मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
प्रस, वीरगंज, १४ भदौ/ मोटरसाइकल दुर्घटनामा बारा जिल्लामा बिहीवार राति एकजना युवकको मृत्यु भएको छ। गएराति कलैया उपमहानगरपालिका–११ बस्ने २० वर्षीय सन्दीपकुमार यादवले चलाएको मोटरसाइकल कलैया उपमहानगरपालिका–१६ उत्तर झिटकैयामा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक यादवको घटनास्थलमा मृत्यु भएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
सामुदायिक वनसम्बन्धी क्षमता अभिवृद्धि तालीम
नरेश यादव, महोत्तरी, १४ भदौ/ महोत्तरी जिल्लाको लालगढमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आयोजनामा शुक्रवारदेखि दुई दिने सामुदायिक वनसम्बन्धी कानूनी क्षमता अभिवृद्धि तालीम शुरू भएको छ। कार्यक्रममा सामुदायिक वन के हो, संविधानमा सामुदायिक वनको ऐन, दफा, उपदफा, सामुदायिक वनले कर तिर्ने कि नतिर्ने, कार्ययोजना परिमार्जन, सामुदायिक वन र स्थानीय तहसँग कसरी समन्वय गर्ने, वातावरण संरक्षण […]
स्याबास धुलिखेल
पर्यटकीय नगर धुलिखेल एशियाको दोस्रो स्वस्थ शहर तथा नेपालको पहिलो स्वस्थ शहर घोषणा भयो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख डा सुभाजी गुडले उक्त घोषणा गरेका हुन्। एशियामा पहिलो स्वस्थ शहर भारतको पुणे घोषित भएको छ। डब्लुएचओले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य पनि धेरै शहर होलान्। मापदण्ड पूरा गरेकामध्ये पनि उत्कृष्ट भएर पहिलो, दोस्रोमा आउने […]
कस्तो माछा खाने ?
सञ्जय मित्र यो माछाको विज्ञापन होइन, जिज्ञासा हो। माछा खानैपर्छ भन्ने होइन र माछा खानैहुँदैन भन्ने पनि होइन। माछा नखानेलाई माछा खानुपर्छ भन्ने सल्लाह दिएको होइन र माछा खानेलाई माछा खानुहुँदैन भन्ने सल्लाह पनि दिन खोजेको होइन। म स्पष्ट पार्न चाहन्छु कि मैले माछा खान छाडेको धेरै वर्ष भइसक्यो त्यसैले माछा खानेलाई छोड्नुपर्छ भन्ने सल्लाह […]
किताब पढ्ने भूत
जगदीशप्रसाद शर्मा कुरो झन्डै २०२० सालतिरको हुँदो हो। म घर गएको थिएँ। घर भनेपछि म जन्मेको थलो, हालको धनुषा र त्यस ताकाको महोत्तरी जिल्ला अन्तर्गतको गोदार गाउँ। यसरी घर जाँदा विद्यालयलाई तिर्नुपर्ने थाति शुल्क र केही पकेट खर्च पाउँथें। बाटो लामो हुन्थ्यो। गोदारबाट बिहान सखारै हिंडेर जनकपुर आइपुग्नुपर्ने र त्यहाँबाट एनजेजेआरको छुकछुक नेपाली रेल चढी […]
स्त्री–पुरुष, पति–पत्नी, समाज र आधुनिकता
डा शिवशङ्कर यादव आज म धेरै नै जटिल विषयमा कलम चलाउन चाहन्छु। यसलाई कसैले वाहियात भन्न र कसैले बकवास भन्न सक्छ। तर यस विषयले गहकिलो बहसको माग गर्छ। स्वतन्त्रता चाहनेहरूलाई के थाहा छैन भने यस ब्रह्माण्डमा कोही र कुनै कुरा स्वतन्त्र छैन। न सूर्य, चन्द्रमा, न तारा, न आकाशगङ्गा, न अर्को कुनै कुरा। सबै बन्धनमा […]
पर्सा जिल्लामा सञ्चालित मदिराभट्टीमध्ये सबैभन्दा बढी झबराहामा अवैध मदिराभट्टी, नियन्त्रणका लागि प्रहरी प्रयास न्यून
प्रस, वीरगंज, १३ भदौ/ पर्सा जिल्ला, पर्सागढी नगरपालिकाको झबराहामा सञ्चालित अवैध घरेलु मदिराभट्टी नियन्त्रण र रोकथाममा प्रहरी अहिलेसम्म सफल हुनै सकेको छैन। जिल्लाभरिमा सञ्चालित अवैध घरेलु मदिराभट्टीमध्ये पर्सागढी नपा–३ झबराहामा चार सयको हाराहारीमा अवैध मदिराभट्टी सञ्चालनमा रहेका छन्। स्रोतका अनुसार झबराहामा व्यावसायिकरूपमा तीन सय र व्यक्तिगत सेवनको लागि एक सय गरी चार सय मदिराभट्टी सञ्चालनमा […]
भाइरल ज्वरोका बिरामी बढे
बलिराम शुक्ला, बिरुवागुठी, १३ भदौ/ पर्सागढी नगरपालिकामा मौसमी भाइरल ज्वरोको प्रकोप अत्यधिक मात्रामा देखा परेको छ। वर्षा भएसँगै बढेको अत्यधिक गर्मीका कारण अहिले यो नगरपालिकाका घरघरमा मौसमी भाइरल ज्वरोको प्रकोप देखा परेको छ। मौसमी ज्वरो अत्यधिक मात्रामा देखा परेपछि अहिले यहाँका क्लिनिक तथा स्वास्थ्य चौकीहरूमा भाइरल ज्वरोका रोगीहरू उपचारका लागि आउने क्रम बढेको छ। क्लिनिक […]
दुई महिलासहित १८ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, १३ भदौ/ मानव सेवा आश्रमको आयोजनामा बिहीवार वीरगंजमा भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १८ जनाले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले नूतन सरावगी, मीनाक्षी गुप्ता, राकेश दास, अरुण चौधरी, दीपक चौधरी, सुरज पटेल, राजेन्द्र भट्टराईलगायतले रक्तदान गरेको बताए। कार्यक्रममा हरि गौतम, प्राडा दीपक शाक्य, दिलीपराज कार्की, राजन पौडेललगायतको सहभागिता थियो।
अंशका लागि विनोद गिरी सपरिवार आमरण अनशनमा
प्रस, परवानीपुर, १३ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ बजार क्षेत्रमा हिजो बुधवारदेखि विनोद गिरी परिवारका सदस्यसहित आमरण अनशनमा बसेका छन्। जीतपुरमा नाम चलेका स्व भिखारी गिरीका उनी छोरा हुन्। आठजना दाजुभाइमध्ये विनोद तेस्रो नम्बरका छोरा हुन् र अंशका लागि अदालतबाट पनि पराजित भएपछि सपरिवार आमरण अनसशनमा बसेका हुन्। कान्छा भाइ राजु गिरीको घरअगाडि विनोद पत्नी मालती गिरी र छोरी […]