मस्को, २९ साउन/सिन्ह्वा
रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रूसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारूज्स्की जिल्लाबाट करीब ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलवार जनाएका छन् ।
उनका अनुसार विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।
“बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमवार आप्mनो घर छोडेका क्रास्नोयारूज्स्की जिल्लाका विस्थापितलाई खानबस्नलगायत न्यूनतम आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ”–ग्लेडकोभले भने ।
यसै क्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरूलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे । रासस