धर्मेन्द्र चौरसिया, पोखरिया, १८ पुस/
कालिकामाई गाउँपालिका–१ मुडलीका किसानहरू पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

आधा दशक अगाडिसम्म यहाँका किसानहरू दुई चार कठ्ठा जग्गामा हरिया तरकारी खेती गर्ने र नजीकको हाटबजारमा बिक्री गर्दै आएका थिए । अहिले तीन वर्षदेखि यो ठाउँका किसानहरू एकीकृत भएर तरकारी खेतीमा संलग्नता बढाएका छन् ।

करीब १२ भन्दा बढी किसानहरूले ६० बिघा जग्गामा अहिले काउली, भन्टाको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेको काउली र भन्टा खेतमैं ठेकेदारले आएर खरीद गर्ने र काठमाडौं लगेर बिक्री गर्ने गर्छन् । खेतबाटै तरकारी बिक्री भएपछि किसानहरूलाई एकमुस्ठ रकम पाउनुका साथै बजार घुमेर समय व्यतीत गर्नुपर्ने अवसथाबाट मुक्ति मिलेको छ । त्यसैले तीन वर्ष पहिले ३० बिघा खेती हुने गरेको थियो भने अहिले दोब्बरी ६० बिघामा व्यावसायिकरूपमा तरकारी खेती भइरहेको छ । स्थानीय बसरूद्दीन मियाँले यो वर्षदेखि व्यावसायिक खेती गरेका किसानहरूले नै ठेकेदारी काम पनि शुरू गरेको बताए । उनले आपूmले दुई बिघा जग्गामा तरकारी खेती गरेको र अन्य किसानहरूको काउली खरीद गरेर काठमाडौं पठाउने गरेको बताए । उनले खेतमैं खरीद गर्दा अहिले प्रतिकिलो रु ८ परेको र ढुवानीसमेत गरेर काठमाडौंसम्म पु¥याउँदा रु १६ पर्ने र रु २० मा बिक्री गर्ने गरेको बताए ।

मियाँजस्तै सोही ठाउँका शम्भु कुशवाहाले पनि आपूmले लगाएको काउली र अन्य किसानको काउली खरीद गरेर काठमाडौं पु¥याउने व्यापार शुरू गरेका छन् । यसका लागि दुवैजनाले मिनीट्रकबाट काउली काठमाडौं पु¥याउँदै आएका छन् । दैनिक ७५–१०० क्विन्टल काउली कालिकामाईबाट काठमाडौं पठाउने गरिन्छ । ६० बिघा खेतमा रहेका काउली डेढ महीनासम्म काठमाडौं पठाउन सकिने मियाँले बताए । काउली र भन्टाको सिजनमा भन्टा मात्र कालिकामाईमा व्यावसायिकरूपमा खेती गरिन्छ । तरकारीको मूल्य खेतमा पाउन लागेपछि अन्य किसान पनि व्यावसायिक तरकारी खेतीतर्पm आकर्षित भएका उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here