लागूऔषध मुद्दाका फरार दुईजना पक्राउ

प्रमोद यादव, पंचगावाँ, ११ पुस/
लागूऔषध मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले पक्राउ गरेको छ ।

स्म्याकसहित एक वर्ष अघि पक्राउ परेका मन्जुर राम र हृदयनारायण पटेल धरौटीमा रिहा भएपनि अदालतको तारिख तोडेर फरार भएका थिए । इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले उनीहरूलाई बिहीवार बिहान निचुटाचोकबाट पक्राउ गरेका थिए ।

पक्राउ परेका राम र पटेललाई पर्सा जिल्ला अदालतमा बुझाइने प्रनि बुढाथापाले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्