-अनन्तकुमार लाल दास

पुनः कोरोना महामारी देखिएको छ । योस“गै विद्यालय बन्द गर्न सुझाव दिन थालिएको छ । के विद्यालय बन्द गरिदिनाले कोरोना महामारी खत्म हुन्छ वा यसका लागि कुनै ठोस पाइला चाल्नुपर्छ ? कोरोना महामारी पैmलाउन केटाकेटी जिम्मेवार छन् वा सम्बन्धित निकायको लापरवाही बुझ्नु आवश्यक छ । प्रत्येक विद्यालयले सरकारी निर्देशनको सक्दो पालना गरिरहेका छन् तर केही विद्यालयद्वारा पालना नहुनुले विद्यालय नै बन्द गर्ने निर्णय के आवश्यक छ ? के अभिभावकहरू स्वयंले कोरोना महामारीस“ग जोगिन मास्क, साबुनपानीले हात धुने र सामाजिक दूरी कायम राखेका छन् ? के वीरगंज महानगरपालिकाले मास्क नलगाएर घुम्ने मानिसलाई नियन्त्रण गर्ने कुनै उपाय अवलम्बन र कार्यान्वयन गरेको छ ? सरकारी कार्यालयदेखि अस्पतालसम्म कोरोना महामारीबाट जोगिने विषयमा लापरवाही देखिएको छ तर विद्यालय बन्द गर्न भने सबैले चासो लिएको पाइएको छ । विद्यालय बन्द र अन्य क्षेत्र खुला हु“दा के बालबालिकाहरू घर मैं बस्छन् ? यी प्रश्नहरूको जवाफ खोज्नुपर्छ । विद्यालय मात्र बन्द गर्नु समस्याको निदान कदापि हुन सक्दैन । विद्यालय बन्द गर्दा राष्ट्रलाई हुने क्षतिबारे के कसैले गम्भीरतापूर्वक विचार गरेको छ ? यसै सन्दर्भलाई लिएर पछिल्लो वर्ष धेरै लामो समय विद्यालय बन्द रहेको र अनलाइन कक्षा सञ्चालन गर्दा के–के अनुभव गरियो, यस लेखमा छलफल गर्ने जमर्को गरिएको छ ।

पछिल्लो वर्ष चैत महीनामा एइईको परीक्षा चलिरहेको थियो, केही अन्य परीक्षा नजीक थियो । अहिले पनि झन्डै त्यस्तै अवस्था छ । त्यस बेला कोरोना महामारीबाट सङ्क्रमण पैmलिने खतरा हु“दा परीक्षाहरू स्थगित गरेर अनिश्चित कालका लागि विद्यालय बन्द गरिएको छ । यसले केटाकेटीहरूमा परीक्षापछि घुम्न जाने, साथीहरूस“ग खेल्ने, आनन्द गर्ने सबै कुरामा प्रतिबन्ध लाग्यो । एसइई र कक्षा १२ को परीक्षा दिने विद्यार्थी र तिनका अभिभावकका लागि यो तनावको विषय थियो । वैश्विक महामारी र त्यस बेला यसको इलाज पनि नरहेकोले धेरै मानिसले आप्mनो सामाजिक व्यवहार र दिनचर्यामा परिवर्तन गरेका थिए तर के समस्याको समाधान भयो ? यो मननीय कुरो हो ।

प्रारम्भमा घरमा बस्नु केटाकेटीहरूका लागि सुखद अनुभव थियो तर घरमा बसेर के गर्ने भन्ने प्रायः अभिभावकस“ग कुनै योजना थिएन । परिणामस्वरूप नगरस्तरीय केटाकेटीहरू टेलिभिजन र मोबाइलमा निर्भर हुन थाले । एक दिनमा उनीहरूको स्क्रीन टाइम ७–८ घण्टा पुग्यो । ढिलो सुत्नु र ढिलो उठ्नु सामान्य कुरा भयो किनभने उनीहरूलाई विद्यालय जानु थिएन । दिनभरि घरमैं सीमित हुनु र साथीहरूलाई भेट्न नपाउनु र खेल्न नपाउ“दा उनीहरूमा झर्किने बानी विकास हुन थाल्यो । अनिश्चितताले अभिभावकहरूमा तनाव थियो र टिभी र मोबाइलमा केटाकेटीहरूको निर्भरता कम गर्ने चुनौती थपिएको थियो । हुनत यस परिवेशमा केटाकेटीहरूले घरको काममा सहयोग, खाना पकाउन, अनलाइन कक्षामा सहभागी हुन सिके । तर चुनौती के थियो भने विद्यालयको विकल्पमा कुनै रचनात्मक काम पाएनन् र टेलिभिजन र मोबाइलमाथिको निर्भरता कम भएन ।

