सन् १९४७ मा पूर्वी बङ्गालका एकजना राष्ट्रवादी नेता शेख मुजिर्बरहमानकी छोरीको रूपमा हसिनाको जन्म भएको थियो । सन् १९७१ मा पूर्वी बङ्गाललाई पाकिस्तानबाट स्वतन्त्रता दिलाउने आन्दोलनको नेतृत्व गर्दै शेख मुजिर्बरहमान बङ्गलादेशको पहिलो राष्ट्रपति बन्दा शेख हसिना भने ढाका विश्वविद्यालयमा विद्यार्थी नेतृत्वको रूपमा स्थापित भइसकेकी थिइन् । तर सन् १९७५ मैं भएको सैनिक विद्रोहमा उनका पितालगायत परिवारका अधिकांश सदस्यको हत्या भएको थियो भने हसिना र उनकी बहिनी विदेश भ्रमणमा रहेका कारण बाँच्न सफल भई भारतमा सन् १९८१ सम्म निर्वासित जीवनयापन गरी बङ्गलादेश फर्केर आप्mनो पिताद्वारा स्थापित अवामी लिगलाई नेतृत्व प्रदान गर्न थालिन् र जनरल इरशादको सैनिक शासनकालमा प्रजातन्त्रको स्थापनार्थ हुने गरेको विरोध प्रदर्शनमा अन्य राजनैतिक दलसँग पनि हातेमालो गर्दै बङ्गलादेशको नेशनल आइकन बन्न पुगेकी हुन् । त्यसपछि १९९६ मा सत्तामा निर्वाचित भएपछि भारतसँगको पानी बाँडफाँडको सम्झौता र दक्षिण पूर्वमा आदिवासी विद्रोहीसँग सम्झौता गरी यथेष्ट लोकप्रियता हासिल गरेकी थिइन् । तर त्यसपछि उनीमाथि भारतयि समर्थक भएको र भ्रष्टाचारमा लिप्त भएको आरोप लाग्न थाल्यो र अन्ततः २००१ मा भएको निर्वाचनमा बेगल खालिदा जियाको बङ्गलादेश नेशनलिस्ट पार्टीसँग पराजित हुन पुगिन् । तर पुनः २००९ मा भएको चुनावमा विजय हासिल गरेर सत्तामा फर्किन् । यसरी करीब १५ वर्ष निरन्तर सत्तामा रहँदा उनले बङ्गलादेशलाई विश्वकै गरीबमध्येको एक भएको अवस्थाबाट उकासेर पछिल्लो एक दशकमा प्रतिव्यक्ति आय तीन गुणाले बढाउँदै सन् २०३१ सम्म चार हजार डलर प्रतिव्यक्ति पु¥याउने लक्ष्यका साथ काम गरिरहेकी थिइन् ।
बितेको २० वर्षमा करीब २.५ करोड जनता गरीबीको रेखाभन्दा माथि उठेका छन् भने पछिल्लो दशकमा युरोप, उत्तरी अमेरिका र एशियाका कपडा बजारमा करीब–करीब एकाधिपत्य नै कायम गरेको यो देशले आर्थिक वृद्धिदरमा भारतलाईसमेत उछिनिसकेको छ । उनको कार्यकालको कोशेढुङ्गाको रूपमा २.९ अर्ब डलरको आप्mनै आन्तरिक स्रोत साधन र प्रविधिबाट निर्माण गरिएको पद्या नदी माथिको पुललाई मानिएको छ । तर कोभिडपछि बङ्गलादेशमा महँगी अनियन्त्रितरूपमा बढ्न थालेकोले जीवनयापन कठिन हुँदै गएको, मुद्रास्फीति आकाशिएको थियो भने विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहन थालेको र सन् २०१६ को तुलनामा वैदेशिक ऋण दोब्बर बढेकोले अर्थ व्यवस्था कमजोर बन्दै गएको थियो । त्यस्तै शिक्षित बेरोजगारीहरूको कुरा गर्दा कलेजबाट प्रतिवर्ष निस्कने चार लाख युवाहरूको लागि पुग नपुग सरकारी सेवामा तीन हजार पदमात्र उपलब्ध भइरहेको थियो । यस्तोमा सरकारी पदहरूमा ३० प्रतिशत सिट स्वतन्त्रता सेनानीका सन्तानहरूलाई उपलब्ध गराउने भनी भएको निर्णयले आन्तरिक वातावरणमा आगोमा घ्यू थप्ने कार्य ग¥यो भने आप्mनो चौथोपटकको निर्वाचनका दौरान आप्mनो प्रजातान्त्रिक छविलाई धूमिल पार्दै शेख हसिनाले विपक्षले चुनाव बहिष्कारको घोषणा गरे पनि विरोधीहरूलाई थुन्दै एकतर्फीरूपमा चुनाव गराई आप्mनो दललाई विजयी घोषित गराउन सफल भएकी हुन् । तर अमेरिका एवं बेलायतले यस निर्वाचनको निष्पक्षतामाथि प्रश्न