अरस्तूले भनेका छन्–“निर्धनता क्रान्ति र अपराधको जननी हो” । प्रविधि, व्यापार र सञ्चारद्वारा आकार प्राप्त गरेको विश्वलाई के भनिएको छ भने “कुनै पनि देशमा निर्धनता हरेक ठाउँको लागि खतरा पैदा गर्दछ ।” यो कुरा निकै महŒवपूर्ण छ । निर्धनतालाई प्रायः स्थानीय चुनौतीको रूपमा हेरिन्छ तर यसको प्रभाव भौगोलिक सीमासँग जोडिएको छैन, जसले वैश्विक स्तरमा अर्थ व्यवस्था, सामाजिक संरचना र मानवताको समग्र कल्याणलाई प्रभावित गर्दछ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पनि फिलाडेल्फिया घोषणापत्रमा यस सिद्धान्तलाई सामेल गरेको छ । हुनत वर्तमान परिदृश्यमा अर्थ व्यवस्थाको समृद्धता र यसले जीवनमा ल्याएको सुगमता हेर्न सकिन्छ तर यो वैश्विक निर्धनतासँग टाढा छैन ।
निर्धनताबाट हुने प्रत्यक्ष खतरामध्ये एउटा वैश्विक स्थिरता हो । निर्धन क्षेत्रमा प्रायः आधारभूत संरचना शिक्षा र स्वास्थ्य सेवामा निवेश गर्नको लागि संसाधनहरूको कमी हुन्छ । यसले सीमित आर्थिक अवसरको चक्र निर्माण गर्छ, जसबाट वैश्विक स्तरमा बाजारमा भाग लिने उनीहरूको क्षमता बाधित हुन्छ । यसबाहेक व्यापक निर्धनताको अर्थ हो –उपभोक्ताको आधारभूत आवश्यकतामा कमी, जसले निर्यातमाथि निर्भर समृद्ध देशहरूमा व्यवसायबाट लाभान्वित हुनुलाई प्रभावित गर्छ ।
निर्धनता भनेको भौतिक संसाधनको कमी मात्र होइन, यसमा शिक्षा, स्वास्थ्य सेवा, स्वच्छता र आर्थिक उन्नतिको अवसरसम्म अपर्याप्त पहुँच पनि सामेल हुन्छ । विश्व बैंकले अत्यधिक निर्धनता, २.१५ अमेरिकी डलरभन्दा कममा जीवनयापन गर्नु भनी परिभाषित गरेको छ । तर निर्धनताले आय सीमाभन्दा बढी शिक्षा, स्वास्थ्य र सामाजिक बहिष्कारजस्ता बहुआयामी कारकहरूलाई समेत सामेल गरेको छ । नीति आयोगका अनुसार शहरी क्षेत्रका लागि निर्धनता रेखा १,२८६ रुपियाँ प्रतिमहीना र ग्रामीण क्षेत्रका लागि १,०५९ रुपियाँ प्रतिमहीना निर्धारण गरेको छ ।
स्थानीय तहमा निर्धनता विभिन्न रूपमा प्रकट हुने गर्छ–जसमा भोखमरी, अपर्याप्त अवसर, शिक्षा तथा स्वास्थ्य सेवासम्म सीमित पहुँच सामेल छ । निर्धन समुदायमा मानिसलाई रोग र कुपोषणको सामना गर्नुपर्ने हुन्छ । निर्धन परिवारका केटाकेटीहरूलाई प्रायः गुणस्तरीय शिक्षासम्म पहुँचको सामना गर्नुपर्छ जसले गर्दा पीढी–दर–पीढी निर्धनताको चक्र चलिरहन्छ । यसबाहेक निर्धनताले सामाजिक अशान्ति र अपराध जन्माउँछ जसबाट समाजमा अस्थिरता कायम हुन्छ र यसले आर्थिक विकासमा बाधा पु¥याउँछ । बीमारी, कुपोषण र शिक्षाको कमीका कारण उत्पादकतामा कमीले गर्दा मानव संसाधनमा कमी आउँछ, जसबाट आर्थिक विकासको सम्भावना बाधित हुन्छ । वैश्विक परिवेशमा निर्धनताले अन्तर्राष्ट्रिय व्यापार र निवेशलाई कमजोर बनाउँछ, साथै वैश्विक आर्थिक एकीकरणको दिशामा भए गरेको प्रयासलाई समेत बाधित गर्दछ ।
निर्धन मानिसहरू अत्यधिक भीड र अनुचित आवासमा रहन बाध्य हुन्छन् जहाँ सफा खानेपानी र चाहिनेजति स्वच्छता हुँदैन । यसबाट रोगको प्रसार हुन सक्छ र वर्तमान स्वास्थ्य अवस्थामा समेत वृद्धि हुन जान्छ । उच्च घरभाडाले धेरैजसो परिवार एउटै कोठामा बस्न बाध्य हुन्छन्, जसले गर्दा उनीहरूको गोपनीयता सीमित हुन जान्छ । निर्धनताले सामाजिक असमानतालाई बढावा दिन्छ । समुदायहरूबीच आक्रोश र अशान्ति बढाउँछ । केही मामिलामा यसले पलायन गर्न प्रेरित गर्दछ । यसको प्रभाव क्षेत्रीय स्थिरता र विश्वमाथि पर्दछ । उदाहरणका लागि अफगानिस्तान जहाँ २८.८ मिलियन मानिसलाई तत्काल सहायताको आवश्यकता छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा सन् २०१९ मा गरिएको एक अध्ययनले निर्धनता तथा हिंसक सङ््घर्षबीच एक प्रकारको सम्बन्ध पाइएको छ । यस प्रकारको अस्थिरताले अर्थ व्यवस्था र निवेश बाधित हुन्छ । यसले मानिसलाई पलायन गर्न बाध्य बनाउँछ जसबाट शरणार्थी सङ्कट उत्पन्न हुन्छ, जुन विकसित देशरूमाथि बोझ बन्न पुग्छ । उदाहरणको लागि सिरियाई गृहयुद्ध, जहाँ सामाजिक असमानता र निर्धनताबाट प्रेरित भएर युरोपमा शरणार्थी बन्न पुगे जसबाट युरोपको सामाजिक सेवा तथा सुरक्षामाथि दबाब बढ्यो ।
