प्रस, वीरगंज, २१ माघ/
वसन्तपञ्चमी (सरस्वतीपूजा) वीरगंज महानगर र पर्सा जिल्लाका १४ वटै पालिकामा धूमधामका साथ मनाइएको छ ।
सोमवार बिहानदेखि पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा सरस्वतीपूजा गरिएको थियो । सरस्वती माताको मूर्ति भएका विद्यालयहरूमा मूर्तिको पूजा गरेर तथा मूर्ति नभएका विद्यालयहरूमा तस्वीर तथा माटोले बनाइएको सरस्वतीमाताको प्रतिमाको पूजाआजा गरी सांस्कृतिक कार्यक्रम गरेर मनाइयो ।
यसैगरी, विद्यालय र टोलटोलमा राखिएका सरस्वतीमाताको प्रतिमाको पूजा गरेका थिए । सरस्वतीपूजाका लागि सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूमा आन्तरिकरूपमा खर्चको व्यवस्थापन गरिएको थियो भने वडा र पालिकाहरूका साथै जनप्रतिनिधिहरूले पनि आआफ्नोतर्फबाट पनि सहयोग गरेका थिए ।
महानगरका नया“ वडाहरू र पालिकाका विभिन्न स्थानमा सरस्वतीपूजाका लागि सवारी साधनहरूबाट चन्दा सड्ढलन गरिएको थियो । सरस्वतीपूजामा पहिलेको तुलनामा अहिले केही सुधार देखिएको पाइएको छ । महानगरमा ग्रामीण क्षेत्रहरूभन्दा निकै सुधार देखिएको छ । पहिले सरस्वतीपूजा महानगरका विभिन्न वडाहरूमा सडक, फूटपाथ छेकेर मूर्ति राखी पूजाआजा गर्ने, सांस्कृतिक कार्यक्रमहरू गरिने परम्परा थियो भने यसपटक त्यस्तो भएको देखिएन । सडक, फूटपाथमा सरस्वतीमाताको मूर्ति राखेर पूजा गर्न निषेध गरिएको वडाध्यक्ष प्रदीप चौरसियाले बताए । उनले अघिल्ला वर्षहरूभन्दा अहिले केही सुधार देखिएको र सङ्ख्यात्मक सुधार पनि भएको बताए ।
यसपटक वडा नं ५ का चार स्थानमा सरस्वतीपूजा विद्यालयबाहेक गरिएको र त्यो पनि सडक, फुटपाथमा गर्न नदिएको उनले बताए । घर, कोठामा सीमित गरिएकोले ध्वनि प्रदूषण पनि नभएको उनी बताउ“छन् । यसैगरी, अर्का वडाध्यक्ष बैजु स्वर्णकार र जगतसाह कानूले पनि आआफ्ना वडाहरू क्रमशः ३ र ४ मा अघिल्ला वर्षहरूको तुलनामा थोरै सङ्ख्यामा सरस्वतीपूजा भएको बताए ।
विद्यालयहरूमा अनिवार्यरूपमा सरस्वतीपूजा गरिएको तर वडाहरूमा पा“चभन्दा कमै सङ्ख्यामा त्यो पनि विशुद्ध विद्यार्थीहरूको आयोजनामा पूजा गरिएको उनीहरूले बताए । शिक्षित विद्यार्थीहरूको सङ्ख्यात्मक वृद्धिस“गै अघिल्ला वर्षहरूमा सरस्वतीपूजाको नाममा गैरविद्यार्थीहरू हाबी भएर गरिने विकृतिपूर्ण पूजामा कमी हु“दै गएको वडाध्यक्ष स्वर्णकार बताउ“छन् । सरस्वतीपूजाको नाममा गैरविद्यार्थीहरूबाट चन्दा सड्ढलन गरिने, ठाउ“, कुठाउ“ सरस्वतीमाताको मूर्ति राख्ने, पूजाको नाममा अश्लील गीतहरू बजाउने, धार्मिक आस्थाका गीतहरूलाई प्राथमिकता नदिने र चन्दाको गलत प्रयोग गर्ने प्रवृत्ति रहेकामा यो विकृतिपूर्ण कार्यहरूमा कमी देखिएको उनी बताउ“छन् ।
तर महानगरकै नया“ वडाहरूमा भने सरस्वतीपूजाको नाममा हुने विकृति कायमै रहेको वडा नं २६ का अध्यक्ष शम्भु मिश्र बताउ“छन् । उनको वडामा विद्यालयबाहेक १० भन्दा बढी स्थानमा सरस्वतीपूजा भएको बताए । सडकमा सवारीसाधनहरूस“ग र वडाका विभिन्न मानिसहरूस“ग चन्दा सड्ढलन गरेर सरस्वतीपूजा गरिएको थियो ।
यसैगरी, पर्सा जिल्लाका १३ वटा पालिकामा विद्यालयबाहेक पनि सरस्वतीपूजा गरिएका छन् । एक साता अघिदेखि सडकहरूमा डोरी तानेर सवारीसाधनहरूबाट सरस्वतीपूजाको लागि चन्दा सड्ढलन गरिएको थियो । यसरी चन्दा सड्ढलन गर्ने समूहले धूमधामका साथ डिजे, स्पीकरहरू राखेर आधुनिक गीतहरू बजाएर पूजा गरेका छन् ।
सरस्वतीपूजाको नाममा सड्ढलित रकम पूजामा खर्च गर्ने र बचत रकमबाट पिकनिक तथा सामाजिक कार्यहरूमा खर्च हुने गरेको एकजना विद्यार्थीले बताए । सबैजनाले नराम्रो उद्देश्य नराखेको उनको भनाइ छ । सरस्वतीपूजा असल नियतबाट पनि हुने गरेको र यसबाट सड्ढलित चन्दाको सदुपयोग पनि भइरहेको उनले बताए ।
सरस्वतीपूजा, नेपाली भ्यालेन्टाइन
सरस्वतीपूजालाई पछिल्लो पीढीले नेपाली भ्यालेन्टाइनको उपनाम दिएका छन् । फेब्रुअरी १४ का दिन अन्तर्राष्ट्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउने गरिए पनि वसन्तपञ्चमी (सरस्वतीपूजा) का दिनलाई अहिलेका युवापीढीले नेपाली भ्यालेन्टाइन नामकरण गरेको हो । युवाहरू सरस्वतीपूजा आयोजना हुने स्थलमा जाने र सांस्कृतिक कार्यक्रमस“गै प्रेम प्रस्ताव पनि राख्ने गरेका छन् ।
सरस्वतीपूजाको दिन अभिभावकहरूबाट घुमफिरमा रोकटोक नहुने गरेकाले पनि यस दिन युवाहरूले प्रेमी–प्रेमिका बनाउने अवसरको रूपमा उपभोग गर्ने गरेको एकजना युवाले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रेम दिवसमा अभिभावकहरूले युवाहरूलाई घरबाहिर जान रोक लगाउन थालेको तर वसन्तपञ्चमीमा भने त्यस्तो कुनै रोकटोक नहुने ती युवाले बताए ।
अन्तर्राष्ट्रिय प्रेम दिवसका बारेमा अभिभावकहरू सचेत भएका तर नेपाली भ्यालेन्टाइन अर्थात् वसन्तपञ्चमीका बारेमा धार्मिक आस्थाका कारण पनि रोकटोक गर्न नसकेकाले युवाहरूले यस दिनलाई फेब्रुअरी १४ को विकल्प उपयोग गर्ने गरेको ती युवा बताउ“छन् ।