रौतहट, १५ माघ/रासस
जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महीनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाको जङ्गलनजीकैको गाउँँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छ भने लाखौं मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएका छन् ।
हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनुपरेको छ भने एकजना घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाड्ढो हात्तीको आक्रमणबाट ज्यान गएको थियो । तामाड्ढो घर हात्तीले पूर्णरूपमा क्षति पु¥याएको थियो । जङ्गली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उनका पति भने भागेर ज्यान बचाउन सफल भएका थिए ।
हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । “बस्न नहुनेगरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौं,” स्थानीय खिकप्रसाद पन्तले भने । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पूर्णरूपमा क्षति भएको थियो । राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ ।
यस्तै चन्द्रपुर–३ गैंडाटारमा हात्तीले एकैरात सातवटा घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिका–११ का भैसही र बुटवा बस्तीमा चारवटा घर भत्काएको स्थानीय अजय तिमल्सिनाले जानकारी दिए । हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि मात्र जाने गरेको थियो तर यसपालि गाउँँमैं बस्नाले यहाँका मानिसहरू असुरक्षित महसूस गरिरहेका छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमैं पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए ।
जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पु¥याएको छ । रौतहटको चन्द्रपुर–३ गैंडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पु¥याएको छ । हात्तीले पटकपटक गरेर करीब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैंडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करीब सात सय केराको बोट हात्तीले नष्ट गरेको उनको गुनासो छ । केराखेतीको बीमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।
वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंश मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिएका छन् । केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्राम गर्न बाध्य भएको पटेल बताउँछन् । हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरीद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए ।
सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्पmबाट भरपर्दो सहयोग पु¥याउने उनीहरूले आश्वासन दिएका छन् । बर्सेनि हात्तीको समूह रौतहटको गैंडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेका छन् । गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जानसमेत छाडेका छन् ।
यसैबीच, रौतहटको दक्षिणी भेगतर्पm नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पु¥याएका छन् । केही वर्षदेखि जिल्लाका कटहरिया, देवाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएका मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा नीलगाईले क्षति पु¥याउँदै आएको छ । लालबकैया नदीका दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो सङ्ख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेतनजीक र नदीछेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिंदा आफूहरूको बाली जोखिममा परेको किसानहरूको गुनासो छ ।