समीर पाख्रिन

दृश्य– ८
समय ः बेलुकीपख। स्थान ः घडीअर्वा पोखरी परिसर।
उषा र अङ्कित हात समातेर पोखरी घुम्दैछन्।
उषा ः अङ्कित, आज त डोसा खानुपर्छ है। आज घरबाट चाँडै निस्केकीले भोक लागिरहेको छ।
अङ्कित ः (झसङ्ग भएर स्वयंसित) लौ मा–यो यो मोरीले। अब के गर्ने ?
(केही क्षण सोचेपछि) उषा, म पाँच मिनेट गएर आउँछु है। (शौचालयको ढोकामा उभिएर खल्तीबाट पर्स निकाल्छ र हेर्छ। पर्समा दशका तीनवटा र पचासको एउटा नोटभन्दा धेरै हुँदैन। निराश भई स्वयंसित) लौ नास्ता गरौं भन्दैछे। आफूसित भने असी रुपियाँ मात्र रहेछ। अब के गर्ने होला ? कुनै उपाय त गर्नैपर्छ। (उषानजीक गएर) उषा, एउटा कुरा भन्छु नरिसाऊ है।
उषा ः भन न के कुरा हो।
अङ्कित ः तिमी आजभोलि मोटाउँदै गइरहेकी छौ। पहिला तिम्रो हाइट, फिगर हेरेर सबैले उषा त दीपिका पादुकोण जस्तै छिन् भन्थे। केटीहरू तिमीसित ईष्र्या गर्थे तर अहिले तिमीलाई देख्नेहरू उषा त आजभोलि भारती जस्तै हुँदै गएकी छे भन्छन्।
उषा ः अप्पुई १ हो र अङ्कित ? हुनत मलाई पनि आजभोलि मोटाएकी छु जस्तै लागिरहेको छ। आफूलाई चाहिं भोक लागिराखेको छ। अब के खाने होला ?
अङ्कित ः भोक सहने बानी बसाले चाँडै दुब्लाउन सकिन्छ अरे। बरु घर पुगेर एउटा वाइवाई बनाएर खाऊ। केटी मान्छे धेरै मोटाए चाँडै बूढी देखिन्छ, थाहा छैन ? (दुवैजना गेटबाट निस्केर गीता मन्दिर रोड हुँदै मेन रोडतिर बढछन्)
उषा ः हो, तिमीले ठीकै भन्यौ। म अब भोक सहने बानी बसाल्छु। अङ्कित, घण्टाघरबाट रिक्शामा जान्छु ल ?
अङ्कित ः उषा, मोटाएँ पनि भन्छ्यौ फेरि रिक्शामा जाने पनि भन्छ्यौ। हिंड्यौ भने कमसेकम जीउमा पसिना आउँछ। पसिना आयो भने वजन त घट्छ। मोटोपन अलिकता भएपनि कम त हुन्छ। आखिर तिम्रो घर त्यति टाढा पनि त छैन। बरु म तिमीसँग एम्बेसीसम्म जान्छु।
उषा ः हो त है अङ्कित ? ल हिंड।
०००
दृश्य– ९
समय ः बिहान। स्थान ः इमानसिंह हवल्दारको डेरा।
उषा हिजो अङ्कितले मोटायो भनेको कुरा स्मरण गरेर होला अँध्यारो अनुहार पारेर बसेकी छे।
उषा ः (ऐनाअघि उभिएर) हो, म त साँच्चै मोटाएर भारती जस्तै हुन थाले कि क्या हो ? होइन, आजैदेखि वजन घटाउने उपाय गर्नुप–यो।
(डोरी लिएर बाहिर हरियो दुबोमा उफ्रन थाल्छे। घरबेटी बज्यैले उषालाई हरियो दुबोमा डोरी खेलेको देखेपछि रिसाउँदै)
घरबेटी बज्यै ः लौ हेर त १ हामी बूढाबूढीले दुःखले हुर्काएको दुबोमा यो हवल्दारकी छोरी उफ्रेकी। एई नकचरी १ तँ खुरुक्क दुबो रोपेको आँगनबाट बाहिर निस्की हाल् त। (उषाले सुनेर पनि नसुनेझैं गर्छिन्) ल यसले नटेरेकी हेर त। (यति नै बेला घरबेटी बा बाहिर बार्दलीमा आउँछन्)
घरबेटी बा ः के भो ? कसलाई कराएकी बिहान–बिहानै ? (बार्दलीबाट तलतिर हेर्छन्)
घरबेटी बज्यै ः देख्नुभएन ? हवल्दारकी छोरी हाम्रो त्यति राम्रो हरियो दुबोमाथि उपे्रmकी ?
