जथाभावी उत्खननले आर्यघाट जोखिममा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/jathabhavi-1024x451.jpg)
प्रस, निजगढ, १० असोज/ निजगढ नगरपालिका–९ स्थित बकैयाखोला किनारमा रहेको आर्यघाट केही वर्षदेखि उच्च जोखिममा छ । स्थानीय तह निजगढ नगरपालिकाले बर्सेनि नदीजन्य पदार्थ दहत्तर बहत्तरको ठेक्का बन्दोबस्ती गरे पनि अनुगमन नगर्दा अहिले खोलाको पक्की ड्याम, तारजालीमा क्षति पुगेर आर्यघाटसमेत उच्च जोखिममा परेको छ । आर्यघाट संरक्षणको लागि विगतका वर्षहरूमा लगाइएका तारजालीको तटबन्ध वर्षायाममा बाढीले […]
मुख्यमन्त्री स्वच्छता अभियान पनि असफल
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/mukhyamantri-1024x603.jpg)
प्रस, वीरगंज, १० असोज/ मधेस प्रदेश सरकारको प्राथमिकतामा रहेको महŒवपूर्ण योजना मुख्यमन्त्रीको स्वच्छता अभियान अहिले पूर्णरूपमा असफल देखिएको छ । मधेस सरकार गठनपश्चात् तत्कालीन मुख्यमन्त्री लालबाबूराउत गद्दीले यो कार्यक्रमलाई महŒवका साथ अगाडि बढाए पनि कर्मचारी तथा ठेकेदारहरूले साथ नदिएपछि योजना पूर्णरूपमा असफल तथा अधूरो भएपछि मधेस सरकारको करोडौं रुपैयाँ क्षति भएको छ । मधेसमा यो […]
दुईजना बालकलाई भारत लान खोज्ने युवक पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, पंचगावाँ, १० असोज/ दुईजना बालकलाई ललाइफकाइ भारततर्फ लैजाने प्रयासमा रहेका जीराभवानी गाउँपालिका–३ जीतपुरका २५ वर्षीय युवक प्रभानन्द राउत थारूलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । हिजो राति ८ बजे थारूलाई परसवाबाट स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको शम्भु साहले बताए । हिजो दिउँसोदेखि उनका आठ वर्षीय छोरा बिर्जुप्रसाद साह र धर्मवीर कुँवरका […]
पतिद्वारा पत्नीको गोली हानी हत्या, पिता घाइते
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/patidwara-1024x463.jpg)
नितेश कर्ण, वीरगंज, १० असोज/ सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा पतिले आफ्नै पत्नीको गोली हानी हत्या गरेको छ । धीरेन्द्रराय यादवले २२ वर्षीया पत्नी चित्रलेखा देवी यादवको गएराति पौन दुई बजे गोली हानेर हत्या गरेका हुन् । यादवले पत्नी र पिता रामदिनेश यादवमाथि गोली प्रहार गरेका थिए । पत्नीको कन्चटमा गोली लागेर उनको घटनास्थलमैं मृत्यु भएको […]
सुरक्षा र न्यायबारे वडास्तरीय छलफल
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/suraksha-1024x289.jpg)
प्रस, सिम्रौनगढ, १० असोज/ सिम्रौनगढ नगरपालिका–७ स्थित बारा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढमा बिहीवार सुरक्षा तथा न्यायबारेमा वडावासीलाई जानकारी गराइएको छ । युके इन्टरनेशनल डेभलेपमेन्टको सहयोगमा युएनओपिसीले आयोजना गरेको कार्यक्रममा वडास्तरका समस्या पहिचानबारे सरोकारवालासँग छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूलाई समुदायमा प्रहरीको भूमिका, आपराधिक गतिविधि, असामाजिक गतिविधिबारे जानकारी गराइएको थियो । वडाध्यक्ष विवेक मेहता र दीनदयालप्रसाद […]
मन्त्री दाहालद्वारा रेलवेलगायत सङ्घीय योजना अनुगमन
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/mantri-dahaldwara-1024x908.jpg)
प्रस, जनकपुरधाम, १० असोज/ सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनकपुर–जयनगर रेलवेको घाटा न्यूनीकरणका लागि पूर्वाधारको विकास र कार्गो रेल सञ्चालनको तयारीमा सरकार रहेको बताएका छन् । मन्त्री दाहालले महोत्तरीको बर्दिबास र धनुषाको कुर्था रेलवे स्टेशनको बिहीवार अनुगमन गरेपछि जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, […]
‘जनशक्ति अभावमा पनि छिटोछरितो सेवा’
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/janashakti-1024x621.jpg)
प्रस, वीरगंज, १० असोज/ आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत टीकाराम चौलागाईंले कर्मचारी सङ्ख्या कम भएर पनि सेवाग्राहीहरूलाई छिटोछरितो र गुणस्तरीय सेवाप्रवाह गर्दै आएको दाबी गरेका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घले बिहीवार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत चौलागाईंले विद्यमान करसम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक (तजबिज) […]
स्कूल ब्याग वितरण
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगंज, १० असोज/ साहिब दरबारको वार्षिकोत्सवको अवसरमा बिहीवार महावीरप्रसाद रघुवीरराम त्रिजुद्ध माविमा बालविकास कक्षामा अध्ययनरत ८६ जना विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएको छ । साहिब दरबार भारत, सिवान जिल्ला बिहारका संस्थापक सरकारजी महाराजले बालविकास कक्षाका शिशुहरूलाई ब्याग वितरण गरेका थिए । कार्यक्रममा साहिब दरबार वीरगंजका संरक्षक एवं नगरप्रमुख राजेशमान सिंहले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका […]
कुश्ती मधेसको मौलिक खेल हो –गापाध्यक्ष यादव
![](https://eprateekdaily.com/wp-content/uploads/2024/09/kushti-1024x474.jpg)
प्रमोद यादव, पंचगावाँ, १० असोज/ सखुवाप्रसौनी गाउँपालिका–२ पंचगावाँचोकमा जितिया पवको अवसरमा तीन दिने महावीरी झन्डा मेला लागेको छ । महावीरी झन्डा मेला समिति सखुवाप्रसौनी गापा–२ को आयोजनामा आजदेखि तीन दिनसम्म मेला लाग्ने र मेलामा दङ्गल कुश्ती हुनेछ । गापाध्यक्ष यशवन्त यादवले मेलाको उद्घाटन गर्दै कुश्ती मधेसको मौलिक खेल भएको बताए । उनले पछिल्लो समयमा कुश्तीप्रतिको […]
समृद्धिका लागि युवा लक्षित कार्यक्रमको खाँचो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/08/shitals-1-150x150-1.jpg)
• शीतल महतो अहिलेको युवा पलायनले सबैभन्दा ठूलो समस्या निम्त्याएको भनेकै प्रतिभा पलायन हो । ‘नेपालमा केही हुँदैन’ भन्ने एक किसिमको नकारात्मक भाष्य निर्माण हुँदै गएको छ । ‘यहाँ गरेर केही हुँदैन’ भन्ने हाउगुजी जहाँकहीं सुनिन्छ । यही भाष्यका कारण शिक्षित तथा सीप भएका युवाको विदेश पलायन बढिरहेको छ । यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा […]