कलैयामा पनि खुल्यो कपडा बैंक

प्रस, वीरगंज, २ फागुन/
कलैया उपमहानगरपालिकामा पनि शुक्रवारदेखि कपडा बैंक सञ्चालनमा आएको छ ।

ग्रामीण उत्थान अभियान कलैयाले आजदेखि कपडा बैंक स्थापना गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कपडा बैंकबाट गरीब, असहाय, विपन्न, दलित, पिछडिएका वर्गका व्यक्तिले लाभ लिन सक्ने बताए ।

उनले यो कार्यलाई निरन्तरता प्रदान गर्नका लागि कार्यविधि बनाएर अघि बढ्न सुझाए । संस्थाका संस्थापक मोकद्दम अन्सारीले कपडा खरीद गर्न नसक्ने गरीब, असहाय, विपन्न परिवारलाई टेवा पुगोस् भन्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताए । कपडा बैंककी संस्थापक अध्यक्ष माधुरी गिरीले गरीब, असहायहरूले कपडा बैंकबाट ठूलो राहत पाउने दाबी गरिन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्