लम्साललाई न्याय माग गर्दै आज पनि प्रदर्शन

प्रस, वीरगंज, ७ फागुन/
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टेल कोठामा आत्महत्या गरी मृत फेला परेकी प्रकृति लम्साललाई न्यायको माग गर्दै बुधवार पनि वीरगंजमा विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले लम्साललाई न्यायको माग गर्दै वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयअगाडि प्रदर्शन गरेका थिए । घण्टाघरबाट प्रदर्शन गर्दै उनीहरू महावाणिज्य दूतावासतर्फ आउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो र यस क्रममा केहीबेर घम्साघम्सी परेको थियो ।

भारतको उडिसा राज्यको भुवनेश्वस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा गत आइतवार नेपाली विद्यार्थी लम्साल मृत भेटिएकी थिइन् । लम्साललाई न्यायको माग गर्दै आज ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसङ्घले पनि प्रदर्शन गरेको छ । विश्वविद्यालयले सोमवार फिर्ता गरेको नेपाली विद्यार्थीहरू हिजो बेलुकादेखि रक्सौल रेलवे स्टेशन हुँदै वीरगंज आउने क्रम जारी छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्