• सञ्जय मित्र

आजकालको जमाना आत्मवृत्तान्त लेखन्याको छ । आत्मवृत्तान्त लेखन्याले अनेक पुरस्कार पाउन्याको छ । चर्चा पनि चल्याको छ । मान्छेले पढन्याको छ । सबसे खुसीको बात त आफ्ूलाई सन्तुष्टि मिलन्याको छ । मन हलुको हुन्याको छ । यसैले बुढ्यौलीमा धेरैले आत्मवृत्तान्त लेखन्याका छन् । कतिपयले के बुझन्या छन् भने आत्मवृत्तान्त लेखन्या चाहिं ठूला हुन्याका हुन् ।

जब ठूला हुन्याले आत्मवृत्तान्त लेखन्याका हुन् भने मभन्दा ठूलो को हुन्याको छ ? जो ठूलो हुन्याको छ, मेरै कारणले ठूलो हुन्याको छ । जसलाई मैले माया गन्र्याको छु, उही ठूलो हुन्याको छ । जसलाई मैले साथ दिन्याको छु, उही ठूलो हुन्याको छ । जब सबैलाई मैले ठूलो बनायाको छ भने सबैभन्दा ठूलो म नै हुन्याको छु भन्ने कुरो सबैले बुझन्याको हुनुपर्छ ।

सबैले मेरो पूजा गर्याको छ । मेरो लागि काटमार गर्याको छ । सबै नियम कानून मेरै लागि बन्याको छ । सबै नियम कानून मेरै लागि तोड्याको छ । नियम लागू गराउन्या म चाहिन्याको छु, नियम तोडन्या म चाहिन्याको छु । मेरोविना न धर्म हुन्या छ न पाप । मेरोविना न मानिसको जन्म हुन्याको छ र न मृत्यु । गर्भाधानमा म हुन्याको छु भने मृत्यु संस्कारमा पनि म नै हुन्याको छु । म लोकमा हुन्याको छु, परलोकमा हुन्याको छु अर्थात् मविना लोक र परलोक अधूरो हुन्याको छ । देवता र देवी, समाजसेवी, जोगी र भोगी, सबै खाले रोगीलाई म चाहिन्याको छु । म कसरी यत्तिको महŒवपूर्ण हुन्याको छु ? यसको उत्तर दुनियाँले जान्याको जरूरत देख्याको छु । यसै परमार्थ र लोकको कल्याणार्थ मैले आप्mनो आत्मवृत्तान्त लेखन्याको हुँ ।

वन्यलाई वन पनि भन्याको छ । वन भनेको जङ्गल र वन भनेको एक पनि हुन्याको छ । दुवै एउटै हुन्याका छन् र मेरै कुल–गोत्र बुझ्याका छन् । वनमा पहिले घाँस उम्रयाका हुन्, त्यसैले यसलाई कसैले वन भन्याका हुन् । वास्तवमा जमीनका वनस्पतिहरूमा हामी नै वन (एक) अर्थात् सबैभन्दा पहिले जन्म्याका हौं । हाम्रै कुलका पुर्खाको जन्म सबैभन्दा पहिले भयाका हो।

अहम वन्य गोत्रस्य भवति भनेर हाम्रा पितापुर्खाले भन्दै आयाका हुन् । हामी सानैदेखि यो सुन्दै आयाका हौं । यही बुझ्दै र बुझाउँदै आयाका हौं । कागजी नोट जति हामी एकै गोत्र भयाका हौं । संसारभर फ्ैलियाको भयाका भए पनि वन्य गोत्रस्य नै हुन्याका हौं । कालान्तरमा खेत कुलस्य पनि भयाका छौं । वन्य गोत्रस्य खेते कुले म फ्याक्ट्रीमा जन्म्याको हुँ ।

मेरा पिता कागज हुन्या हुन् र मेरा पिता कागजका पनि पिता अर्थात् मेरा हजुरबा चाहिं पराल हुन्याका हुन् तथा पिताका हजुरबा चाहिं हरिया घाँस हुन्याका हुन् । किसानको खेतमा उब्ज्या घाँसबाट म जन्म्याका हुँ । साँच्चीकै माटा नै मेरी माता हुन् । माताभन्दा ठूलो कोही पनि नहुन्याका हुन् ।

