अनन्तकुमार लाल दास

साधारण बोलचालको भाषामा शिक्षाको अर्थ ॅसिक्नु’ हो । शिक्षाले मानिसको विवेकलाई जागृत गर्दछ । वर्तमानमा शिक्षा ॅअर्थॅ सँग जोडिन पुग्यो अर्थात् शिक्षाको उद्देश्य धनार्जन हुन गयो । नैतिकतासँग शिक्षाको कुनै नाता रहेन । कोरोनाको पहिलो लहरपछि जीवन धान्ने भागदौड चलिरहेको बेला अचानक कोरोनाको दोस्रो लहरले गर्दा सबैथोक पुनः रोकिन पुग्यो। नेपाल मात्र होइन विश्वका धेरैजसो ठाउँ आज लकडाउनमा छ । वर्तमान सन्दर्भमा लकडाउनको प्रभाव शैक्षिक जगत्माथि पनि परेको छ । गत वर्षझैं यस वर्ष पनि परीक्षाको प्रारम्भमैं सम्पूणर् परीक्षाहरू स्थगित भएको छ । तेस्रो लहर पनि छिट्टै आउने सम्भावना सामाजिक सञ्जालमा आउन थालेको छ । विद्यार्थीहरू पुनः घरमा कैद हुन बाध्य भएका छन् ।

हाम्रो सरकारले पनि हालसम्म शैक्षिक समस्याको समाधान गर्न नसकेको अवस्था छ । विद्यालय र शिक्षकहरू पनि यस विषम परिस्थितिमा के गर्ने कुरामा अन्योलग्रस्त छन् । थरीथरीका विचारहरू विद्यार्थीहरूको मस्तिष्कमा पनि खेलिरहेको होला । यिनै कुरामाथि विचार गरिराख्दा मेरा एक मित्रले कोरोना महामारीबारे विद्यार्थीहरूको अनुभव के रहेको छ जान्न सल्लाह दिए । सोही सल्लाह अनुसार यस आलेखमार्पmत विद्यार्थीहरूबाट प्राप्त भावना समेटेर प्रस्तुत गरेको छु ।

सबै विद्यार्थीले यो कोभिड-१९ चाइनाको वुहान प्रान्तबाट विश्वभरि सरेको बताएका छन्् । कसैकसैले यसलाई चाइनिज जैविक युद्ध पनि भनेका छन् । आफ्नो भावना प्रकट गर्दै संस्कृति गुप्ताले लेखेकी छिन्-पहिलो लहरपछि विद्यालय खुलेको थियो । पढाइ द्रुत गतिमा भइरहेको थियो । सोही बेला हाम्रो छिमेकी भारतमा दोस्रो लहर प्रारम्भ भएको कुरा हामीहरूले सुन्यौं । त्यो सुन्दा डरको एउटा लहर मनभित्र पस्यो । केही दिन बित्दा नबित्दै नेपाल सरकारले लकडाउनको घोषणा गरे अनुरूप हाल विद्यालयहरू बन्द छन् । प्रारम्भ भएको हाम्रो आधारभूत तहको अन्तिम परीक्षा पनि स्थगित भयो । घरमैं बसेर परीक्षाको तयारी गरिरहेकी छु । हरेक दिन साथीहरूलाई सम्झने गर्छु । कोरोनाबाट बच्न पटकपटक साबुनपानीले हात धुने गरेकी छु । घरमैं बसेर कोभिड-१९ बाट बच्ने सम्पूणर् उपायहरूको पालना गरिराखेकी छु । केही दिनदेखि म बोर हुन थालेकी छु । मलाई धेरै डर पनि लागिरहेको छ । मेरो छिमेकमा बस्ने केहीले ज्यान गुमाएको सुनेकी छु । यो महामारीको छिट्टै अन्त्य होस् भन्ने म चाहन्छु ।

यसै क्रममा समीक्षा घिमिरेले यो रोग लागेपछि ज्वरो आउने, रुघाखोकी लाग्ने, बान्ता हुने, जीउ र टाउको दुख्ने, स्वाद हराउने, गन्ध थाहा नहुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरू देखापर्ने बताइन् । यस भनाइबाट के प्रस्ट हुन्छ भने विद्यार्थीहरूलाई कोभिड- १९ बारे गहिरो ज्ञान छ र उनीहरू यस सम्बन्धमा सचेत पनि छन् । अगाडि उनी लेख्छिन्-यस रोगको भाइरस छिमेकी मुलुक भारत हुँदै नेपाल आइपुगेको छ । यस भाइरसले हाम्रो देशमा धेरै क्षति पुर्‍याएको छ । देशको जनशक्तिमा र्‍हास हुँदै गएको छ । नेपालभरि यसको त्रास पैmलिएको छ । व्यापार र व्यवसाय घाटामा छन् । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रहरूमा पनि नराम्रो असर परेको छ । मानिसहरू घरबाहिर निस्कने अवस्था छैन । गरीब वर्गमा रोगभन्दा पनि भोकको डरले सताइरहेको छ । यस कारण उनीहरू घरबाट बाहिर निस्कने, सुरक्षाका मापदण्डको अवहेलना गर्ने र कोरोना भाइरसका शिकार भइरहेका छन् । यसतर्पm सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ । चारैतिर बन्द हुँदा घरभित्रै गुम्सिएर बस्नुपर्दा छटपटी, शारीरिक अस्वस्थता र दिक्क लाग्न थालेको छ ।

नैन्सी सर्राफ के लेख्छिन भने कोभिड-१९ वर्तमान समयको सबैभन्दा डरलाग्दो शब्द हो किनभने यसले हरेकको मनमा डर र चिन्ता उत्पन्न गराइदिएको छ । भविष्यलाई कसरी जोगाउने, के खाने, कहाँ जाने, हाम्रो आमाबुवाले कसरी कमाउनेजस्ता चिन्ताले हजारौं मन त्रसित बनेको छ । म उउटी विद्यार्थी हुँ तर डर र चिन्ताले मलाई पनि छाडेको छैन । विभिन्न प्रकारका नकारात्मक विचारहरू मनमा खेलिरहन्छ । आज म र मेरो परिवार सुरक्षित छ, भोलि के हुन्छ थाहा छैन । हरेक रात नयाँ आशा लिएर सुत्छु, तर भोलिको बिहानी हेर्न पाउँछु कि पाउँदिनँ डर रहिरहन्छ । हे इश्वर १ यस पृथ्वीलाई हाँस्ने कुनै एउटा कारण दिनुस् ।

लीजा श्रेष्ठले छिमेकी परिवारको एकजना सदस्य कोराना पीडित भएपछि उसको घरमा कोही जाँदैन र छेउका पसलेहरूले पनि त्यस परिवारलाई सामान बेच्न इन्कार गरिदिएको छ । दूधवालाले पनि दूध दिन छोडेको छ । समाज कसरी यति संवेदनहीन हुन सक्छ भन्ने उनले प्रश्न उठाएकी छिन् ।

यो एउटा सङ्क्रामक रोग हो । विश्व स्वास्थ्य सङ्गठनले पनि यस रोगबाट बच्न सतर्क हुन आवश्यक छ भनेको छ । हामी सबैले यसबाट बच्ने उपाय इमानदारीसाथ पालना गर्नुपर्छ । वीरगंजमा पनि यो दिनानुदिन बढ्दै गएको कुरा प्रतिदिन समाचारबाट थाहा भइरहेको छ । म गाउँमा छु । यहाँका धेरै मानिस मास्क लगाउँदैनन् । मलाई के लाग्छ भने केही दिनमैं गाउँ-गाउँमा यो रोग पैmलिने छ । यहाँ त राम्रो अस्पताल पनि छैन । म डरले बाहिर निस्किँदिनँ । साथीहरू पनि घरमैं बसिरहेका होलान् । यो भनाइ हो अनिशा चौहानको, जो गाउँमा छिन् । उनी भन्छिन्-अहिले पनि धेरै मानिस हेलचेक्र्याइँ गरिरहेका छन् जसको परिणाम आउने दिनमा झन् भयावह हुनेछ ।

कुलदीप दासले किराना र ओखती बाहेक विद्यालय, क्याम्पस, सिनेमाहल, होटल, जिम, यातायात, कलकारखाना बन्द रहेकोले धेरै मानिसले जागीर गुमाउनुपरेको कुरा उठाएका छन् । उनले लेखेका छन्-सरकार पनि यसतर्पm गम्भीर छैन । आम जनताले कहिले खोप पाउने हो भन्न गार्‍हो छ । भ्रष्टाचार दिनहुँ बढी रहेको छ । पैसा नहुनेका लागि यो विषम परिस्थिति हो । चीन र भारतबाट आएको खोपमा पनि भ्रष्टाचार भएको शङ्का हुन थालेको छ किनभने वडा-वडामा खोप लगाइयो तर हाम्रो परिवारमा हालसम्म कसैले पनि खोप लगाउन पाएको छैन ।

