तँभन्दा म ठूलो !!

0
219

मुकुन्द आचार्य

यो संसारलाई हेर्ने जो जति जहाँ–जहाँ छन्, ती सबैले आफूखुशी रातो, कालो, सेतो, पहेंलो, हरियो, नीलो रङ्गका चश्मा आआफ्ना आँखामा ढल्काएका हुन्छन्। अनि सोही अनुसार यो संसार उनीहरूलाई बेग्लाबेग्लै देखिन्छ।
यस महान् सत्यको ज्ञान भएपछि एउटा चतुर पशुपालकले आफ्नो भैंसीलाई सुकेको घाँस खुवाउँदा हरियो रङ्गको चश्मा लाइदिन्थ्यो रे १ मान्छे त झुक्किन्छन् भने बिचरो पशुले सुकेको घाँसलाई हरियो ताजा मानेर गमगम खाने नै भयो। यो चश्माको कमाल कौशल हो। यो भ्रमको सृजना हो।
तर यसमा हेक्का राख्नुपर्ने कुरो के छ भने सुकेको घाँसलाई हरियो सम्झेर खाने पशुले साँच्चैको हरियो ताजा खाने पशुले जत्ति दूध दिन पनि सक्दैन, स्वस्थ रहन पनि सक्दैन। मान्छेले यो नक्कली युगमा जतिसुकै आकर्षक कागजको फूल बनाइहाले पनि त्यसमा सक्कली सुगन्ध त दिन सक्दैन नि ! यहाँनेर आएर सत्यमेव जयते हुन्छ।
भ्रमको सृजना गरेर, भ्रमको खेती गरेर सबैले एकाअर्कालाई ठग्ने र स्वयंलाई सक्कली बाठो र स्मार्ट ठान्ने यस युगमा नेता गण र तिनको पुच्छरको झिङ्गा धपाइ हिंड्नेहरूले जुँगा नराखेका भएपनि जुँगाकै लडाइँ लडिरहेका हुन्छन्। यो कोरोना जस्तै नदेखिने भयङ्कर रोग हो।
प्रवचन धेरै भयो, अब उदाहरणतिर लागौं। सबैले स्वयंलाई नै सर्वश्रेष्ठ जन्तु ठान्छन्। कस्तो अचम्म १ पहिले पो सबैले जुँगा पाल्थे र आफ्नो जुँगाको पुच्छर बटारेर बिच्छीको पुच्छरजस्तो तीखो पार्थे। त्यस्तो खतरा बनाउनेले जुँगामा अनेकथरीका वस्तु लाउँथे रे। अनि त जुँगा–जुँगाको लडाइँ हुने नै भयो। जसको ठूलो डरलाग्दो जुँगा हुन्छ, उही ठूलो हुने नै भयो। जुँगे हवल्दार, जुँगे जमदार आदि इत्यादि सबैथरी हुन्थे।
अहिले नेपालमा जे जति राजनीतिको फोहरी खेलको प्रदर्शन भइरहेको छ, त्यसको मूल कारण जुँगाकै लडाइँ होइन र ? तर जुँगाले नै ठूलो होइन्न। जुँगाको खेती गर्ने चलन त बिस्तारै हराउँदै छ तर अहम्को अन्धो लडाइँ चै दिन दिनै गूको मूला झैं फस्टाउँदै छ।
अब त अचाक्ली नै भयो। जुँगा कसैको छैन, तैपनि सबै कुर्सीका लागि मरिहत्ते गरिरहेका छन्। ओलीलाई गालीको गोली ठोक्नेहरूमध्ये कुन चै नेता चोखा छन् ? को छ यहाँ इमानदार र देशसेवक ?
सबै एकै ड्याड्ढा मूला हैनन् र ? कैयौं हजार निर्दोष जनतालाई मार्नेले के पो गर्न सक्दैन ? स्वयम् विदेशीको इशारामा नाङ्गै नाच्ने देश बेचुवा पापीहरूले अर्कोलाई सोही आरोप लगाउँदा कस्तो मजाको रमिता चलिरहेको छ, हाम्रFे सुन्दर, शान्त, सानो नेपालमा। सारा विश्वले यो फोहरी खेल देखेर ताली ठोकी–ठोकी मरीमरी हासिरहेका छन् ! निश्शुल्क मनोरञ्जन १
वायु प्रदूषणमा मात्र हैन, भ्रष्टाचारमा पनि हामी विश्वमैं टप छौं। हामी गर्व गरौं कि हाम्रा नेता कति कुशल छन् भनेर सिङ्गो देश झ–याम्–झ–याम् चपाएर निल्न सक्छन्, त्यो घिचेको लादीलाई पचाउन पनि सक्छन्स अनि हामी इमानदार हौं भनेर मञ्चमा उफ्रन पनि सक्छन्, कुर्लन पनि सक्छन् ! कहाँबाट ल्याउँछन् यस्तो ऊर्जा ?
कस्तो अचम्मको युग आयो १ जसको हातमा मान्छेको रगत आलो नै छस त्यस्तो नकच्चरोले म सबैभन्दा योग्य प्रधानमन्त्री भएर देखाउँछु भन्छ भने कति हाँस्नु कति रुनु ? हाँसेर–रोएर पनि त्यस्तालाई क्यै फरक पर्दैन ?! गरीबलाई मारेर देश बेची अर्काको हातमा पारेर पनि ऊ हाँसिरहन सक्छ !
हैन, हाम्रो नेपाल आमाले इमानदार सन्तान किन जन्माउन नसकेको होला ?! त्यसो त कुर्सी म मरिगए पनि छाड्दिनँ भनेर साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गरेका थिए, ट्रम्प भनाउँदा अमेरिकी राष्ट्रपतिले। तर उनको पनि मच्चियो–मच्चियो, थच्चियो हेर्नुप–यो। यहाँनेर पुनः सत्यमेव जयते भन्ने आइहाल्दो रै‘छ।
हाम्रो अहम्, अहङ्कार, अभिमान, घमण्ड, इगो जे भनौं यसैले पो सारा खेल खेलेको हो कि ?
जहाँ ज्यानमाराहरू शासक हुन्छन्, तिनलाई सघाउने डाँकाहरू हुन्छन्, ठूलठूला कुर्सीमा सुशोभित त्यो देशका नागरिकहरू कसरी मस्तसँग निदाउन सक्छन्, टन्न खान सक्छन्, लाज पचाएर ठाडो शिर लाएर हिंड्न सक्छन् ! यस्ताका लागि सारा सरकारी संयन्त्र फेल ! घमण्ड र लोभको सुनामीलाई कसरी रोक्न सकिएला ? त्यस्तालाई कोरोनाले पनि नछुने, कस्तो अचम्म !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here