प्रस, वीरगंज, ७ फागुन/
जीतपुरसिमरा उपमहानगर–१ सिमरामा बुधवार आयोजित रक्तदान कार्यक्रममा ७५ जना महिलासहित १५९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष गुप्ताले बताए ।
सिमरामा अन्तर्राष्ट्रिय लभ यु फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा पवित्रा लामा, सङ्गीता बस्याँल, मनमाया तामाङ, विष्णु परियार, जगत लामा, कृष्णमाया कुमारी, लक्ष्मी श्रेष्ठ थापा, पुलमई तामाङ, तारा मगर, नेत्रमणि धामी, कृपा मगर, सानु लामा, कविता लामिछाने, सुषमा राई, विजय बल, विकास मगर, समीर विकलगायतले रक्तदान गरेको प्राविधिक गुप्ताले बताए ।