वीरगंज–पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा भुसको खरानी ‘छाई’ ठूलो समस्याको रूपमा छ। उद्योगमा काम गर्ने हुन् वा राजमार्गमा हिंड्ने यात्रु, छाईको समस्याबाट पीडित छन्। उद्योग आसपासका क्षेत्रमा कृषि कर्म गर्न समेत छाईको समस्या छ। विभिन्न उद्योगको ब्वाइलरमा धानको भुस जलाइएपछि सो भुसको खरानी व्यवस्थित किसिमले विसर्जन नगर्दा समस्या आएको हो। उद्योगले भुसको खरानी राजमार्ग आसपासमा फ्याँकेका छन्। त्यसैगरी, तिलावे नदीको किनारा र शाखा सडकहरूमा समेत जथाभावी खरानी (छाई) विसर्जन गरेको पाइन्छ। यसरी विसर्जित खरानी हावाले उडाएर औद्योगिक क्षेत्र आसपासका मानवबस्तीसम्म पु¥याउने गरेका छन्। यसरी उडाएका खरानीले मानवको आँखा, श्वासप्रश्वासमा गम्भीर असर पु¥याइरहेको छ। विसर्जित छाईले समस्या निम्त्याइरहेको भन्दै पीडित पक्षबाट पटक–पटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराइँदै आएको छ। पीडितले आवाज उठाउनु र उद्योग पक्षले माग पूरा गराउने कुराभन्दा पनि उद्योगले विसर्जन गरेको छाई जथाभावी विसर्जन गर्नु अपराध हो। अनुगमनकारी निकायले निर्मम बन्न नसकेको कारण समस्या ज्यूँका त्यूँ छ।
छाई उद्योग आपैंmले विसर्जन गर्नु उसको दायित्व हो। उद्योगले चाहने हो भने छाईको व्यवस्थापन गर्न सहज छ। केही जमीन लिएर उद्योगको छाई डम्पिङ गर्ने, डम्पिङ साइटमा आवश्यकता अनुसार पानी र माटोको प्रयोग गरी निश्चित समयसम्म राखेर प्राङ्गारिक मलमा परिणत भएपछि कृषि कार्यका लागि अन्यत्र पठाउन सकिन्छ। यसो गर्दा डम्पिङस्थलको कहिल्यै अभाव हुँदैन। धानको भुस ब्वाइलरमा जलाउँदा बाहिरको भाग जल्ने र पूर्णरूपमा खरानी भइनसक्ने भएकोले यसलाई धूवाँ नआउने ब्रिकेट बनाउन प्रयोग गर्न सकिन्छ। धानको भुस ‘छाई’ र माटोको समिश्रणबाट धूवाँ नआउने ब्रिकेट तयार गर्न सकिन्छ। उद्योगको छाई प्रयोगमा आउने भएकोले उद्योग आपैंm वा अरूमार्पmत छाईलाई ब्रिकेट बनाउन प्रयोग गर्ने हो भने यसरी उत्पादित ब्र्रिकेटको मूल्य निकै सस्तो पर्न सक्छ। छाई प्रयोग गर्न सकिने अन्य क्षेत्रहरू पनि छन्। जस्तै कृषि चुनको रूपमा धानको छाई प्रयोग गर्न सकिन्छ। अम्लीयपन भएको माटोलाई सामान्य अवस्थामा ल्याउन यसले काम गर्छ। कृषि उपजहरू खासगरी सागपात र कलिला बिरूवाहरूमा लाहीलगायतका कीराको समस्या छाई प्रयोग गरेर समाधान गर्न सकिन्छ। भुसको खरानी र चुनको प्रयोगबाट एक किसिमको सिमेन्ट बनाउन सकिन्छ। नेपाली इन्जिनीयर राजदास श्रेष्ठले यसबारेमा खोज गरेका भए तापनि भुस खरानीको अभावको कारण उत्पादनमा आउन सकेन।
व्यवस्थापन गर्ने जाँगर हुने हो भने बाटोहरू धेरै छन्। कुनै उपाय रहेन भने पनि औद्योगिक क्षेत्रको नजीकमा प्रशस्तै वनजङ्गलहरू छन्। सम्बन्धित पक्षसँग सहमति बनाएर त्यहाँसम्म पुग्ने सडक पूर्वाधार विकास गर्ने र जङ्गल क्षेत्रमा छाई विसर्जन गर्ने हो भने ठूला बोटबिरूवालाई फाइदा नै हुन्छ। बोटबिरूवाको कारण छाई हावाको सम्पर्कमा आउन नसक्दा आसपासका बासिन्दालाई समस्या हुँदैन। सिंचाइ र माटो वा झारपातको सम्पर्कमा आएमा निश्चित समयपछि छाई प्राङ्गारिक मलमा परिणत हुने भएकोले स्थान परिवर्तन गर्दै छाई विसर्जन गर्दा कुनै समस्या हुँदैन। प्रशस्त विकल्प हुँदाहुँदै पनि समस्यालाई ऐजेरू बनाएर राख्नु हेपाहा प्रवृत्ति हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here