्यकतालगायत अर्ध–विलासी एवं विलासी वस्तुहरू उपभोक्ताहरूले ठूलो परिमाणमा (ऋण गरेर होइन आफूसँ भएको बचतबाट) खरीद गरेमा थप उत्पादन हुन्छ । थप उत्पादन भएमा उत्पादन व्यवस्थामा थप व्यक्ति संलग्न हुन्छन् ।
थप व्यक्तिले रोजगार पाउँछन् । बिक्री एवं वितरण व्यवस्थामा रहेका व्यक्तिहरू (बिक्रेता, सवारीचालक, व्यवस्थापक आदि) ले रोजगार पाउँछन् र यसरी चौतर्फी रोजगार सृजनन भएर धेरै मानिसको हातमा आम्दानी पुग्छ र विभिन व्यक्तिले आफ्नो परिवारको भरणपोषण सहज किसिमले गर्न सक्छन् । खरीदको महŒव यस्तो हुने भएकोले नै अमेरिकी सङ्घीय सरकारले राष्ट्र अर्थतन्त्रमा समस्या उत्पन्न भएको बेला राष्ट्रिय अर्थतन्त्रलाई गति दिन जनता माझ पैसा बाँड्ने गर्दछ । र त्यसरी बाँडिएको पैसाले उपभोक्ताले सामान खरीद गरोस् भन्ने अपेक्षा गरेको हुन्छ । गएका वर्षहरू– सन् २०१९ र २०२० मा पनि अमरिकाको सङ्घीय सरकारले जनतालाई राहतस्वरूप फिर्ता नगर्नुपर्नेगरी रकम उपलब्ध गराएको थियो ।
र त्यसरी उपलब्ध रकमले कोडिड १९ बाट कुप्रभावित भएको राष्ट्रिय अर्थतन्त्रले केही त्राण पाएको थियो । राष्ट्रिय अर्थतन्त्रमा सङ्कट उत्पन्न भएको समयमा खरीद कार्यलाई प्रोत्साहन दिन अमेरिकी सङ्घीय सरकारले जनतामाझ बेलाबेलामा पैसा बाँड्ने एउटा परम्परा नै छ । आर्थिक नीति नै बनाएको छ । त्यसरी बाँडिने पैसाले अमेरिकी अर्थ व्यवस्थामा सकारात्मक प्रभाव परेको देखिएको छ ।
दक्षिण एशियाका देशहरूमा भने सकेसम्म बचत गर्ने, आम्दानी राम्रो हुनेहरूले पनि सकेसम्म खर्च नगर्ने चलन छ । बरु जाडोमा कठ्याङिग्रएर दुःख सहनेस कमाएको रकम छोरा, नातीका लागि सञ्चित गर्ने परम्परा छ । यस परम्पराले आउने पीढीलाई अल्छी त बनाउँछ नै, साथै राष्ट्रिय अर्थतन्त्रलाई गति पनि दिंदैन । दक्षिण एशियाका नागरिकले मात्र होइन, सरकारले पनि यस तथ्यलाई हृदयङ्गम गरेको पाइँदैन । हुनेखाने व्यक्तिले पनि खर्च गर्दा उसलाई समाजले ‘फुटानी गर्छ’ भन्ने चलन छ ।
खरीद नै नगर्ने हो र सकेसम्म बचत गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रले गति पाउँदैन भन्ने कुरा सर्वविदित छ । नेपालमा जमीनदारी प्रथा हुँदा यस्तै भएको थियो किनभने जमीनदारहरू आवश्यकभन्दा बढी सामान खरीद गर्नुको सट्टा बढीभन्दा बढी जग्गा खरीद गर्दथे । जनताको हातमा कम आम्दानी हुने वातावरण सृजना गर्थे । यो कारणले गर्दा पनि जमीनदारी प्रथा भएको बेला गरीबी झन् बढेर गएको थियो, खासगरी नेपाल र भारतमा ।
