• सुशील मुडभरी

डा बाबा भीमराव अम्बेडकरले जीवनको सुरूआती अवस्थामा सा–है नारकीय, कष्टकर र सङ्घर्षपूर्ण जीवन बिताउनुपरेको थियो भने जीवनको पछिल्लो अवस्थामा अति सम्मानित व्यक्तित्व हुन सक्नुभएको थियो। जन्मदा अम्बेडकर … उहाँ शुद्र अछूत ‘मछार’ जातिको भीमराव सकपाल दलित मात्र हुनुहुन्थ्यो तर पछि उहाँ डा बाबा भीमराव अम्बेडकर बन्नुभयो। शुद्र दलित भनिने गरेका गरीब कुलमा पनि विलक्षण प्रतिभा भएकाहरू जन्मन्छन् तर तिनलाई उचित व्यवस्थापन गरिदिने मानिस नहुँदा सामाजिक बन्धनको फोहरी खेलमैं हराउँछन्। एउटा भनाइ छ विश्वमा मानिसहरू जन्मिरहन्छन्, मरिरहन्छन् यो प्रकृतिको नियम हो। तर त्यसमध्ये महामानव बन्ने सौभाग्य थोरैले मात्र प्राप्त गरेका हुन्छन्। प्राथमिक पढाइ विद्यालयमा पढ्न थाल्नुभएका भीमराव सकसपूर्ण पढाइ गर्दै हुनुहुन्थ्यो। त्यस  स्कूलमा पढाउने शिक्षकमध्ये एउटा शिक्षक कृष्ण केशर अम्बेडकरको नजरमा भीमराव पर्न जानुभयो। यिनमा विलक्षण प्रतिभा देखेर ती शिक्षक कृष्ण केशरले भीमरावलाई पढ्न विशेष संरक्ष्Fण गरिदिनुभयो र आफूले धारण गरेको उपनाम अम्बेडकर यिनको नाममा पनि जोडिदिनुभयो। हाईस्कूलको पढाइ जन्मेको गाउँ इन्दौरमैं सकेर उच्च शिक्षा पढ्न बम्बई जाने व्यवस्थासम्म उनकै सहयोगले सम्भव भयो। 

बहिष्कृत र उपेक्ष्Fित जीवन बिताएरै भएपनि सन् १९१२ मा बम्बईमा उहाँले राम्रो श्रेणीमा बिएससी पास गर्नुभयो। कोेलम्बो विश्वविद्यालयमा अर्थशास्त्र पढ्न जान चुनिए पनि आर्थिक अभावले समस्या आइलाग्यो। यो समस्या कसरी हल गर्ने भनी उहाँको बुबा रामजी सकपाल र आमा भीमाबाई सा–है चिन्तामा परे। आमा भीमाबाई कालीभक्त थिइन्, सा–है मीठो भजन गाउथिइन्, मानिसहरू झुम्थे, तैपनि मन्दिर पस्न मनाही थियो, पुजारीले गाउँलेको आँखा  छलेर दर्शन गराइदिन्थे। यी भीमाबाईको भजनबाट प्रभावित भएर एकजना रजौटा यिनलाई बहिनीसरह माया गर्थे। र ती रजौटाले अम्बेडकरलाई युरोप जान मदत गरे। त्यहाँ उनले सोशल साइन्स, अर्थशास्त्रसमेत गरी लगातार छ विषयमा पिएचडी गरे। बैरिस्टरसमेत पास गरी सन् १९२३ मा उनी भारत आए। त्यस बेलासम्म भारतमा यतिधेरै विषयमा विद्यावारिधि गर्ने अर्को व्यक्ति नभएकोले उहाँले यहाँ उच्च सम्मान पाउनुभयो। 

डा अम्बेडकर आफ्नो संस्मरणमा लेख्नुहुन्छ– त्यसताकाका चर्चित नेताहरू गाँधी, नेहरू, डा राजेन्द्रप्रसाद र अन्य क्रान्तिकारी नेताहरूको सम्पर्कमा आएपछि म पनि भारतीय स्वतन्त्रता सङ्ग्राममा होमिन मौका पाएँ। मेरो काँधमा भारतीय स्वतन्त्रताको लडाइँको साथै दलित पीडितहरूको मुक्तिको जिम्मेवारी पनि थियो। म काङ्ग्रेसभित्रैबाटै बेलायती सरकारको विरोधको साथसाथै दलित मुक्तिको कार्यक्रम पनि तीव्र गतिमा लान चाहन्थे। दलित मुक्तिको लागि गाँधीजीले स्वतन्त्ररूपले प्रार्थनासभाहरू गर्नुहुन्थ्यो र काङ्ग्रेसभित्र पनि बराबर दलित मुक्तिको लागि वाचा बन्धन गरिन्थे। तर हजारौं हजार वर्षदेखि रजाइँ गर्दै आएकाहरू टसमस हुने देखिनँ। यसैले १९२७ मा दलित मुक्ति मोर्चाको नामबाट अलग्गै आन्दोलनको घोषणा गरेर मनुस्मृति जलाएर सुरुआत गरे। तब समाजमा निकै ठूलो हलचल मचियो। गाँधी स्वयंले म दलित जातिको मुक्तिको मार्गमा छु, यसैले भौतिक आन्दोलन रोक्न अनुरोध गर्दै अनशनसमेत बस्नुभयो। नेहरूजीले काङ्ग्रेसभित्रैबाट व्यापक सुधार गरौं, यसैबाट आन्दोलन गरौं, अलग्गै गरिएको कार्य रोकौं भन्नुभयो। मैले गरेको आन्दोलनबाट बेलायती सरकारले फाइदा लिन नपाओस् भनी मैले केही दिनको लागि आन्दोलन रोकें। तर मुक्ति कार्य सुस्त गतिमा देखेर पछि मैले पटकपटक आन्दोलन दोहो–याइरहनुप–यो। स्वतन्त्रता प्राप्तिपछि भारतको संविधान निर्माण गर्ने दलको मुख्य पद मलाई दिइयो। दलका सबै मिलेर संसारभरिकै प्रजातान्त्रिक संविधान अध्ययन गरेर भारतलाई उच्चकोटिको संविधान दियौं। जुन संविधान संसारभरिकै मुलुकमा र राष्ट्रसङ्घसमेतमा प्रशंसित भयो। संविधान निर्माणपछि मलाई नेहरूजीले मन्त्रिमण्डलमा कानूनमन्त्रीको जिम्मेवारी दिनुभयो। नेताहरू स्वच्छ थिए, बुद्धिजीवीहरू जकडिएको भेदभाव निर्मूल गर्न चाहन्थे तर कट्टरवादीहरू समाजलाई धमिलो नै राख्न चाहन्थे। यसबाट उनीहरू लाभान्वित थिए। धेरै वर्षसम्म पनि आशाको किरण आउने छाट नदेखेपछि संसारको उत्कृष्ट धर्म बुद्ध धर्ममा धर्मान्तरण गर्ने अठोट गरे। 

अम्बेडकरले धर्मान्तरण गर्न लागेको थाहा पाएर विभिन्न धर्मगुरुहरू अर्थात् हिन्दूका पण्डितहरू, मुसलमान मौलवीहरू, आर्य समाजी, कबीर पन्थी आदि उनलाई भेट आउन थाले। हिन्दू पक्षधर अन्यत्र नजाओस् भन्ने थियो भने मौलवीहरू इस्लाममा प्रवेश गराउने पक्षमा थिए। 

एक दिन एकजना पण्डित पुरानो मनुस्मृति हातमा लिएर अम्बेडकरलाई भेट्न आएका थिए। उनी भन्न थाले– तपाईंहरूले मुक्ति आन्दोलनमा जलाउनुभएको मनुस्मृति नक्कली थियो। मुगल बादशाहहरूले भारतमा शासन गर्दाको अवस्थामा तयार गरिएको हो। पुरानो वास्तविक मनुस्मृति छ अध्यायको मात्र छ र त्यहाँ शुद्रलाई पढ्न नदिनु आदि लेखिएका कुराहरू छँदैछैन। वेद र उपनिषद् जस्तो प्रकृति र ब्रह्माण्डको वर्णन भएको ज्ञानको भण्डार अन्त छैन भन्न थाले। अम्बेडकरले जवाफ दिंदै भने, मनुस्मृति मात्र होइन वेदहरू जस्तो प्रकृति पूजक अथाह ज्ञानको ग्रन्थलाई पछिका पण्डितहरूले थपघट गरेर विकृत बनाइदिएका छन्। अब यी कुराहरू मेरो समस्या नभएर तपाईंहरूको समस्या भएको छ। त्यस्तो अमूल्य ग्रन्थहरूलाई सच्याएर पेवा बनाउने काम कसले गरेको हो दण्डित गर्नुहोस् भन्दै भेट्न आउनुभएकोमा शुभकामना भनी बिदा गरिदिनुभयो। 

यसपछि मौलवी मुस्लिमहरूलाई समय दिएर भन्न थाल्नुभयो– हिन्दूहरूभन्दा फरक भएपनि तपाईंहरूतिर झन् बढी समस्या छ। त्यो के भने हामी जन्म दिने आमालाई माँ भनी उच्च सम्मान दिन्छौं, तर तपाईंहरूले नारी जातिलाई उच्च स्थानमा राख्नुको सट्टा बन्द पर्दाभित्र राख्नमा गौरव ठान्नुभयो। आफू जन्मे हुर्केको मुलुकभन्दा मन मिल्ने विदेशीलाई उच्च सम्मान दिनुहुन्न। म त्यहाँ आएर सुधार गर्न सक्छु भन्ने आशा नभएकोले बिदाइ भनी पठाइदिनुभयो। 

अर्को दिन भेट्न आएका आर्य समाजीलाई भन्नुभयो– तपाईंहरूले केही हदसम्म अन्धविश्वासी, समाजविरोधी कट्टरता हटाउन सफल हुनुभएको छ। तर तपाईंहरू मुक्ति आन्दोलनलाई होम, यज्ञ, मन्त्र, उच्चारण र आत्मा परमात्मामा लगेर जोडिदिनुहुन्छ, यसैले फेरि पुरानपन्थी बाटो समाएझैं लागेकाले तपाईंलाई पनि ससम्मान बिदाइ गर्न चाहन्छु भनी बिदा दिनुभयो।

उहाँका थुप्रै दाजुभाइमध्ये एउटा कबीर पन्थीमा लाग्नुभएका दाजुलाई भन्नुभयो– कबीरजी चौधौं–पन्ध्रौं शताब्दीका सा–है राम्रा समाज सुधारक हुनुहुन्थ्यो। त्यस बेलाका कट्टरवादी हिन्दू र मुसलमान दुवैका कट्टर आलोचक हुनुहुन्थ्यो। प्रशंसनीय हुनुहुन्थ्यो तर उहाँकै नामबाट पन्थ बनाएर अन्धविश्वास जन्माएको जस्तो लाग्छ। यस्तैयस्तै कुरा भएपछि ती दाजु आफ्नो बाटो त्यागेर अम्बेडकरको पछि लाग्नुभयो। 

विश्व ब्रह्माण्डभरिका धर्मान्धहरूले थापेको पासोमा मानवहरू कहिलेसम्म छटपटिरहने हुन् अनिश्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here