प्रस, पर्सागढी, १७ पुस/
वीरगंज महानगरपालिका–२७ स्थित साना किसान कृषि सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भूमि व्यवस्थापन कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले साधारणसभाको उद्घाटन गर्दै मधेस प्रदेशमा महिलाहरू सहकारीप्रति जागरुक भएकोमा खुशी व्यक्त गरे । उनले महिलाहरूले घरायसी कामका साथै समाज, राष्ट्र विकासमा पनि योगदान दिंदै आएको बताए ।

शिक्ष्Fामा महिलाहरूको पहुँच बढेसँगै उनीहरूको क्रियाकलाप बढिरहेको भन्दै मन्त्री क्ष्Fत्रीले बालबालिकालाई शिक्षित बनाउन सुझाव दिए ।

उनले छोराहरूले मात्र आमाबाबुलाई पाल्ने भन्ने पुरानो संस्कारमा पनि अहिलेको दिनमा परिवर्तन भएको र छोरीले पनि छोरासरह आमाबुबाको हेरचाह गरिरहेको बताए ।

मन्त्री क्षत्रीले सहकारीप्रति हालको अवस्थामा नकारात्मक सोच विकसित भइरहेको तर महिलाहरूले सञ्चालन गरेको सहकारीले प्रगति गरेको देख्दा सोचमा परिवर्तन हुने दाबी गरे । उनले संस्थालाई कसरी मजबूत बनाउन सकिन्छ भन्ने विषयमा शेयरधनीहरू चनाखो भएको खण्डमा सहकारीमा अपचलनको क्रियाकलापमा कमी आउने बताए ।

कार्यक्रममा लेखा प्रबन्धक मनोजप्रसाद यादवले २०८०/८१ को आय–व्यय प्रस्तुत गरेका थिए । वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलम, वडाध्यक्ष हृदयनारायण कुर्मी, शम्भु मिश्र, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख राजकुमार साह, राष्ट्रिय सहकारी बैंक वीरगंज शाखाका प्रमुख सञ्जय महतो, कृषि शाखा प्रमुख रोशनी यादवलगायतको सहभागिता थियो । संस्थाका अध्यक्ष वीरेन्द्रकुमार कर्णको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनोज कुमारले र सहजीकरण मनोज यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here