खरीदको यस्तो महŒव हुनेहुँदा नै थैंक्सगिभिड्ढो भोलपल्ट, शुक्रवारलाई ‘ब्लेक फ्राइडे’ नाम दिएर त्यस दिन ठूलो परिमाणमा सामान खरीद बिक्री गर्ने गरिन्छ । अहिले अमेरिकामा ‘इ कमर्स (भ–अयmmभचअभ) ले ज्यादै महŒव पाएको वा भनौं ठूलो सङ्ख्यामा व्यक्तिहरूले अनलाइन सामान खरीद गर्न थालेकाले ‘साइबर मन्डे’ पनि मनाउन थालिएको छ । थैंक्सगिभिड्ढो लगत्तै आउने सोमवारलाई ‘साइबर मन्डे’ भन्ने गरिन्छ । यस दिन पनि ठूलो परिमाणमा अनलाइन खरीद–बिक्री हुन्छ । साइबर मन्डेका दिन पनि अनलाइन बिक्रेताहरूले ठूलो छुटका साथ, अनेका प्रचारका साथ, अनेक उत्प्रेरणाका साथ, वस्तुहरू बिक्री गर्ने व्यापक घोषणा गरेका हुन्छन् । क्रेताहरूले पनि ठूलो परिमाणमा यस दिन सामान खरीद गर्छन् । इबे, अमेजन जस्ता विशाल अनलाइन बिक्रेताहरूले ठूलो परिमाणमा बिक्री गर्छन् ।
बिक्रीलाई यति महŒव दिएर, बिक्रीलाई चाड मानेर, क्रेताहरूलाई सामाजिक एवं सरकारी नीति अनुरूप खरीद गर्न अति प्रेरित गरिएको सम्भवतः अमेरिकामा नै होला । अर्थात् अमेरिकामा खरीद–कार्य पनि खरीद उत्सवको रूपमा मनाउने गरिन्छ । खरीद उत्सव अर्थात् थैंक्सगिभिङमा गरिने खरीद कार्य, हेर्दा सामान्य देखिए पनि यसको राष्ट्रिय अर्थतन्त्रमा ठूलो प्रभाव पर्दछ । हेर्दा सामान्य देखिने तर प्रकृति अनुसार ठूलो महŒव राख्ने कार्यहरू गरेर नै अमेरिका विश्वमा एक नम्बर आर्थिक महाशक्ति हुन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
जसरी कुनै पनि सवारी साधन (ट्रक, बस, रेल, हवाइजहाज, पानीजहाज) लाई गति दिने कार्य इन्धनले गर्छ, त्यसैगरी राष्ट्रिय अर्थतन्त्रलाई गति दिने कार्य खरीदले गर्छ । नेपालजस्तो मुलुकमा जहाँ उच्च बेरोजगारी छ, जहाँ रोजगारका लागि नागरिकहरू अर्को मुलुकमा जानुपर्ने बाध्यता छ, त्यहाँ राम्रो आम्दानी हुनेहरूले भोलिका दिनका लागि भनेर सञ्चित गर्ने होइन, बढीभन्दा बढी खर्च गर्नु आवश्यक छ।
नागरिकहरूले बढीभन्दा बढी खर्च गर्नका लागि, नेपालको सन्दर्भमा एउटा शर्त भने अवश्य छ । त्यो के भने नेपालमा नै अनेक किसिमका वस्तुहरू उत्पादन गर्नुपर्छ । नेपाली वस्तु मात्र ठूलो परिमाणमा बिक्री हुने बाध्यात्मक अवस्था सृजना गर्नुपर्छ । तर यस्तो नगरेर अनेक राष्ट्र (चीन, भारत) बाट ठूलो परिमाणमा सामानहरू आयात गर्ने हो र ती आयातित सामाग्री मात्र ठूलो परिमाणमा खरीद गर्ने हो भने बालुबामा पानी खन्याएसरह हुनेछ । यस्तो स्थितिले, यस्तो खरीदले, नेपालको अर्थतन्त्रलाई उँभो होइन, उँधो लगाउने छ । नेपालको गरीबी अझै विस्तार हुनेछ ।