नेपालको ग्रामीण र हिमाली समुदायका मनिसहरू अपर्याप्त स्वास्थ्य सेवासम्बन्धी समस्याको सामना गरिरहेका छन् । स्वास्थ्य सेवामाथि सार्वजनिक व्यय सीमित छ र निजी स्वास्थ्य सेवा मुख्य रूपले शहरी क्षेत्रमा मात्र कार्य गर्दछ । ग्रामीण क्षेत्रका मानिसहरूले स्वास्थ्य सेवा पाउन प्रायः लामो दूरी तय गर्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रले अपर्याप्त र योग्य चिकित्सकहरूको अभावको सामना गरिरहेका छन् । निर्धनताले प्रत्यक्षरूपमा स्वास्थ्यसम्म पहुँचमा बाधा उत्पन्न गर्छ । अर्कोतिर स्वास्थ्य बीमाले बढी आबादीलाई समेट्दैन र अधिकांश खर्च खल्तीबाट वा ऋणको माध्यमले गरिन्छ । यसर्थ त्यहाँ शिशु मृत्यु दर, कुपोषण, मातृ मृत्यु दर, कम टीकाकरण दर र सानै उमेरमा मृत्यु दर उच्च रहेको छ ।
निर्धनता र पर्यावरण विनाश एक अर्कासँग सम्बन्धित छन्, जसले परिस्थिति र अभावको दुष्चक्र तयार गर्छन् । निर्धन समुदाय प्रायः आप्mनो आजीविकाको लागि प्राकृतिक संसाधनमा निर्भर रहन्छ जसबाट वन फडानी र पर्यावरणको धेरै शोषण हुने गरेको छ । यसबाहेक अपर्याप्त आधारभूत संरचना र स्वास्थ्य सुविधाहरू प्रदूषण र पर्यावरणीय स्वास्थ्यसम्बन्धी खतरामा योगदान गर्छन्, जसबाट कमजोर आबादीमाथि दायित्व बढेर जान्छ । अर्कोतिर वैश्वीकरणले आर्थिक अन्तर्निर्भतालाई तीव्र गरेको छ, जसले समृद्धि, विकासको सबै तहमा राष्ट्रको कल्याणमाथि निर्भर छ । एक क्षेत्रमा भएको आर्थिक मन्दीको प्रभाव वैश्विक बाजारमा पर्दछ ।
यस चुनौतीसँग जुध्नका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठोस प्रयासको आवश्यकता रहेको छ । निर्धनता उन्मूलनको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ । संयुक्त राष्ट्रसङ्घले विकास लक्ष्य हासिल गर्न तयार गरेको रूपरेखा अनुसार सन् २०३० सम्म निर्धनता उन्मूलनको लक्ष्य लिएको छ । प्रभावी निर्धनता उन्मूलन नीतिले आप्mनो समुदायलाई स्वयं विकासमा परिवर्तन गर्न सशक्त बनाउँछ । यो गरीबीको रेखामुनि रहेका महिला, पुरुष, स्थानीय समुदाय र ग्रामीण आबादीको शक्तीकरण र निरन्तर विकासलाई बढावा दिन महŒवपूर्ण छ । शिक्षा, स्वास्थ्य र आजीविकाको अवसरमा निवेश गरेर समुदाय निर्धनताको चक्रबाट मुक्त हुन सक्छ ।
“निर्धनता जहाँ भए पनि, त्यहाँको समृद्धिको लागि खतरा हुन्छ ।” यसले वैश्विक समाज र अर्थ व्यवस्थाबीच गहिरो अन्तर्सम्बन्धलाई देखाउँछ । निर्धनताले मानवीय गरिमा, आर्थिक प्रगति र सामाजिक सामञ्जस्यलाई कमजोर बनाउँछ, जसले स्थानीय एवं वैश्विक दुवै स्तरमा समृद्धिको खतरा उत्पन्न हुन्छ । निर्धनतालाई सम्बोधित गर्न समग्र दृष्टिकोण आवश्यक पर्छ, जसले आर्थिक अभावदेखि सामाजिक बहिष्करण तथा पर्यावरणीय गिरावटसम्म यसको बहुआयामिक प्रभावलाई सम्बोधन गरोस् । निर्धनता उन्मूलनलाई प्राथमिता दिनु तथा अन्तर्राष्ट्रिय सहयोग बढाएर हामी सबैको लागि एउटा न्यायसङ्गत एवं समृद्ध विश्व निर्माण गर्न सक्छौं । महात्मा गाँधीका अनुसार–“निर्धनता हिंसाको सबैभन्दा निकृष्ट कारण हो । त्यसैले वैश्विक नागरिकको रूपमा हामी सबैले निर्धनतासँग मुक्त हुन र भविष्यमा पनि निरन्तर विकास बढाउन आप्mनो साझा जिम्मेवारीलाई चिन्नुपर्छ ।”