बूढो मानिस, ज्येष्ठ नागरिक तथा पुरानो मानिस आदि भनेर समाजले बढी उमेर बिताएका मानिसलाई चिन्दछ । वास्तवमा औसत मानिसभन्दा बढी उमेर भएका, कपाल फुलेर सेतो भएको, अनुहारमा चाउरी परेको, अनि केही स्वास्थ्य समस्याहरू देखा परिसकेका मानिसलाई सामान्यतया बूढाबूढी भन्ने गरेको पाइन्छ । पछिल्लो समयमा ज्येष्ठ नागरिक भनिएको पाइन्छ ।
यसैगरी बूढो मानिसको ठाउँमा अहिले पाको मानिस शब्दको प्रयोग गर्न थालिएको छ । बूढो मानिस भन्दा कोही राम्रो नमान्ने, ज्येष्ठ नागरिक भन्दा पनि आफूलाई चित्त नबुझेको तथा घरमा आफूभन्दा पनि जेठो मानिस रहेको बताउने गरिएको अवस्थामा पाको मानिस भन्नुलाई राम्रो मान्न थालेका छन् । पछिल्ला केही वर्षदेखि बूढो मानिस वा ज्येष्ठ नागरिक शब्दको ठाउँमा पाको मानिसको उपयोग सार्वजनिकरूपमा प्रा. डा. मुकेशकुमार चालिसेले गर्न थालेका छन् ।
डा. चालिसेले प्राध्यापन सेवाबाट निवृत्त जीवनलाई अझ बढी सक्रियता दिएका छन् । हालै उनको ‘पाकाको रमाइलो र पिरलो’ नामक कृति प्रकाशन भएको छ, जसलाई उनले ‘ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री’ भनेका छन् । डा. चालिसेको ‘डाँडाका उज्याला जून’ पनि प्रकाशित छ । यसैगरी ‘पाका मान्छेका कुरा’ र ‘मानिला मान्छेका धामा’ जस्ता कृतिहरू पनि प्रकाशित छन् । पछिल्लो समयलाई विचार गर्ने हो नेपालमा बुढ्यौलीसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन गर्ने व्यक्तिको रूपमा डा. चालिसेलाई लिन सकिन्छ । यसरी मात्र होइन, आप्mनो उमेरलाई अध्ययन, भ्रमण तथा लेखनजस्ता सिर्जनात्मक क्रियाकलापमा समर्पित गरेका छन् । वार्धक्यलाई सक्रियतामा परिवर्तन गरेका छन् डा. चालिसेले ।
मधेश प्रदेशका पत्रकारहरूमा जगदीशप्रसाद शर्मा पाको उमेरमा पनि सक्रिय छन् । अध्ययनमा पनि रुचि छ । हरेक दिन पत्रिकाका सबै लेखहरूको सम्पादन गर्छन् । सम्पादन मात्र होइन, विभिन्न सामाजिक क्रियाकलापमा पनि संलग्न छन् । दुनियाँलाई थाहा हुँदैन तर कतिपय सङ्घसंस्थाको पुनरुद्धारमा योगदान दिइरहेका छन् । बाहिर चाहिं आफ्नो योगदार्न बताउन नचाहने शर्माका सिर्जनात्मक लेखन पनि निरन्तर जारी छ । लोकसाहित्य र संस्मरणमा, प्रकाशनका दृष्टिकोणले, शर्माको अभिरुचि देखिएको छ । आप्mनो कर्मले धेरैको आदर्श व्यक्तित्व बनेका छन् ।
सर्लाहीका रामचन्द्र महतो कुशवाहाको सक्रियता अत्यन्तै लोभलाग्दो छ । उनी शिक्षण पेशाबाट निवृत्त भएको दशक बितेको छ तर अहिले पनि उनको हरेक पल पूर्ण सक्रिय र सार्थक बितिरहेको छ । अत्यन्त व्यस्त कुशवाहा भाषा, साहित्य, समाजसेवा तथा अन्य गतिविधिमा पूर्ण समर्पित छन् । विगत करीब पाँच वर्षदेखि बज्जिका सेवामा पनि लागेका कुशवाहाका आधा दर्जन कृति प्रकाशित छन् । कुशवाहा आफैंमा एक आन्दोलनजस्तो व्यक्तित्वका धनी हुन् । हरेक समय बज्जिका भाषा र साहित्यलाई दिइरहेका कुशवाहाको सक्रियता धेरैको लागि लोभलाग्दो र अनुकरणीय रहेको छ ।
