अंशको मृत्युबारे छानबीन माग गर्दै प्रदर्शन

नरेश यादव, पर्सागढी, ७ फागुन/
जीतपुरसिमरा उपमहानगरपालिका–७ मामाघरमा बसेको अंश चौधरीको डुबेर मृत्यु भएको शङ्कास्पद घटनामा प्रहरीले चासो लिएर अनुसन्धान नगरेको भन्दै बुधवार जीतपुरवासीले प्रदर्शन गरेका छन् ।

वडाध्यक्ष सुनील गुप्ताले अंश चौधरी घटनाको प्रहरीले जिम्मेवारपूर्ण अनुसन्धान नगरे भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने बताए । उनले
आज घटनाको विरोधमा साङ्केतिक प्रदर्शन र दुई घण्टा बजार बन्द गरियो भोलिदेखि चरणबद्ध आन्दोलन हुने बताए ।

जीतपुरसिमरा उमनपा–७ स्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अंश चौधरी माघ १७ गते मामाघरको आँगनमा खेलिरहेका बेला हराएका थिए । उनी हराएको १० दिनपछि टेढारोड चोकदेखि टेढा स्कूल जाने जनता सडकको उत्तरपट्टि रहेको कियासोत खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।

परिवारले मृत अवस्थामा भेटिएका अंशले लगाएको ज्याकेट, चप्पल, डाइपर बरामद नभएकोले अंशको हत्या भएको दाबी गरेका थिए । परिवारको दाबीमा प्रहरीले चासो नदेखाएको कारण आफूहरूले आन्दोलनको बाटो रोजेको वडाध्यक्ष गुप्ताले बताए । बालकको डुबेर मृत्यु भएको भए उसले लगाएको ज्याकेट, चप्पल, डाइपर पनि बरामद हुनुपर्ने हो तर नभेटिएकाले घटना शङ्कास्पद देखिएको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्