काठमाडौं, ३० साउन/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार ९५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो ।
आज ३३२ कम्पनीका पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरीद–बिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार १५० बराबरको कारोबार भएको छ ।
जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन् । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेका छन् ।
आज नौवटा कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७
हजार १७२ कित्ता शेयर किनबेच भएका छन् ।