गौरका पुराना राजनीतिक चिन्तक तथा प्रजातान्त्रिक आन्दोलनमा सयौंपटक समातिएका र दर्जनौंपटक जेल जीवन व्यतीत गरेका सेवानिवृत्त शिक्षक बिन्दा साहनी पनि पछिल्लो समय निकै सक्रिय भएका छन् । कृति प्रकाशन हुन बाँकी रहे पनि हिन्दी र बज्जिका भाषाका उनका कविताहरूले सबैजसो स्तरीय पत्रिकामा स्थान पाइरहेका छन् । मुश्किलले दुई वर्षदेखि साहित्यसेवामा आपूmलाई समर्पित गरेका साहनीको जीवनको पछिल्ला दुई वर्षले नयाँ उचाइ दिएको उनी स्वयं बताउँछन् । पाको उमेरलाई अध्ययन, विश्लेषण तथा अरूलाई प्रेरणा दिन बिताउन चाहने साहनी आफैं अब सक्रिय साहित्यकारका रूपमा परिचित बन्दैछन् । अब उनले आपूmजस्तै पाका उमेरका मानिसलाई सिर्जनात्मक कार्यमा सक्रिय हुनुपर्छ भनेर सिकाइरहेका छन् ।
प्रा.डा. निर्मोही व्यास, डा.घनश्याम न्यौपाने परिश्रमी, डा.विश्वम्भर शर्मा पनि सेवानिवृत्त जीवनलाई सक्रियतापूर्वक अगाडि बढाइरहेका छन् । पहिले साहित्य सिर्जनामा उति धेरै सक्रिय नरहेका तर सेवानिवृत्त जीवनलाई साहित्य र सिर्जनाका साथै साहित्यमय बनाउने व्यक्तित्वमा विनयराज गौतम पनि पर्छन् । रौतहटका शिवचन्द्र साह पनि सेवानिवृत्त जीवन अत्यन्त सक्रियतापूर्वक बिताइरहेका छन् । साहित्यको लागि सङ्गठन निर्माण गर्ने, संस्था चलाउने तथा लेखकहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने काममा उनी अत्यन्त सक्रिय छन् । केही समय पहिले सेवानिवृत्त भएका रमेशमोहन अधिकारीको सक्रियता र सिर्जनात्मकता दुवै उदाहरणीय छन् । हालै मात्र उनको एउटा कृति प्रकाशित भएको छ, नियात्राको । यस्ता अन्य व्यक्तित्वहरू पनि छन् जो सेवानिवृत्त जीवन वा पाको उमेरमा पनि लोभलाग्दो किसिमले सक्रिय छन् ।
भनिन्छ, सबैभन्दा प्रिय सक्रियता साहित्यकारहरूको हुन्छ । साहित्यकारलाई अध्ययन, भ्रमण तथा लेखनको क्षेत्र सक्रियताको लागि पर्याप्त हुन्छ । साहित्यकार जहाँ घुम्छन्, जे अध्ययन गर्दछन्, त्यसलाई अन्य समक्ष पु¥याउँछन् । आफ्ना अनुभव तथा अनुभूतिलाई पाठक समक्ष प्रस्तुत गर्दछन् । फेरि लेखक साहित्यकारको आप्mनो क्षेत्र हुन्छ, आपूmलाई मन परेको विषय हुन्छ अनि आफ्नो मौलिक शैली हुन्छ । यी सबैमा सन्तुलन बनाएर साहित्यकारले आपूmलाई सक्रिय बनाइरहन्छन् । साँच्चीकै सक्रिय जीवन बिताउनु राम्रो कुरा हो र अझ वार्धक्यलाई सक्रियतापूर्वक सम्मानका साथ विना कुनै निराशा बिताउनुजस्तो गर्वको कुरा अरू के पो हुन सक्ला र ? यसैले पाको उमेरका हरेक व्यक्तिले आपूmलाई सक्रिय राख्नुपर्छ र आप्mनो सक्रियता अरूलाई पनि काम लाग्ने किसिमको हुनुपर्छ भन्नेतिर पनि विचार पु¥याउनुपर्छ ।
