– श्रीमन्नारायण

कुनैपनि देशको आर्थिक विकासमा यातायातको भूमिका महत्वपूर्ण हुने गर्दछ। नेपालजस्तो भौगोलिक विकटताले भरिएको देशमा सडक यातायातको भूमिका महत्वपूर्ण साबित हुन सक्दछ। नेपालमा अहिले पूर्व–पश्चिम राजमार्ग, विपी कोइरालामार्ग, मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग र पृथ्वी राजमार्गहरूको भूमिका देशको आर्थिक विकासमा सहयोगी साबित भइरहेको छ। देशको सबैभन्दा पुरानो हुलाकी राजमार्गको विकास अपेक्षितरूपमा हुन सकेको थिएन तर अब यस दिशामा पनि हाम्रो ध्यान आकृष्ट भएको छ। विगत केही वर्षदेखि हुलाकी सडकको विकास एवं निर्माण कार्य तीव्र गतिमा थालिएको छ। यसबाट त्यस क्षेत्रका जनता पनि निकै खुशी छ। हुलाकी सडकको निर्माणबाट तराई–मधेसका साथै समग्र देशकै आर्थिक प्रगतिमा पनि मदत मिल्ने निश्चित छ। अब तराईका किसानहरू सहजरूपमा आफ्नो उत्पादन नजीकको बजारसम्म पु–याउन सफल भइरहेका छन्। हुलाकी सडक नेपालको आर्थिक विकासमा कोशेढुङ्गा साबित हुने निश्चित छ। पूर्वी तराईको झापादेखि कञ्चनपुरसम्म करीब १५०० किमी र १४ वटा विभिन्न सडकखण्डको निमार्ण पश्चात् हुलाकी सडकले पनि नेपालको यातायातको क्षेत्रमा तथा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ।

केही महीना अघि नेपालका लागि भारतीय राजदूतले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्मित हुलाकी सडकखण्डको १४ वटा प्याकेजमध्ये १३ प्याकेजको सडक हस्तानान्तरण गरेका थिए। तराई क्षेत्रका सडक पूर्वाधारको स्तरोन्नति सन्दर्भमा भारत नेपालबीच सहमति भए अनुरूप नै यो काम सम्पन्न भएको हो। कोभिड–१९ को माहामारीका बावजूद यति कम समयमा १३ सडकखण्डको निर्माण हुनु सामान्य उपलब्धि होइन। नेपालको तराई क्षेत्रमा कुल ३०६ किमी लम्बाइ रहेको १० वटा सडकखण्डको निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो। यी सडकहरूले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुवै देशका जनताको आवतजावतका लागि पनि सहज बनाउन मदत गर्नेछ।

हाल  निमार्ण सम्पन्न भई हस्तानान्तरण गरिएका हुलाकी सडक अन्तर्गतका मनमत–कलैया–मटिअर्वा, वीरेन्द्र बजार–यदुकहा–महिनाथपुर, जनकपुर–यदुकहा/धनुषा, माईस्थान–गौशाला बजार–सम्सी, महोत्तरी, जलेश्वर–हर्दी महोत्तरी, लमही–कोइलावास दाङ, काने पोखरी –रङ्गेली मोरङ, कल्याणपुर–बरसाइन–सुभ्रानपट्टी सप्तरी, तामागढी–सिम्ररौनगढ बारा र वीरगंज–ठोरी आदि सडकखण्डहरूले प्रदेश नंं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरूले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८–१८ वटा गाउँपालिका र नगरपालिका, एउटा उपमहानगरपालिका र एउटा महानगरपाकिलाका जनतालाई जोड्न सघाउ पु–याउने छ। नेपालको आर्थिक विकासमा यी सडकखण्डहरू कोशे ढुङ्गा साबित हुने निश्चित छ।

