काठमाडौं, २७ साउन/रासस

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आइतवार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिंदा कारोबार रकम उच्चतम बिन्दुमा पुगेको हो ।

आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार ८६० दशमलव ९१ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । ३३० कम्पनीका छ करोड तीन लाख २१ हजार ३२३ कित्ता शेयर दुई लाख ७५ हजार २०७ पटक खरीद–बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here