पाको उमेरका मानिस के चाहन्छन् ? कस्तो काममा विशेष रुचि राख्छन् ? के पाको उमेरका मानिस कुनै निश्चित समयमा एक ठाउँमा भेला भएर हरेक दिन केही कुरा गर्न पाउँदा आपूmलाई रमाइलो लागेको मान्छन् ? जसरी बालबालिकाहरू एक ठाउँमा खेल्न चाहन्छन्, पाको उमेरका मानिसहरू पनि आप्mनो वयगत बौद्धिक विलास तथा पुराना सम्झनाहरू साटासाट गर्दै वर्तमानलाई रमाइलो बनाउन चाहन्छन् । वर्तमानमा यस्ता काम गरिरहेका छौं, यसरी समय बिताउन सजिलो भइरहेको छ, अहिले यस उमेरमा आएर व्यस्त हुन पाइएको छ भनेर एकापसमा अनुभव साटासाट गर्न पाउँदा कति आनन्द आउँदो हो । एकले अर्काबाट सिक्ने तथा एकले अर्कालाई सिकाउने गरी पाको उमेरका मानिसहरू एक ठाउँमा भेला हुँदा एक अर्काका सिर्जनात्मक धर्म तथा गुणबारे पनि जानकारी प्राप्त हुन थाल्छ सजिलैगरी । हरेक दिन उही समयमा भेट्दा उक्त समयलाई केवल बसिबियाँलोको रूपमा नलिई स्वास्थ्य, घरपरिवार, सोचाइ वा चिन्तन तथा सम्भव भएसम्म व्यवस्थितरूपमा लेख्न सकिने आदि विषयमा सिर्जनात्मक अन्तक्र्रिया गर्न सकिन्छ । आप्mनो ठाउँमा त हो नै, सम्भव भएसम्म अन्य ठाउँका पाको उमेरका मानिसहरूले कसरी आपूmलाई व्यस्त र व्यवस्थित बनाइरहेका छन् ? यस विषयमा पनि अनुभव साटासाट गर्न सकिन्छ । प्रा. डा. मुकेशकुमार चालिसेले बुढ्यौलीलाई कसरी रमाइलो र सिर्जनात्मक बनाउने भन्ने विषयमा लेखेका पुस्तकहरू अनुभवका लागि मात्र नभएर सिकाइका लागि पनि निकै उपयोगी हुन सक्छ । सिर्जनात्मकता साहित्यिक मात्र हो भन्ने पनि होइन ।
ग्रामीण तथा शहरी, विपन्न तथा सम्पन्न र उच्च शिक्षित तथा निरक्षर पाको उमेरका व्यक्तिका समस्या, चाहना तथा अवस्था भिन्न हुन्छन् । पारिवारिक, सामाजिक तथा अन्य वातावरणले पनि प्रभाव पारेको हुन्छ । कतिपय अवस्थामा आफूले चाहेकोजस्तो परिवारको अवस्था नहुन पनि सक्छ । पाका उमेरका मानिस सबै चाहेर पनि सिर्जनात्मक हुन सक्दैनन् । आत्मनिर्भर र परनिर्भर पाका उमेरका मानिसले गर्ने समयको सिर्जनात्मक उपयोग भिन्न हुन सक्छ । समाजका सबैले देखेको र अनुभव गरेको सत्य हो, पाको उमेरका महिला र पुरुषका समस्या, चाहना तथा आवश्यकता र व्यवहारमा भिन्नता हुन्छ । समान उमेर, शारीरिक अवस्था तथा अन्य परिवेशमा पनि महिलाले कम फुर्सद र पुरुषले केही बढी फुर्सद पाइरहेका हुन्छन् । भनिन्छ, शिक्षित मानिसलाई तुलनात्मकरूपमा बुढ्यौली बिताउन सजिलो हुन्छ ।
कृष्णमुरारी गौतम (चट्याङ मास्टर) र रामचन्द्र रिजाल (आर.सी. रिजाल)ले बुढ्यौली साहित्यको क्षेत्रमा निकै ठूलो काम गरेका छन्, गरिरहेका छन् । उमेरले ज्येष्ठ नागरिक भइसकेका मानिसको लागि साहित्य सिर्जना गर्नु नै यस बुढ्यौली साहित्यको उद्देश्य हो । साँच्चीकै पाको उमेरलाई सक्रिय बनाउन, सिर्जनात्मक बनाउन अनेक तरीका रहेकाले आप्mनो परिवेश अनुसार सिर्जनात्मक बन्नुपर्ने रहेछ ।