कुनै बेला चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौ स्थान थियो, जसमा तराईको योगदान सर्वाधिक मानिन्थ्यो। त्यसैले यस भूभागलाई अन्नको भकारी पनि भन्ने गरिन्थ्यो। तराईका किसानहरू हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादनलाई सजिलै  नेपाल तथा सीमावर्ती भारतको बजारसम्म पु–याउने गर्दथे तर पञ्चायती शासनको तीन दशकमा हुलाकी सडकको  व्यापक उपेक्षाका कारण यसको विकास हुन सकेन। नेपालको कृषि तथा औद्योगिक विकासमा पनि हुलाकी सडकको भूमिका सहयोगी साबित हुन सक्दछ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पूर्व–पश्चिम हुलाकी सडकको अपेक्षित विकास हुन नसकेको कारण पनि हाम्रो राष्ट्रको समुचित विकास हुन सकेन। विगत केही वर्ष यतादेखि दक्षिणी छिमेकी राष्ट्र भारतको सहयोग तथा नेपाल सरकारसमेतको प्रयासमा यसको निर्माण कायर्ले तीव्रता पाएको छ। नेपालको आर्थिंक विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ।

अहिलेको जस्तो पूर्णरूपमा बस्ती विकास नभइसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौ पहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो। चिठीपत्र बोक्ने हुलाकी हिंड्नलाई एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सीधा बाटो नक्शाङ्कन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो। जङ्गल, झाडी, पर्ति, बुट्यानमा बनाएको हुलाकी सडक यात्रुको चापसँगै बिस्तारै फराकिलो हुँदै गयो। बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरू पक्की सडकमा परिणत भए भने अधिकांश अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन्। कतिपय ठाउँका सडकहरू न पक्की बनेका छन्, न अस्तित्व नै समाप्त भएको छ। तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामहरूलाई छुने यो हुलाकी सडकलाई पद्मरोड पनि भनिन्छ।

हुलाकी सडक आज पनि कतिपय जिल्लाहरूमा निरन्तर प्रयोगमा आइरहेको छ। अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तराईका जिल्लाहरूमा जुन ठाउँमा हुलाकी सडकको निर्माण भएको छ, त्यहाँको जनताको मुहारमा खुशीयाली हेर्न सकिन्छ। आवश्यक हेरचाह, मरम्मत एवं निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्व र इतिहास पनि गुमाउने अवस्था आइपुगेको थियो। हुलाकी सडकको विकासका नाउँमा नेपाल सरकारद्वारा छुट्याइने बजेटको मात्रा साह्रै न्यून हुने गरेको कारण यसको उपयोग कहाँ, कति र कसरी गर्ने भन्ने प्रश्न प्राविधिकहरूसमक्ष उठ्नु अस्वाभाविक थिएन। कतिपय कारणले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको अवस्थामा यो हुलाकी सडकले राष्ट्र र जनताका आवश्यकतालाई सजिलै पूर्ति गर्ने अवस्था रहेको देखिन्छ। यसबाट मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा मिल्न सक्दछ।

कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग रहेको छैन, निर्विकल्प अवस्थामा रहेको यस सडकको निर्माण तथा मरम्मत सम्भारततर्फ पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। विगतमा हुलाकी सडकको विकासमा बढी ध्यान दिनुपर्नेमा जङ्गलको मध्य भएर सडक बनाइएको कारण हुलाकी सडकको विकास त अवरुद्ध भयो नै, मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनायो। मध्य जङ्गल भएर राजमार्ग निर्माण भएको कारण यसले एकातिर वन विनाशलाई प्रोत्साहन ग–यो भने अर्कोतिर यसबाट भूक्षय र भूस्खलन भई नदी नालाहरूका उब्जाउ मलिलो माटोको सट्टा बालुवा नै कृषियोग्य जग्गामा पुरिन लागेकोले तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदैछन्। यसबाट कृषि क्षेत्रको उत्पादकत्वमा अप्रत्याशित कमी आएको देखिन्छ। पूर्व–पश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ त्यसको सट्टामा यो तराईको दक्षिणमा हुलाकी सडकको ठाउँमा भएको भए वन विनाशलाई पनि रोक्न सकिन्थ्यो र यसबाट पर्यावरण पनि अनुकूल रहन सक्ने थियो तथा तराई क्षेत्रको अर्थव्यवस्था पनि खराब हुने थिएन। वर्तमान अवस्थामा महेन्द्र राजमार्गले पनि आफ्नो भूमिकाको सार्थक निर्वाह गरिरहेको देखिन्छ तथापि हुलाकी सडकको समुचित उपयोग गर्न सकिए यो राष्ट्र र जनताको आर्थिक समृद्धिमा कोशेढुङ्गा साबित हुन सक्दछ।

मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना भएको झन्डै तीन दशकमा पनि अस्तित्वमा आएका सरकारहरूले हुलाकी सडकको विकासमा खासै ध्यान दिएनन्  फलस्वरूप तराईको अर्थव्यवस्थाको साथै समग्र मुलुककै आर्थिक प्रगति पनि अवरुद्ध हुँदै आएको देखियो। जबकि हुलाकी सडकको मरम्मत एवं निर्माणका लागि र यसको सञ्चालनका लागि वर्षौदेखि स्थानीय जनताले आवाज उठाउँदै आएको छ।

नेपाल सरकार एवं भारत सरकारबीच भएको सहमति अनुसार झन्डै पन्द्र सय किलोमीटर लामो हुलाकी सडक निर्माण भारत सरकारले गर्ने भएको छ भने नेपाल सरकारले हुलाकी सडक तथा यसमा पर्ने नदी तथा खोलाहरूमा पुल निर्माण गर्ने भएको छ साथै अन्य अवरोधहरूलाई पनि नेपाल सरकारले हटाउने छ। यस दिशामा सन्तोषजनक काम भएको देखिन्छ भने बाँकी काम प्रगतिमा रहेको देखिन्छ।  धनुषा, बारा, महोत्तरी, मोरङ, सप्तरी, सिरहा, दाङ तथा पर्सा र पश्चिमका कतिपय जिल्लामा समेत हुलाकी सडकको निर्माण कार्यले गति प्राप्त गरेको छ।

पूर्व –पशिचम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिका ३२ वटा सहायक राजमार्ग छन्। भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भएपनि नेपालमा २०६२/२०६३ को परिवर्तनपश्चात् भारतले नेपाल ४४० किलोमिटर सडकको डिजाइन, सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्झौता गरेको थियो।

सम्झौता अनुसार काम गर्न लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र जग्गा अधिग्रहण, पोल, रूख हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहित समझदारी भएको थियो। विभिन्न राजनीतिक उतारचढावका कारण हुलाकी सडक निर्माणको काम बीचमैं रोकिएको थियो। नेपालले गरेको रेखाङ्कन अनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर रहेको छ।

हुलाकी सडकको मरम्मत, निर्माण एवं सञ्चालनबाट सर्वाधिक फाइदा तराईका किसानहरूलाई हुनेछ। नेपाली किसानहरू आफ्नो उत्पादनलाई बजारसम्म पु–याउन एउटा समुचित सडक मार्गको खोजीमा व्यग्र छन् र उनीहरूको यस उद्देश्यमा हुलाकी सडक नै महत्वपूर्ण सहयोगी साबित हुन सक्दछ। तराईका प्रायःजसो जिल्ला सदरमुकामहरू दक्षिण भेगमा छन् र हुलाकी सडक पनि ती जिल्ला सदरमुकामहरूको नजीकबाट गएको कारण पनि यहाँका किसानहरूले मेहनत गरी उब्जाएका खाद्यान्न र तरकारी एवं फलपूmल आदिको समुचित मूल्य प्राप्तिका लागि स्थानीय बजारमा सजिलै पु–याउन सक्दछ। वर्तमान अवस्थामा किसानहरूले आफ्नो उत्पादनको समुचित मूल्य पाउन नसकेको कारण कृषि पेशाप्रति नै उदासीन हुन गएका देखिन्छन्। मुलुकलाई अन्न खुवाउने किसान अर्थात् अन्नदाता नै यसरी आफ्नो पेशाबाट विमुख भई अन्यत्र ध्यान केन्द्रित गर्दा राष्ट्रसामु थुप्रै समस्या उत्पन्न हुन सक्दछ। तसर्थ नेपाली किसानको समस्यामाथि गम्भीरतापूर्वक ध्यान दिनुपरेको छ। पूर्वदेखि पश्चिम हुलाकी सडकको मरम्मत एवं निर्माण कार्य समयमैं सम्पन्न भएमा देशको आर्थिक विकासमा ठूलो उपलब्धि प्राप्त हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here