अमेरिकन हार्ट एशोसिएशनका पूर्वप्रमुख डा रोबर्ट एकेलका अनुसार मुटुको स्वास्थ्यको लागि गहिरो रङ्गको फल–तरकारी खानुपर्छ । एशोसिएशनले हालै मुटु स्वस्थ राख्ने खानपानबारे गाइडलाइन्स जारी गरेको छ । मुख्य लेखक डा एलिस एच लिकटेंस्टाइनका अनुसार वजन सन्तुलन राखेर मुटुरोगको जोखिमलाई कम गर्न सकिन्छ । सातामा १५० मिनेटको वर्कआउटले ऊर्जा सन्तुलनलाई सही राख्छ । उमेरको हरेक दशकमा ऊर्जाको आवश्यकता ७०–१०० क्यालोरीसम्म घट्छ । यसैले डाइटलाई नियमित निगरानी गर्नुपर्छ ।

विविधता भएको फल–तरकारी सेवन गर्नुपर्छ, यसमा फाइटोकेमिकल्स बढी पाइन्छ । यसले गम्भीर रोगलाई रोक्छ । गहिरो रङ्गका तरकारी, फलमा पोषक तŒव बढी हुन्छ । जुसको सट्टा साबुत खानाले फाइबर बढी पाइन्छ ।

रिफाइन्ड अन्नमा पोषक तŒवलाई हटाइन्छ । यसैले साबुत अनाजबाट बनेका खानालाई प्राथमिकता दिनुपर्छ । साबुत अन्नमा चोकर, एन्डोस्पर्म र आन्तरिक बीउ तीन परत हुन्छन् । यसैले यी पोषक तŒवले भरिएका हुन्छन् । धेरै अध्ययनबाट यो साबित भइसकेको छ कि साबुत अन्न खानाले मुटुलाई जोखिममा पार्ने कारकलाई नियन्त्रण गर्न सकिन्छ ।

प्रोटीन र फाइबरको आवश्यकतालाई पूरा गर्न फल, गेंडागुडी, सोयाबिन, दाल, चना र केराउ सेवन गर्नुपर्छ । डेरी उत्पादनमा लो फैट वा फैटमुक्त वस्तुलाई रोज्नुपर्छ । यसबाट वजन र मोटोपन रोक्न मदत पुग्छ । विशेषज्ञका अनुसार पोलिअनसैचुरेटेड फैट भएको तेल राम्रो हुन्छ। यसमा सोयाबिन, कोर्न, सनफ्लावर र आलसका तेल आउँछन् । यसले कार्डियोवस्कुलर खतरालाई ३० प्रतिशतसम्म घटाउँछ । जबकि ट्रापिकल तेल जस्तै नरियल र पाम तेलबाट एचडिएल र एलडिएल कोलेस्ट्रोल दुवैमा बढोत्तरी हुन्छ ।

मुटु र मधुमेहका रोगीको लागि बढी नून र चिनी भएको वस्तु सेवन गर्नुहुँदैन । नून (सोडियम क्लोराइड)को रक्तचापसँग सीधा सम्बन्ध हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here