दलित बालबालिकालाई ज्याकेट वितरण

प्रस, वीरगंज, १६ पुस/
हिन्दू जागरण नेपाल र नेपाल विश्व हिन्दू महासङ्घले पकहामैनपुर गाउँपालिकामा १५० जना दलित बालबालिकालाई ज्याकेट वितरण गरेको छ ।

चीसो मौसमलाई मध्यनजर गर्दै हिन्दू जागरण नेपालका ध्रुवप्रसाद लुइँटेल र पं. रामकृष्ण उपाध्यायको समन्वयमा न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा हिन्दू महासङ्घका विजयप्रकाश निषाद, अभिषेक तिवारी र विशाल झालगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्