छ्ट्टी केटाकेटीहरूलाई धेरै प्रिय हुन्छ । उनीहरूलाई आप्mनो रुचिको काम गर्ने अवसर प्राप्त हुन्छ । गाउ“घरमा के पनि देखियो भने लकडाउनका बावजूद केटाकेटीहरू अभिभावकस“ग घरेलू काममा संलग्न भए तर त्यहीं अनलाइन शिक्षाले यी सबै कुरामाथि ब्रेक लगाइदियो । ससाना केटाकेटीहरू पनि अनलाइन शिक्षामा व्यस्त भए तर यस्ता धेरै विद्यार्थी थिए जसले अनलाइन शिक्षा लिन सकेनन् । के कसैस“ग यसको तथ्याड्ढ छ ? हुनत यो वैश्विक सड्ढट र सङ्क्रमणको समय थियो र अहिले पनि छ । विश्वभरिका मानिसलाई आप्mनो जीवनशैली र सामाजिक व्यवहारमा परिवर्तन गर्ने समय थियो । केटाकेटीहरूको लागि यो परिवर्तन सहज थिएन तर सबैले आफूलाई परिवर्तन गरे । केटाकेटीहरूलाई छुट्टीको खुशी प्राप्त भएन, किनभने घरमैं कक्षा चल्न थाल्यो । यद्यपि यो उनीहरूको लागि एउटा नया“ अनुभव थियो । चुनौतीले केही सकारात्मक परिवर्तन पनि ल्याउ“छ तर स्थिति सामान्य हुने बित्तिकै सबै कुरो बिर्सन थालियो । लकडाउन खुकुलो भएपछि अफलाइन कक्षा सञ्चालन भयो । अनलाइन शिक्षणको आधारमा परीक्षा लिइयो परीक्षा परिणामले अनलाइन कक्षाको खास उपलब्धि देखा परेन ।

पछिल्लो समय भएको लकडाउनले मानवीय गतिविधिको तीव्रता कम पारेको थियो । आवागमन कम भएको थियो । त्यस ताका अभिभावक र केटाकेटीबीच दूरी कम भएको देखियो । शिक्षकहरू पनि विद्यार्थीहरूको सम्पर्कमा आउन वैकल्पिक बाटोको खोजीमा थिए । शिक्षक र विद्यार्थी दुवै यस वैकल्पिक प्रक्रियामा केही नया“ कुरो सिकिरहेका थिए । नौलो अनुभवको विस्तार भएको थियो । वर्तमान समयमा ज्ञानको कुरा गर्दा निर्धारित पाठ्यपुस्तक पूरा गर्नु नै शिक्षा हो भन्ने आम धारणा छ, तर ज्ञान प्रँप्तिका लागि पुस्तक बाहिर निस्कन पनि आवश्यक छ । आप्mनो परिवेशको सूक्ष्म अवलोकन, प्रयोग र परीक्षण गर्नु, प्राप्त परिणामको विश्लेषण गर्दै निष्कर्षमा पुग्नु ज्ञान निर्माणको प्रमुख प्रक्रिया हो, जुन अवसर अनलाइन शिक्षाले खोसेको थियो । धेरैजसो घर त्यस ताका ‘विद्यालय’मा परिणत भएका थिए । तर सवाल अझै अनुत्तरित छ– के अनलाइन शिक्षा साना केटाकेटीका लागि आवश्यक थियो वा छ ?

विद्यालयमा एउटा निर्धारित कार्यतालिका र त्यहा“को नियमस“ग सबै केटाकेटीको तालमेल बसाल्नुपर्ने हुन्छ तर महामारीले गर्दा विद्यालयहरू बन्द रहेकाले समयको अभाव थिएन । त्यसताका सिर्जनात्मक कार्यको परिधि व्यापक थियो । त्यो विद्यालयसम्म मात्र सीमित थिएन । यस्ता अनुशासनयुक्त विद्यालयमा प्रयोगको त्यति स्वतन्त्रता हु“दैन तर त्यस बेला विद्यार्थीहरूलाई प्रयोग गर्ने स्वतन्त्रता थियो । ज्ञानको लागि अनुभवको विविधता जरूरी हुन्छ र यो अनुभव किताबबाट हासिल हु“दैन । अर्कोतिर के पनि सत्य हो भने विद्यार्थीहरूस“ग पाठ्यपुस्तकबाट प्राप्त देश विदेशको थुप्रै जानकारी हुन्छ तर छिमेकमा के भइरहेको छ भन्ने थाहा हु“दैन । यस्ता जानकारी उनीहरू सामाजिक सञ्जाल वा टेलिभिजनबाट पनि प्राप्त गर्न सक्छन् तर विडम्बना के छ भने मोबाइल र टेलिभिजनले केटाकेटीको त्यो समय लिइरहेका छन् जसमा उनीहरू परिवार र सामाजिक क्रियाकलापमा सामेल हुन सक्छन् । लकडाउनको बेला सामाजिक दूरी बढेकोले बाह्य गतिविधि पनि सीमित थियो । यस परिवेशमा केटाकेटीहरूको औसत स्क्रीन समय बढेको थियो ।

