एक्काइसौं शताब्दीको विश्वको प्रमुख समस्यामध्ये एक जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण ग्लोबल वार्मिङलाई मानिन्छ । ग्लोबल वार्मिङ प्रायः वातावरणीय ह्राससँग सम्बन्धित छ भन्ने कुरालाई ध्यानमा राख्दै, विश्व अर्थतन्त्रहरूले वातावरणीय सम्झौताहरू मार्फत विशिष्ट समाधान प्रदान गर्ने प्रयास गरेका छन्, जस्तै–२०१५ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा पेरिस सम्झौता । यसैबीच, वातावरणीय ह्रास सम्बन्धी अध्ययनको सङ्ख्या व्यापकरूपले बढेको छ, विशेष् गरी २०१० को शुरूदेखि । त्यसैगरी ग्लासगो जलवायु परिवर्तन सम्मेलन (अक्टोबर–नोभेम्बर २०२१) सम्पन्न भयो । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८, नोभेम्बर ३०–डिसेम्बर १२, २०२३ युएईको दुबईमा सम्पन्न भयो । यस सम्मेलनमा १९९ देशका प्रतिनिधिसहित ८४,००० मानिसहरूलाई एकै ठाउँमा समावेश गराई जलवायु सङ्कट सम्बोधन गर्न ठूलो मदत मिल्यो । यी सम्मेलनहरूमार्फत विभिन्न निर्णय भएका छन्, जसमा जलवायु परिवर्तनसँग लचिलोपन निर्माण, हरितगृह ग्याँस नियन्त्रण र दुवैका लागि आवश्यक वित्त प्रदान गर्न बलियो प्रयाससहित सहमत वस्तुहरूको दायरा समावेश छ । समुन्नत राष्ट्रहरूले विकसितदेखि विकासोन्मुख देशहरूलाई वार्षिक १५० अर्ब डलर उपलब्ध गराउने वाचा पुनः पुष्टि गरे । र तिनीहरू सामूहिकरूपमा विद्यमान हरित ग्याँस उत्सर्जन घटाउने योजना र उत्सर्जन घटाउन आवश्यक पर्ने कुराहरूबीच विद्यमान अन्तर कम गर्न सहमत भए, जसले गर्दा विश्वव्यापी औसत तापक्रममा भएको वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न सकियोस् । पहिलोपटक, राष्ट्रहरूलाई कोइला ऊर्जा र फोसिल प्mयुलका लागि अनुदान बन्द गर्न आह्वान गरिएको थियो । जलवायु परिवर्तनका सम्बन्धमा हालसम्म विश्वभर विभिन्न गोष्ठी तथा सम्मेलनहरू सम्पन्न भएका छन् ।
विश्वव्यापीकरण भनेको वस्तु, सेवा र मानिसहरूको संसारभरि स्वतन्त्र आवतजावतको प्रमाणीकरण हो । राष्ट्रिय अर्थतन्त्रहरूलाई आकस्मिक अन्तर्राष्ट्रिय विभाजनमा श्रम एकीकरण गर्ने प्रक्रिया हो ।
यो स्पष्ट छ कि आर्थिक विकासको प्रारम्भिक चरणमा प्रतिव्यक्ति आय उच्च–मध्यम आयस्तरमा पुगेपछि वातावरणीय ह्रास शुरू हुन्छ । यो घटना हुन्छ किनभने विश्वव्यापी अर्थतन्त्रहरूले विकासका प्रारम्भिक चरणमा वातावरणीय गुणस्तरलाई समर्थन गर्नुको सट्टा व्यवसाय र रोजगारका अवसर सिर्जना गर्ने योजना बनाउँछन् । यद्यपि, पारिस्थितिक चेतना बढ्दै जाँदा आय पनि बढ्छ, यसले आर्थिक विकासको पछिल्ला चरणहरूमा वातावरणीय ह्रास कम गर्ने आधारभूत कारण पहिल्याउन थाल्दछ र नागरिक चेतनाको विकास हुन थाल्छ । यस चरणमा भूमण्डलीकरण र अन्तर्राष्ट्रिय व्यापार सूचकहरूलाई वातावरणीय ह्रासको प्रमुख निर्धारक मानिन्छ । तर सन् २००८–९ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि अन्तर्राष्ट्रिय व्यापार र भूमण्डलीकरणको मापन एउटा नयाँ अनुसन्धान कार्य मानियो । अनुभवजन्य पत्रहरूले विभिन्न भूमण्डलीकरण सूचकहरू प्रयोग गरेका पाइएको छ, जस्तै ः उदाहरणका लागि, क्यान एन्ड गोज्गोर २०१७ मा आर्थिक जटिलता, गोज्गोर् २०१८ मा निर्यात एकाग्रता, गोज्गोर र क्यान २०१६ मा निर्यात विविधीकरण गोज्गोर र क्यान २०१७ मा निर्यात गुणस्तर फाङ् २०१९, गोज्गोर् २०१७ मा व्यापार सम्भावना । यि विद्वानहरूले ठूलो अनुसन्धान र खोज गरेको स्पष्ट हुन्छ । तथापि भूमण्डलीकरणको उत्तम उपाय र विकासोन्मुख देशहरूको वातावरणीय ह्रासमा यसको प्रभावबारे अनुसन्धानकर्ताहरूबीच लगभग कुनै सहमति छैन ।
मानवता र वातावरणबीचको सम्बन्ध एउटा फितलो सन्तुलन हो । औद्योगिक क्रान्तिपछि विश्वको जनसङ्ख्या ह्वात्तै बढेको छ र जनसङ्ख्या वृद्धिसँगै वातावरणमा गहिरो असर परेको छ । वन फडानी, प्रदूषण र विश्वव्यापी जलवायु परिवर्तन जनसङ्ख्या र प्राविधिक विस्तारले ल्याएका प्रतिकूल प्रभावहरूमध्ये एक हुन् । वातावरणीय असन्तुलनले विभिन्न विषयहरूमा अनुसन्धानकर्ताहरूको टाउको दुःखाइ भएको छ । सारा संसार अहिले यसको चिन्तन र मन्थनमा लागेको छ ।
विद्वान एम.सी मिसेलका अनुसार–“बितेका दुई शताब्दीमा विश्वभरि द्रुत गतिमा शहरहरू बढेका र विस्तार भएका छन् । शहरहरू स्रोत हुन् रचनात्मकता र प्रविधिको विकासका लागि र आर्थिक वृद्धिको इन्जिन पनि ।
शहरहरूले पृथ्वीको सतहको दुई प्रतिशत मात्र ओगटेका छन्, यद्यपि विश्वको आधाभन्दा बढी जनसङ्ख्या शहरमा नै बसेको छ । युरोपमा शहरी बासिन्दाको अनुपात अझ बढी छ । आज लगभग ७५ प्रतिशत युरोपेली शहरमा बस्छ । र २०२५ सम्म यो ८३ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्वव्यापीकरण र नयाँ शहरी निकटतामा प्रतिफल बढाएर प्रविधिहरूले मानिसहरूलाई ठूला शहरतर्फ आकर्षित गर्छन् (ग्लेसर, २००९) । वातावरणमा शहरीकरणको दबाबले प्रमुख पर्यावरणीय समस्या निम्त्याउँछ । नेपालकै ठूला शहरहरूमा ६५ प्रतिशत जनता शहरमा बस्न थालेको छ । मावोवादी द्वन्द्व र ६२–६३ को दोस्रो जनान्दोलनपछि यो सङ्ख्या तीव्ररूपमा बढेको पाइन्छ ।
भूमण्डलीकरणले शहरी विकासका लागि रणनीति तयार गर्न नयाँ चुनौती उत्पन्न गर्दछ, किनभने विश्वव्यापीकरणले शहरी वातावरणीय प्रदूषण र प्राकृतिक स्रोतको ह्रास बढाउने खतरा हुन्छ । शहरी वातावरणीय समस्या मानिसहरूको वर्तमान वा भविष्यको कल्याणका लागि खतरा हो, जसको परिणामस्वरूप मानव सिर्जित भौतिक क्षति हुन्छ ।
यसले तल उल्लेखित बातावरणीय असन्तुलन निम्त्याउँछ–
स्थानीयकृत वातावरणीय स्वास्थ्य समस्याहरू, जस्तै–अपर्याप्त पिउने पानी र सरसफाइ सुविधा, भित्री हावा प्रदूषण र अत्यधिक भीड, शहरी क्षेत्रीय वातावरणीय समस्याहरू, जस्तै–परिवेश वायु प्रदूषण, अपर्याप्त फोहोर व्यवस्थापन,
३. जलस्रोतको प्रदूषण र हरियाली क्षेत्रको क्षति ।
४. पारिस्थितिक अवरोध र स्रोतको कमी र उत्सर्जनजस्ता शहरी गतिविधिहरूको अतिरिक्त शहरी प्रभावहरू–रसायन र हरित गृह ग्याँसहरू,
५. क्षेत्रीय वा विश्वव्यापी वातावरणीय बोझको शहरी प्रभाव ।
उत्पादन र सञ्चयको विश्वव्यापी मोडहरू वातावरणीय ह्राससँग घनिष्टरूपमा जोडिएका छन् । जस्तै, निकासी प्राकृतिक स्रोत र वस्तु उत्पादन मार्फत प्रदूषणको बहुरूप (जोर्गेनशन र किक, २००३) । शहरी जनसङ्ख्याले आप्mनो वातावरणसँग अन्तक्र्रिया गर्छ । शहरी मानिसहरूले तिनीहरूको माध्यमबाट आप्mनो वातावरण परिवर्तन गर्छन् – खाना, ऊर्जा, पानी र जमीनको खपत र प्रदूषित शहरी वातावरणले स्वास्थ्यमा र शहरी जनसङ्ख्याको जीवनको गुणस्तरमा असर गर्छ (टोरी, २००४)। शहरीकरणको विस्तार विश्वव्यापीकरणको कारण हो, किनभने विश्वव्यापीकरणले विश्वव्यापी बजार प्रणालीको उच्च मागको लागि उद्योगीकरणलाई बढावा दिन्छ । परिणामस्वरूप स्वास्थ्य समस्याहरू, जस्तै– अपर्याप्त पिउने पानी र सरसफाइ सुविधा, भित्री वायु प्रदूषण र अत्यधिक भीड जुन मानिसहरूको वर्तमान वा भविष्यको कल्याणको लागि खतराका सूचक हुन् ।
शहरी क्षेत्रीय वातावरणीय समस्याहरू, जस्तै–परिवेश वायु प्रदूषण, अपर्याप्त फोहोर व्यवस्थापन, जलस्रोतको प्रदूषण र हरियाली क्षेत्रको क्षति । शहरी गतिविधिका अतिरिक्त शहरी प्रभाव, जस्तै–पारिस्थितिक अवरोध र स्रोतको कमी र रसायन र हरित गृह ग्याँसहरूको उत्सर्जन । यसले शहरका सबै जीवित प्राणीलाई असर गर्दछ । त्यसैले राम्रो शहरी अभ्यास र सुशासनले वातावरणीय समस्या कम गर्न मदत गर्न सक्छ । तथापि सबै उपायका बावजूद यी समस्याहरू निरन्तर बढिरहेका छन् । साथै वातावरण विश्वव्यापीरूपमा झन्झन् बिग्रँदै गइरहेको छ । कडा कानूनको कार्यान्वयन गरेर एक हदसम्म यसलाई निरुत्साहित भने गर्न सकिन्छ । यसका साथै जनताको वातावरणीय चेतनामा आमूल परिवर्तन हुनु जरुरी छ । यसका लागि पर्यावरणीय शिक्षाको अपरिहार्यता व्यापक बनाउनु जरुरी छ ।
निष्कर्षः
विगत १०,००० वर्षमा मानिस बढ्दो रूपमा शक्तिशाली वातावरणीय शक्ति बनेको छ । ८,००० वर्ष पहिले कृषिको आगमन सँगै मानिसले भूमि परिवर्तन गर्न थाले । र औद्योगिक क्रान्तिको आगमनसँगै वातावरण दोहन गर्न थाले जसको परिणाम अहिले सारा विश्वले भोगिरहेको छ ।
यस अवस्थाले विश्वव्यापीकरण ल्याएको छ । यसका साथै वातावरणमा विश्वव्यापीकरणको दबाब बढेको छ । विश्वव्यापीकरणले आर्थिक वृद्धि त गर्छ तर वातावरणलाई धेरै किसिमले असर पार्छ । यसले संरचनात्मक परिवर्तनलाई गति दिन्छ, जसले गर्दा औद्योगिक परिवर्तन हुन्छ । विश्वव्यापीकरणका सबै आयामहरू प्रतिकूल छन् किनकि यसले पैसाको लागि प्राकृतिक सम्पत्तिको दोहन गर्दै वातावरणमा नराम्ररी असर पार्छ । बालीनालीको लागि चाहिने करीब २ अर्ब हेक्टर जमीन र वन क्षेत्र विगत पचास वर्षमा नष्ट भएको छ । मरुभूमीकरणले गर्दा संसारमा आर्थिक अस्थिरता र राजनीतिक अस्थिरता पनि निम्त्याइरहेको छ । प्रकृतिलाई मानिसको अस्तित्व चाहिंदैन । तर मानिस प्रकृतिसँग मेलमिलाप गरेर मात्र बाँच्न सक्छ । यसका लागि वातावरण शिक्षा नै प्रमुख हो । यस्तो उपायले विश्वव्यापी वातावरणीय समस्याबाट बच्न सकिन्छ । यसको सही व्यवस्थापनाको लागि स्थानीय तथा प्रादेशिक सरकारको महŒवपूर्ण भूमिका हुन्छ । चुनावी घोशणापत्रमा यसको पहिचान हुनु अवाञ्छनीय हुन जान्छ ।
यस बिन्दुमा मिडियाको शक्तिलाई कम आकलन गर्नुहुँदैन । वातावरणीय समस्याबारे प्रचार गर्न मिडियाको महŒवपूर्ण भूमिका हुन्छ । स्थानीय वातावरणीय समस्याहरू स्थानीय टेलिभिजनद्वारा सम्बोधन गर्न सकिन्छ । यसरी वातावरणीय समस्याप्रति मानिसको ध्यान आकर्षित गर्न सकिन्छ ।