अनगिन्ती सङ्ख्यामा चाहिं केही पनि नहुन्याका हुन् । खेत वा वन वा प्mयाक्ट्री जहाँ पनि हामी एकैपटक अनगिन्ती (नभने पनि) सङ्ख्यामा उम्रयाका हौं । खेत वा वनमा एक साथ अनगिन्ती घाँस उम्रयाका हुन् र जुन फ्याक्ट्री (उद्योगलाई फ्याक्ट्री किन भन्याका हुन् भने प्mयाक्ट र ट्री मिलेर बन्याका हुन् अर्थात् वास्तवमा रूख हुन्)मा म जन्म्याको हुँ, त्यहाँ पनि एक साथ अनगिन्ती (मेसिनले गन्याको हुन्छ तर हामीलाई थाहा भयाको हुन्न) नोट छापन्या छ अर्थात् जन्माउन्या छ । छाप्ने जिनिसलाई प्रेस कह्याको छ ।

सृष्टिमा ब्रह्मा, विष्णु र महेशपछि चौथो कोही छ ? सृष्टिको चौथो अङ्ग यसैले प्रेस कह्याको छ कि त्यहाँ हामी छापन्या छौं । ब्रह्मा, विष्णु र महेशपछि सृष्टिको चौथो अङ्ग अहिलेसम्म घोषित छैन अर्थात् अघोषित नै छ । यसैले सृष्टिका सबै नोटतान्त्रिक (लोकतान्त्रिक ?) देशमा प्रेसलाई अघोषित चौथो अङ्ग मान्यता मिल्याको छ । आखिरमा प्रेसमा कागज छापन्या न हो । उही कागजको विभिन्न रूप प्रेसमा छापन्या छ । एक रूप म पनि हुन्याको हुँ । कागजको सन्तान हुन्याको हुँ, कागज मेरो पिता हुन्याका हुन् । मेरो डिएनए टेस्ट गर्दा यही मालुम हुन्या छ ।

म विदेशको फ्याक्ट्रीमा जन्म्याको हुँ तर शुद्ध स्वदेशको हुँ । मेरो सबै पहिचान राष्ट्रिय नै हो । हामी जहाँ जन्मे पनि जुन देशको लागि जन्म्याको हुन्छौं, सोही देशको पूर्ण स्वदेशी भन्याको हुन्या छ ।

फ्याक्ट्रीमा जन्मेर प्लेन चढी बैंकमा पुग्न्याको हुँ । त्यहाँबाट गाडी चढेर कौन कौन बैंक हुँदै दशैंको समय एक मानिसको हातमा प¥याको हुँ । त्यहाँबाट बाहिरको संसारको दर्शन गर्न पायाको हुँ ।

ती मानिसले आफ्नो खल्तीमा मलाई बोकन्याका हुन् । खल्तीमा अलिकति अप्ठ्यारो महसुस हुन्याको छ । त्यसपछि म दराजमा केही दिन थन्क्याउन्या छु । अनि टीकाको दिन एक कर्मचारीको हातमा पन्र्याको छु । कर्मचारीका सासूले मलाई हस्तान्तरण गन्र्याकी हुन् ।

कर्मचारीले मासु किन्याका हुन् र म एक छिन मासुको गन्धको बीच बस्नु पन्र्यापछि गन्धले म मैलो हुन्याको हुँ । मासु पसलेले मलाई एक महिलाको हातमा फ्र्तिा दिन्याका हुन्, तिनले मलाई नयाँ देखन्या भएर धेरै माया गन्र्याका हुन् तर एकै छिनमा फ्ेरि टीका लगाएर सानो छोराको हातमा दिन्याका हुन् । अनि म सानो पर्समा कोचन्याको छु । सानो पर्समा मेरो साँसै रोकन्याजस्तो हुन्याको थियो । त्यही पहिलोचोटि मलाई बीचैबाट दोब¥याको थियो जसले गर्दा मेरो ढाड भाँचिएको जस्तो भयाको थियो ।

एउटा बिस्कुट पसलमा म पुगन्या हुन्छु । बिस्कुट पसलेले बसको भाडा तिर्दा कन्डक्टरको हातमा पुन्याको हुँ । धेरै किसिमका नोटसित एक छिन बस्न नपाउँदै म फ्ेरि ज्येष्ठ नागरिकको हातमा पुगन्या हुन्छु । त्यहाँबाट खैनीको दोकानमा पुग्न्या छु । खैनीको दोकानबाट एकको हातमा फ्र्तिा भयाको भएर दारू दोकानमा पुग्न्याको छु । दारू दोकानको तमासा बहुत गजबको हुन्याको छ । त्यहाँ त सानो नोटको भैलु नै नहुन्याको छ ।

