प्रस, वीरगंज, ११ पुस/
ज्ञानदा एकेडेमीले १०औं वार्षिक खेलकूद कार्यक्रम बिहीवारदेखि शुरू गरेको छ । छात्रछात्राहरूले स्वागत गीत, संस्कृतमा मङ्गल पाठ, ड्रिल, मार्चपासका साथै सांस्कृतिक झाँकी प्रस्तुत गरी वार्षिक खेलकूद कार्यक्रम शुरू गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने खेलकूद कार्यक्रम अन्तर्गत पहिलो दिनको खेलमा पिजीदेखि कक्षा २ सम्मका छात्रछात्राले भाग लिएका थिए ।

ज्ञानदाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले बौद्धिक विकासका साथै विद्यार्थीको शारीरिक एवं मानसिक विकासका लागि खेलकूदले उचित वातावरण तथा अवसर प्रदान गर्ने बताए ।

प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावासका चान्सरी तरुणकुमार सिंहले सहभागी विद्यार्थीहरूलाई सामूहिक कार्यको महŒव र विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकूद आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले खेलकूद एउटा विषय मात्र नभएर व्यक्तित्व एवं बौद्धिक विकास र समग्र दैनिक क्रियाकलापसँग जोडिएकोले यसले जीवनलाई सुदृढ बनाउन मदत गर्ने बताए ।

शिक्षा विकास तथा समन्वय एकाइका मोतीराम भट्टराईले स्वस्थ शरीरले मस्तिकको विकास गर्ने र सोको लागि खेलकूदलाई पनि जीवनको एउटा अङ्ग मान्नुपर्ने बताए ।

पहिलो दिनको खेलकूद कार्यक्रममा बल ब्यालेन्सिङ खेल, एरेन्जिङ द बल अबस्टेकल रेस, बल रिले रेस, स्कीप द हुप्स, हुला हुप्स, रिप्लेस द बल, बिन बैग बैलेन्स रेस, हुप्स रिले, पासिङ द पार्सल, बल रोलिङ आदि खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here