खडा गर्नुका साथै मानव अधिकार हनन र प्रेस स्वतन्त्रतासम्बन्धी कुरालाई लिएर पश्चिमाहरूसँग सम्बन्ध सामान्य रहेको थिएन । तथापि भारत एवं चीनसँग समदूरीमैं मित्रतापूर्ण सम्बन्ध बनाउन सफल भएकी थिइन् । तुलनात्मकरूपमा हेर्दा बङ्गलादेशसँगको भारतको सम्बन्ध आर्थिकभन्दा पनि राजनैतिक र रणनीतिक बढी देखिन्छ । चीनले सन् २०२३ सम्म करीब तीन अर्ब डलरसम्मको लगानी गरी सातवटा रेलमार्ग, १२ वटा राजमार्ग, २१ वटा पुल र २१ वटा विद्युत् गृह निर्माणमा जुटेको पाइन्छ । तर यही जुलाई महीनामा शेख हसिनाको चीन भ्रमणमा अपेक्षित सहयोग नपाइनुका साथै उचित सम्मान नपाएको र चिनियाँ राष्ट्रपतिसँग भेटघाटको समयसमेत मिल्न नसक्नुलाई आप्mनो अपमानको रूपमा लिंदै चीनबाट फर्केपछि गरेको भारत भ्रमणका दौरान भारत र चीन दुवैले समानरूपमा रुचि देखाएको, टिस्टा परियोजना भारतबाट सम्पन्न गराउन रुचि देखाएकोले चीनसँगको सम्बन्धसमेत बिग्रन पुगेको विश्लेषकहरूको भनाइ सार्वजनिक भएको छ । आन्तरिक अर्थतन्त्र कमजोर र अर्थतन्त्र र असन्तुलित विदेश नीतिको कारणले नै टुङ्गो लागिसकेको आरक्षणको मुद्दालाई आधार बनाएर बङ्गलादेशमा यत्रो परिवर्तन भएको हो भन्ने विचारहरू सार्वजनिक भइरहेका छन् ।
शेख हसिनाका छोरा साजीवको भनाइ अनुसार पाकिस्तानी गुप्तचर संस्था आइएसआईले बिएमपीका कार्यवाहक प्रमुख तारिक अनवरसँग लन्दनमा भेटघाट गरेको तथा साउदी अरबमा आइएसआई तथा तारिकबीच भएको भेटको प्रमाणसमेत रहेको दाबी गर्दै पुरानो पाकिस्तान बनाउने षड्यन्त्र भइरहेको भनाइ सार्वजनिक गरेका छन् भने अर्कोतिर भारतीय राजनयिकहरूले पनि हालको आन्दोलनलाई सावधानीपूर्वक बनाइएको सुनियोजित रणनीति भएको स्विकारेका छन् ।
बङ्गलादेशमा भएको यस परिवर्तनबाट भारत सबैभन्दा बढी सशङ्कित भएको छ किनभने यस घटनापछि भूराजनीतिकरूपमा दक्षिण एशियाको क्षेत्रीय सन्तुलनमा चीन हावी हुने स्थिति देखा पर्दछ । मालद्विप्समा राष्ट्रपति मोइजूको उदयपछि बाध्यतामा भारतीय सैनिकको बहिर्गमन, श्रीलङ्कामा राजपाक्षे खण्डको अन्त, म्यान्मामा प्रजातन्त्रको अन्त्य, अफगानिस्तानमा तालीबानको आधिपत्य र चीनको तालीबानलाई समर्थन एवं भारत–पाकिस्तान सम्बन्धका साथै २०१५ देखि नै नेपाल–भारत सम्बन्धमा देखापरेको उतारचढाव र प्रचण्डको सत्ता बहिर्गमनका घटनाहरूले वास्तवमा क्षेत्रीय स्तरमा भारतको प्रभाव घटेको बुझिन्छ । हाम्रो चासो नेपालसम्म सीमित राख्दा समेत कोभिडपछि कै आर्थिक अवस्थामा नेपाल रहेकोमा वैदेशिक रोजगारको लर्कोले सेप्mिट भल्भको काम गर्दै आएकोमा अब बनेको गठबन्धन सरकारको भ्रष्टाचारसम्बन्धी फाइलप्रतिको रवैया र विद्युत् प्राधिकरणको ऋण असुलीलाई जनता पर्खिबसेको छ । वर्तमान सरकार उत्तरको मनपराइमा नरहेकोले आगो यहाँ पनि जुनसुकै बेला सल्किन सक्ने अवस्था छ । यसमा बिआरआईको पनि महŒवपूर्ण भूमिका छ । बङ्गलादेशको पाठबाट सरकारले के सिक्न जरुरी छ भने दक्षिण एशियामा राजनैतिक दलहरूले एक आपसमा जतिसुकै लडाइ गरे पनि जनता वा मतदाताले त्यति वास्ता गर्दैनन् तर आक्रमण आम नागरिकमािथ भयो भने उनीहरू चुप लागेर बस्दैनन् । भ्रष्टाचारको फाइल र विद्युत्को बक्यौता यस्तै दुईवटा इस्यु बन्न पुगेको छ नेपालमा ।