आफ्नो इज्जत नहुन्यापछि दुःख भयाको थियो तर त्यत्ति बेला विचार गन्र्याछु कि सबैभन्दा इज्जतदार त मै हुन्याको छु । मुखले जतिसुकै कुरो ग¥या भए पनि पैसाकै लागि सबैले केही ग¥याका हुन् ।

दारू दोकानबाट एकजना कन्जुस हातमा पुग्न्याको छु । कन्जुसले मलाई अझै नयाँ देखेर खुब सुम्सुम्याउन्याका हुन् । उनको हातको मयलले म फेहोर भयाका हुँ । केही समयपछि म कन्जुसको हातबाट एउटा पुलिसको हातमा प¥न्याको छु । मोटरसाइकल चलाउँदा कन्जुसले हेलमेट नलगाएकोले जरिवानामा म पुग्याको हुF । कस्तो अचम्म, कसैको गल्ती भया पनि वा कसैले धेरै राम्रो गन्र्या भया पनि दण्ड र पुरस्कार दुवैमा म पुग्याको हुन्याको छु ।

म कहाँ कहाँ पुग्न्याको छुइन । अनेक गाम देखन्याको छु, अनेक ठाम पुगन्याको छु, अनेक मानिसको सङ्गतमा पन्र्याको छु । सबैभन्दा महŒवपूर्ण कुरो त सबै धर्म, जात, संस्कृति, लिङ्ग, वर्ण र वर्गमा समान पहुँच राख्न्या पायाको छु ।

मेरो लागि कुनै देउता, जात, धर्म र वर्ण वा वर्गको भेद छैन । समाजवाद, साम्यवाद सबै वाद र सिद्धान्तमा मेरै पूजा हुन्याको छ । पूजक र पुजित, सेवक र सेवित मात्र नभई ईश्वर र भक्तसम्म मेरो समान मान हुन्याको छ । सूर्योदयदेखि चन्द्रास्तसम्म, उज्यालोदेखि अँध्यारोसम्म मेरै खोजी हुन्याको छ, मेरै शरणमा पन्र्याको छ । रोग, शोक र भोकको औषधि मैं भयाको छु । लोभ र निर्लोभको तराजु भयाको छु।

म आफ्ंैमा दर्शन भयाको छु । दर्शनमा जुन दाम चढाउन्या छ, त्यो मैं हुन्याको छु । अनि त दाम देखेपछि देउताका पनि तीन नेत्र भन्याका हुन् ।

यति गुण सम्पन्न म भयाको छु, यति मान सम्मान हुन्याको छ मेरो तर एउटा मात्र कमी रह्याको छ ममा । यति चलायमान हुन्याको नोटमा बोली नहुन्या चाहिं ठूलो कमजोरी बन्याको छ ।

यदि कसैले कुनै डिभाइस लगाएर ममा बोलीको विकास गर्याका हुन् भने म त ककसको कस्तो–कस्तो पोल खोलन्या हुँ कि दुनियाँमा सबैलाई सबै कुरा मालुम हुन्याको छ । अहिलेसम्म दुनियाँले बोलन्याको छ र मैले सुन्याको छु तर जब नोट बोलन्याको हुन्छ तब सबै सुन्याको हुनेछ, बोलन्या नोटले मात्र हुनेछ ।

अब म ज्यादै बूढो हुन्याको छु । झन्डै दश वर्षको उमेर हुन लाग्न्याको छ । कति युग देखिसक्याको छु । मेरो उमेरको नोट अब कतै भेटन्याको छैन । अब म मुक्ति खोजन्याको छु । कुनै दिन बैंकले मलाई कतै जलाई मुक्ति दिने आशा मनमा भयाको छ । यदि कसैले मलाई गङ्गामा बगाइदिन्या छ भने ठूलो पुण्य प्राप्ति हुन्याको छ वा बैंकले विधिपूर्वक दागबत्ती दिएर खरानी पार्याको समयमा पूर्ण मुक्ति पाउन्याको हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here