प्रस, परवानीपुर, १६ पुस/
मध्यतराईको पर्सा, बारा, रौतहटमा आगामी तीन–चार दिन चीसो अत्यधिक बढ्ने बताइएको छ । बुधवारको वीरगंजको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २२.५ रहेको छ । जबकि मङ्गलवार न्यूनतम तापक्रम ९.५ र अधिकतम १८.५ डिग्री सेल्सियस रहेको थियो । दुई तीन दिनदेखि लगातार अचानक तापक्रम कम भएको र अबको तीन चार दिन यस्तै मौसम रहने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंज अन्तर्गत रहेको स्वचालित मौसम केन्द्रको तापक्रम मापन युनिटले जनाएको छ ।

मौसम प्राविधिक कामेश्वर राउत कम्करका अनुसार यदि पानी प¥यो भने घाम लाग्ने तथा पानी नपरे तीन चार दिन यस्तै शीतलहर रहने उनले जानकारी गराए । मोबाइलमा तापक्रम वास्तविक तापक्रमभन्दा दुई डिग्री कम देखिए तापनि ठाउँ–ठाउँ अनुसार तापक्रम फरक हुन सक्ने उनले बताए ।

तापक्रम कम भएपछि वृद्धवृद्धा, बालबालिका एवं दैनिक ज्यालादारी गरेर मजदूर, कामदारहरूलाई समस्या भएको छ । यो मौसममा चिकित्सकले घरपरिवारका सदस्यलाई विशेष ध्यान दिन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here