नरेश यादव, महोत्तरी, १४ भदौ/
महोत्तरी जिल्लाको लालगढमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आयोजनामा शुक्रवारदेखि दुई दिने सामुदायिक वनसम्बन्धी कानूनी क्षमता अभिवृद्धि तालीम शुरू भएको छ।
कार्यक्रममा सामुदायिक वन के हो, संविधानमा सामुदायिक वनको ऐन, दफा, उपदफा, सामुदायिक वनले कर तिर्ने कि नतिर्ने, कार्ययोजना परिमार्जन, सामुदायिक वन र स्थानीय तहसँग कसरी समन्वय गर्ने, वातावरण संरक्षण ऐन, वातावरण संरक्षण नियमावली, कानून तर्जुमा कसरी गर्नेलगायत विषयमा अधिवक्ता दिलीपराज खनाल र अधिवक्ता अनिला वन्तले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लाका सामुदायिक वनका पदाधिकारीहरू सहभागी छन्।