बैंकक, १९ पुस/एएफपी
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रवार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करीब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन् ।

थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

पेटोङ्टार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचारविरोधी आयोग (एनएसिसी)को अनुरोधमा घोषणा गरेकी हुन् । उनले आफूसँग कुल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन् ।

उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ । उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरिन् ।
स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसिसीको दस्तावेज अनुसार उनले करीब पाँच अर्ब भाटका अन्य दायित्व पनि घोषणा गरेकी छन् । योसहित उनको कुल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर रहेको थियो ।

फेउ थाई पार्टीका एक प्रतिनिधिले थाई सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेका छन् ।

फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फूटबल क्लबको मालिकसमेत रहेका पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोब्र्सको सूचीमा उनी थाइल्यान्डको १०औं धनी व्यक्ति बनेका छन् ।

थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए । उनको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाई राजनीतिमा प्रभावशाली रहेको थियो ।

विश्लेषकहरूका अनुसार थाइल्यान्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिंदै आएको छ ।

सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, “पूर्णरूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महŒवपूर्ण भूमिका हुन्छ ।”

“पारदर्शिताको कमीको दाबीका साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ ।

थाइल्यान्डको संवैधानिक अदालतले गत अगस्तमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here