केटाकेटीको डिजिटल टाइम बढ्नु सही होइन, किनभने यसको दुष्प्रभाव उनीहरूको शरीर र मस्तिष्कमा पर्ने सम्भावना बढी हुन्छ । केटाकेटीहरू मानसिकरूपले तनावग्रस्त हुन सक्छन् । बाहिर खेल्नु र उफ्रनुको साटो घरमैं सीमित हुनु पनि स्वास्थ्य र सामाजिक विकासको दृष्टिकोणले चिन्ताजनक नै हो । मोबाइलमा केटाकेटीहरूको निर्भरता कम गर्न अभिभावकहरूले समय निकाल्नु पर्छ । छिमेकमा देखा परेको परिदृश्यले विद्यालय पुनः बन्द हुने सड्ढेत दिइरहेको हुनाले यसतर्फ अभिभावक गम्भीर हुनु आवश्यक छ । एकातिर डिजिटल टाइममा बढोत्तरी र अर्कोतिर विद्यालयहरूद्वारा दिइने अधिकतम गृहकार्यले गर्दा पनि विद्यार्थीहरूले यो लकडाउनभन्दा राम्रो विद्यालयमैं वैकल्पिक व्यवस्था गरी पढाउनु राम्रो भन्न थालेका छन् किनभने त्यहा“ साथीहरूस“ग कुरा गर्न, खेल्न र उफ्रन त पाइन्थ्यो ।

यस्तो गम्भीर कुराको जा“च–पडताल गर्दा के पाइयो भने थोरै विद्यालय मात्र सन्तुलन कायम गरी अघि बढिरहेका छन् । अधिकांश विद्यालयहरूले केटाकेटीलाई गृहकार्य बढी दिने गरेको पाइयो । यसमा अभिभावकहरूको पनि दोष छ किनभने जुन विद्यालयले बढी गृहकार्य दिन्छ त्यो राम्रो विद्यालय हो भन्ने उनीहरूलाई लाग्छ । खासगरी निजी विद्यालयमा त्यसताका पनि शुल्कलाई लिएर बढी चिन्ता देखियो र अहिले पनि त्यही अवस्था छ । यस्ता विद्यालयलाई विद्यार्थी अर्को विद्यालयमा जाने डर थियो र छ पनि । विद्यालयलाई यदि शुल्क लिनुछ भने त्यहा“ खुब पढाइ भइरहेको देखाउनु आवश्यक हुन जान्छ । जति दिन विद्यालयमा पढाइ भएन, त्यति दिनको शुल्क अभिभावकहरूले दिएनन् र अपवादबाहेक विद्यालयहरूले पनि त्यति दिनको शिक्षकहरूको तलब दिएनन् । यी सबको चेपमा विद्यार्थी परेका छन् । घरबाट ननिस्कने र मोबाइल–इन्टरनेटमा निर्भरताले खासगरी किशोरहरू ‘इन्टरनेट एडिक्शन’को चपेटामा छन् ।

यहा“ अभिभावकस“गै शिक्षकहरू पनि दोषी देखिन्छन् किनभने उनीहरू पनि स्वयं सोही प्रक्रियाबाट आएका हुन् जहा“ अभ्यासलाई बुझाइभन्दा बढी महŒव दिइन्छ । तर सकारात्मक कुरो के हो भने कोरोनाले अनलाइन शिक्षाको आवश्यकतालाई जन्माएको छ र बिस्तारै सिर्जनात्मक गतिविधिका लागि पनि अनलाइनमैं ठाउ“ पाइने सम्भावना बढेको छ । महामारीले गर्दा जे परिवर्तन भइरहेको छ त्यो पनि केटाकेटीका लागि महŒवपूर्ण अनुभव नै हो । यहींनिर अभिभावक र शिक्षकले महामारीको इतिहास र भए गरिएको परिर्वतन साथ कसरी सामञ्जस्य गर्ने कुरा विद्यार्थीमाझ छलफल गर्नुपर्छ । साथै यस्ता विकट परिस्थितिस“ग जुध्न ‘होम स्कूलिङ’ को अवधारणामा पनि ध्यान दिनुपर्ने आएको छ ।

अनलाइन शिक्षणलाई रचनात्मक बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सबै मिलेर पाठ्य–सामग्री बनाउनुपर्छ । हुनत अहिलेसम्म हामीले जुन सामग्री विद्यार्थीमाझ पस्कछौं त्यो पनिे शिक्षक र विद्यार्थीले बनाएको होइन । अर्को जुन सामग्री पस्किएको छ, त्यो स्थानीयतास“ग कति जोडिएको छ ? हाम्रो परिवेशको लोकगीत, लोककथा, लोकोक्ति, खेती–किसानी, हस्तकला आदिको ज्ञानलाई संसाधनको रूपमा उपयोग गर्नुपर्छ । केटाकेटीलाई रूखबिरुवा, खोलानाला, समुदाय, जीवनयापन, मौखिक इतिहासजस्ता जानकारी एकत्र गर्ने जिम्मा दिन सकिन्छ । शिक्षामा प्रविधिको प्रयोग हुनुपर्छ तर छात्रा र शिक्षकको एउटा ठूलो वर्ग डिजिटल डिभाइडको शिकार नबनोस् भन्ने हेक्का राख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here