हिमानी यादव लेख्छिन्-म घरमैं छु तर पनि मलाई डरले सताएको छ । मेरो घरबाट जब कोही बाहिर जान्छ फर्केर आउँदा कोरोनासँगै लिएर आउने हो कि भन्ने डर लाग्छ । यस कारण बुवालाई भनेर मैले सबैको लागि मास्क र सेनेटाइजर घरमैं राखेकी छु । कोही बाहिर जान लाग्दा मास्क लगाएर जाने सल्लाह दिन्छु र घर फर्केपछि उनीहरूलाई चप्पलजुत्ता बाहिरै खोलेर हात सेनेटाइज्ड गरेपछि मात्र घरभित्र प्रवेश गर्न दिन्छु । आलोक वणर्वालले यो महामारीका विषाणु हावाबाट पैmलिन सक्ने कुरा सुनेपछि झन् डराएको छु भनेका छन् । बुवा बाहिर काममा जाँदा छिट्टै घर फर्कन भन्छु र बीचबीचमा फोन गरिराख्छु ।

राहुल यादवले वीरगंजमा अक्सिजनको कमी हुँदै गएको लेख्दै प्रशासनलाई यसको जिम्मेवार बनाएका छन् । उनी लेख्छन्- जब वीरगंजमैं अक्सिजनको कमी छ भने किन काठमाडौं पठाउनुपर्‍यो ? हाम्रा मधेसका नेताहरू के हेरेर बसेका छन् ? यो कोरोना भाइरसले गर्दा विद्यार्थीहरूलाई पनि मोबाइलको लत लागेको छ । कहीं यस भाइरसको विस्तारमा मोबाइल कम्पनीहरूको त हात छैन ? यस्ता गम्भीर प्रश्नहरू विद्यार्थीहरूको मनमा कहाँबाट प्रवेश गरेको होला बुझ्न गार्‍हो छ तर सत्य के हो भने आज टेक्नोलोजीको यति विकास भइसकेको छ कि कुनै पनि कुरो लुकाउन गार्‍हो छ ।

पूजा र प्रतिमाकुमारी लेख्छन्-जहाँजहाँ यो महामारी पैmलिएको छ त्यहाँको सरकारले द्रुतगतिका साथ आफ्नो नागरिकलाई खोप लगाइरहेका छन् तर हामी अहिले पनि खोप कहाँबाट, कसले देला भन्ने कुरैमा अल्मलिएका छौं । सीमित खोप कहींबाट आयो र समाप्त पनि भयो, हामी हालसम्म प्रतीक्षारत छौं । जो गरीब र निमुखा छन्, जसले आफ्नो इलाज आपैंm गर्न सक्दैन, रोग लागेपछि मर्नुबाहेक उनीहरूसँग के उपाय छ ? सरकारी अस्पताल खाली छैन, निजी अस्पतालमा त मरेपछि जबसम्म शुल्क पाउँदैनन् तबसम्म मृत शरीर आफन्तलाई हस्तान्तरण गर्दैनन् मैले सुनकी छु । यसै क्रममा नेहा शर्मा, रूपसी चौधरी र निकिता चौधरीले यस महामारीसँग जुझ्नका लागि स्वास्थ्य मन्त्रालयले दिएको सबै निर्देशन, हरेक आमाबुवाले आआफ्ना सन्तानको भविष्य सुरक्षित पार्न, पालना गर्नुपर्छ भनी लेख्दै गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । विद्यार्थीहरूका यी कुरा सुन्दा के लाग्छ भने कोरोना महामारीबाट राष्ट्रलाई जोगाउन सामूहिक प्रयासको खाँचो छ । एक-दुईजनाको प्रयासले यस महामारीलाई थेग्न सकिंदैन र वर्तमानको परिदृश्य यसकै परिणाम हो ।

हुनत धेरैले कोभिड-१९ बारे लगभग समान भावना व्यक्त गरेका छन् तर यहाँ प्रस्तुत आलेखमा केही फरक विचारहरू मात्र समावेश गरिएको छ । उनीहरूले व्यक्त गरेको भावनामा कोभिड- १९ का कारण, समस्या, चुनौती र समाधानका उपायहरूसमेत लुकेको छ । उनीहरूले व्यक्त गरेका भावना गम्भीर र मननीय छ । उनीहरूको निश्चल भावनाबाट के प्रस्ट हुन्छ भने उनीहरूसँग जानकारीको अभाव छैन । तर विडम्बना के छ भने उनीहरूको यस्ता भावनालाई कसले सुनिदिने र कसले त्यसमा पहल गर्ने ? तर के विश्वास के गर्न सकिन्छ भने यदि युवा विद्यार्थीहरूको हातमा देशको शासन सुम्पियो भने उनीहरूले ॅसुखी र समृद्ध नेपाल’को परिकल्पना साकार पारेर देखाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here