प्रमोद यादव, पंचगावाँ, ११ पुस/
पर्सा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय स्थलहरू कोइलाभारमाई र भुमरीमाई धार्मिक आस्थाको केन्द्र मात्रै नभई प्राकृतिक सौन्दर्यले भरिएका आकर्षणका केन्द्र पनि हुन् । यहाँ दैनिकरूपमा नेपालका विभिन्न क्षेत्रबाट मात्र होइन, छिमेकी देश भारतबाट समेत भक्तजन र पर्यटकहरू आउने गर्छन् ।

कोइलाभारमाई मन्दिरः व्यवस्थापन र सुविधाहरू
कोइलाभारमाई मन्दिरमा आगन्तुकहरूको सुविधाका लागि सिंढी व्यवस्थितरूपमा बनाइएको छ । घना जङ्गलले घेरिएको यो स्थान प्राकृतिकरूपमा निकै रमणीय छ । तर शौचालयको उचित सरसफाइ र त्यस क्षेत्रमा फैलिएका फोहरले भक्तजन र पर्यटकहरू समस्यामा पर्छन् ।

भुमरीमाईः धार्मिक र प्राकृतिक पर्यटन स्थल
भुमरीमाई धार्मिक पर्यटन तथा सामाजिक संस्थाको व्यवस्थापनमा सञ्चालित यस स्थलमा बुलबुले ताल, शिव मन्दिर, काली मन्दिर, विवाह मण्डप, धर्मशाला र पिकनिक स्पट रहेका छन् । पर्यटकहरूका लागि यी संरचनाहरू आकर्षणको केन्द्र बनेका छन् । तर सरसफाइको अवस्था निकै कमजोर छ । फोहोर व्यवस्थापन गर्न बजेट अभाव र जनशक्ति नहुँदा समस्या झन् जटिल बनेको छ ।

समस्याहरू र समाधानका प्रयासहरू
फोहोर व्यवस्थापनः पिकनिक गर्नेहरूद्वारा प्लास्टिकजन्य फोहोर र अन्य अव्यवस्थितरूपमा फालिएका फोहोरले वातावरणलाई कुरूप बनाइरहेको छ ।

शौचालय सुविधाः दुर्गन्धित वातावरणले पर्यटकहरूलाई असहज बनाएको छ ।

सरसफाइ अभियानः कोइलाभारका वडाध्यक्ष राजकुमार खवासले साप्ताहिकरूपमा नियमित सफाइ गर्न कर्मचारी खटाउने प्रतिबद्धता जनाएका छन् ।

बजेट अभावः भुमरीमाई संस्थाका अध्यक्ष कुमार बस्नेतका अनुसार फोहोर व्यवस्थापनका लागि बजेट अभाव मुख्य समस्या बनेको छ ।

समाधानका उपायहरूः
१. नियमित सरसफाइ सञ्चालन ।
२. शौचालय निर्माण र व्यवस्थापन ।
३. जनचेतना कार्यक्रममार्पmत आगन्तुकलाई फोहोर व्यवस्थापनमा सहभागी गराउने ।
४. स्थानीय तहबाट बजेट र जनशक्ति व्यवस्थापन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here