तीनवटा घरेलु मदिराभट्टी नष्ट

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ माघ/
पञ्चवर्षीय गढीमाई मेला सम्पन्न भएको महागढीमाई नगरपालिकाका दुईवटा वडाका तीनवटा स्थलमा सञ्चालित घरेलु मदिराभट्टीलाई बारा प्रहरी नष्ट गरेको छ ।

जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले महागढीमाई नपा–३ र १० का तीन स्थानमा प्रहरी चौकी गंजभवानीपुरको टोलीले सोमवार बिहान साढै नौ बजेदेखि छापा मारी अवैध मदिराभट्टी नष्ट गरेको बताए । उनले तीनवटा भट्टीबाट दुई सय तयारी र १८ सय लिटर कच्चा मदिरा नष्ट गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस