प्रमोद यादव, पंचगावाँ, ११ पुस/
पर्सागढी नगरपालिका–३ मा सालको रूख कटानमा संलग्न रहेको आरोपमा दुईजनालाई सबडिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।
जमदार जीतबहादुर तामाङ नेतृत्वको गश्ती टोलीले राष्ट्रिय वन क्षेत्रमा सालको रूख काट्दै गरेको अवस्थामा पर्सागढी नपा–३ बडनिहार बस्ने ओसियर ठाकुर र धर्मेन्द्रदास थारूलाई पक्राउ गरी कारबाईका लागि डिभिजन वन कार्यालय, पर्सा पठाएको छ ।
वन सम्पदाको सुरक्षाका लागि गश्ती अभियान सशक्त बनाइएको सबडिभिजन वन कार्यालय, बडनिहारले जनाएको छ ।