प्रस, परवानीपुर, २० पुस
वीरगंजको ज्ञानदा एकेडेमीमा स्थापित नेशनल स्पोट्र्स एकेडेमी र काठमाडौंको एलिट मुभर्स एजुकेशन कन्सल्टेन्सीबीच खेल र खेलाडीको विकास तथा प्रबन्धका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रमा दुवै पक्षका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । नेपालको राष्ट्रिय क्रिकेट टीमका ओपनर एवं विकेटकीपर आशिफ शेख र अलराउन्डर आरिफ शेख ब्रान्ड एम्बेस्डर रहेको नेशनल स्पोट्र्स एकेडेमीसँग सम्झौता गर्न पाउँदा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक उद्धव बानले खुशी व्यक्त गर्दै भने, “खेलाडी राष्ट्रका गहना हुन् । उनीहरूको विकास र प्रोत्साहनका लागि सहकार्य गर्न पाउँदा हामीलाई गर्व महसूस भएको छ । यस सहकार्यले वीरगंज र समग्र देशकै खेल क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएका छौं ।”

उक्त अवसरमा कन्सल्टेन्सीले एकेडेमीलाई आवश्यकता अनुसार खेल सामग्री, प्रशिक्षण उपकरण र अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एकेडेमीका प्रशिक्षक जहुर अन्सारीले कन्सल्टेन्सीप्रति आभार प्रकट गर्दै भने, “खेल क्षेत्रलाई यति ठूलो सहयोग प्रदान गर्नु सराहनीय काम हो, हामीले यस साझेदारीबाट खेलाडीहरूको भविष्य उज्ज्वल हुने विश्वास लिएका छौं ।”

राष्ट्रिय क्रिकेट खेलाडी एवं एकेडेमीका ब्रान्ड एम्बेस्डर आरिफ शेखले भने, “हाम्रो खेलजीवनमा देखिएका अभाव र कठिनाइ अब यस साझेदारीबाट धेरै हदसम्म समाधान हुनेछन् । एकेडेमीमा अभ्यास गरिरहेका खेलाडीहरूले अब ढुक्क भएर आआफ्नो करियर निर्माण गर्न सक्नेछन् ।” विकेटकीपर आशिफ शेखले पनि सम्झौताप्रति खुशी व्यक्त गर्दै भने, “यो साझेदारीले वीरगंजको खेल क्षेत्रमा महŒवपूर्ण योगदान दिनेछ । हामीले यहाँका खेलाडीहरूको प्रतिभा उजागर गर्नका लागि समर्पित भएर काम गर्नेछौं ।”

एलिट मुभर्स कन्सल्टेन्सीले आगामी दिनमा खेल क्षेत्रलाई थप सहयोग पु¥याउन विभिन्न प्रशिक्षण कार्यक्रम, खेल शिविर, र अन्तर्राष्ट्रिय अवसरहरूको खोजीमा सहकार्य गर्ने योजना अघि सारेको छ । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक उद्धव बानका अनुसार यस सहकार्यले खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको अनुभव दिलाउने प्रयास हुनेछ ।

वीरगंजलाई नेपालमा खेल क्षेत्रको प्रबन्धका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । सम्झौताले स्थानीय खेलाडीहरूको आत्मबल वृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकूदको पहिचान बलियो बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here