निश्शुल्क आँखा शिविर, ४५ जनामा मोतीबिन्दु

प्रस, बिरुवागुठी, ७ फागुन/
पर्सागढी नगरपालिका–७ टिकुलियामा बुधवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सहज सेवा सीप विकास केन्द्र पटेर्वासुगौलीको आयोजना, पर्सागढी नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा वडा कार्यालयको समन्वयमा आयोजित शिविरमा १५५ जनाको आँखा चेकजाँच भएकामा ४५ जनामा मोतीबिन्दु फेला परेको थियो ।

शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका महेशसिंह धामी, प्रभात प्रसाद, राजेश प्रसाद, ओम कुमारले प्राविधिक सहयोग गरेका थिए । शिविरमा मोतीबिन्दु भएका बिरामीहरूको सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने जानकारी गराइएको थियो ।

कार्यक्रममा ८० जना ज्येष्ठ नागरिकलाई निश्शुल्क चश्मा वितरण गरिएको वीरगंज सामुदायिक आँखा अस्पतालका स्वास्थ्य
संयोजक महेशसिंह धामीले बताए ।

उनले केही बिरामीलाई निश्शुल्क औषधि पनि वितरण गरिएको बताए । वडाध्यक्ष शङ्कर रायभरको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य रीमा चौधरी, मैनुद्दीन अन्सारी, चन्दा पटेललगायतको सहभागिता थियो ।

कार्यक्रम सहज सेवा सीप विकास केन्द्रकी कार्यकारी निर्देशक सुस्मिताकुमारी चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्