घरबेटी बा ः (उषालाई डोरी खेलेको देखेपछि घरबेटी बूढा ङिच्च हाँस्छ र बज्यैतिर फर्केर) खेल्न दे, परै कति राम्रो गरी बुर्लुक्क–बुर्लुक्क उफ्रिरहेकी छे। तँ भित्र जा। म केही क्षण खुल्ला हावामा बस्छु।
घरबेटी बज्यै ः एई नकचरी, न उफ्री भनेको सुनिनस् ? हामी बूढाबूढीले रातदिन पानी हालेर हुर्काएको दुबो तँलाई उफ्रनका लागि हो ?
उषा ः (माथि बार्दलीतिर हेरेर) उफ्रन चाहिं जति पनि पाइन्छ। हामी पनि यो घरमा त्यसै बसेका छैनौं, खनखनी पैसा गनेर बसेका छौं बुझ्नुभो ? धेरै हेप्ने काम नगरे हुन्छ।
घरबेटी बा ः खेल्न दे न। कति करकर गरेकी। उषा नानी जति मन लाग्छ उफ्रिए हुन्छ। हेहेहे। (हाँस्छ)
घरबेटी बज्यै ः सुन्नुभो, हवल्दारकी छोरीको मुख ? कुरा भुइँमा खस्न दिंदैन यसले। हिंड्नोस् भित्र, हजुर चाहिं त्यो उपे्रmको किन हेरेर बस्नुप–यो नि ? पात्तिएका बूढा।
इमानसिंह ः (बाहिर आएर) एई उषा, तँ भोलिदेखि यो आँगनमा डोरी खेलिस् भने म नै तेरो खुट्टा भाँचिदिन्छु। जा भित्र गएर मामुलाई खाना बनाउन सघा। मलाई ड्युटी जान ढिलो भइसक्यो। म नुहाउन पसे।
उषा ः दुनियाँमा कतै नभएको घरबेटी। उसैले मात्र यो शहरमा घर बनाएर भाडामा दिएको जस्तो। परै मीनाहरूको घरबेटी कति जाती छन्। छतमा घाम ताप्न, कपडा सुकाउन, अचार बनाउन, केटाकेटीलाई आँगनमा खेल्दासमेत केही भन्दैनन्। (हवल्दार टाउकोभरि साबुन घसेर बाथरूमबाट बाहिर आउँछ र सुशीलालाई बोलाउँछ)
इमानसिंह ः एई उषाकी आमा, माथि ट्याङ्कीमा गएर पानी हेर् त। धारामा किन पानी आएन ?
उषा ः ट्याङ्कीमा पानी टन्न थियो बाबा। बूढीले रिसले पानी बन्द गरिदिएकी जस्तो छ।
इमानसिंह ः चुप्, नभएको कुरा नगर्। जा कोठाबाट एक बाल्टिन पानी ले। साबुनले आँखा पोलिसक्यो।
उषा ः यो बूढाबूढी त कहिल्यै तीर्थ यात्रामा पनि नजाँदो रहेछ।
जानु नि, कहिलेकाहीं त। शान्ति त हुन्थ्यो, किच्किच् त सुन्नुपर्ने थिएन।
दृश्य– १०
समय ः बेलुकीपख। स्थान ः हवल्दारको डेरा।
हवल्दारका ज्वाइँ सरोज आएका छन्। उषा, सरोज र सुशीलाबीच कुराकानी भइरहेछ। क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here